सिक्किममा पञ्चायत चुनाउमा 76 प्रतिशत मतदानः 1,290 उम्मेद्वारको राजनैतिक भविष्य इभीएममा बन्द

 पूर्व जिल्लामा 75 प्रतिशत, दक्षिण जिल्लामा 77 प्रतिशत, पश्चिम जिल्लामा 74.90 तथा उत्तर जिल्लामा सर्वाधिक 83 प्रतिशत मतदान


गान्तोक, 3 नोभेम्बर।


सिक्किमको दुइ स्तरीय पञ्चायत चुनाउमा 76 प्रतिशत मतदान भएको छ। कुनै झैंझगडा बिना चुनाउ शान्तिपूर्ण सम्पन्न भयो। राज्यको चारैवटा जिल्लामा कुनै चुनावी हिंसा भएको खबर छैन। राज्यको चारै जिल्लामा बिहान 8 बजीदेखि मतदान शुरू भएको थियो बने बेलुकी 4 बजेसम्म राज्यको पूर्व जिल्लामा 75 प्रतिशत, दक्षिण जिल्लामा 77 प्रतिशत, पश्चिम जिल्लामा 74.90 तथा उत्तर जिल्लामा सर्वाधिक 83 प्रतिशत मतदान भएको छ।

राज्यका सत्तारूढ एसडीएफ पार्टी विरूद्ध सिक्किम क्रान्तिकारी मोर्चा, भारतीय जनता पार्टी समेत स्वतन्त्र उम्मेद्वारहरूले चुनौति दिएका छन्। जसमा राज्यभरिमा 52 प्रतिशत पदहरूमा भने अगावै सत्तारूढ एसडीएफ पार्टीका उम्मेद्वारहरूले निर्विरोध विजयी बनिसकेका छन्। रहल 48 प्रतिशत पदको निम्ति जम्मा 1,290 जना उम्मेद्वार मैदानमा रहेका छन् भने आज उनीहरूको राजनैतिक भविष्यको फसेला इभीएममा बन्द भएको छ । आगामी 5 नोभेम्बर आइतबारको दिन बिहान 7 बजीदेखि मतगणना हुनेछ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन