चेन्नाइमा फेरि वर्षाले मच्चायो विध्वंसः अहिलेसम्म 8 जनाको मृत्यु

तामिलनाडु:

तमिलनाडु चेन्नइ र नजिकैको तटीय जिल्लाहरूमा वर्षाको विध्वसं जारी छ। यसले गर्दा जनजीवन पूर्ण रूपमा अस्तव्यस्त भइरहेको छ अनि अहिलेसम्म 8 जनाको मृत्यु भइसकेको छ। चेन्नाइमा बिहिबार रातभरि पानी परेपछि शुक्रबारको दिन केही राहत भएको थियो तर साँझ ढल्दाढल्दै फेरि वर्षा शुरू भयो। भारी वर्षाको कारण चेन्नाइको मयलापुर, फोरशोर एस्टेट र ताम्ब्रम,  क्रोमपेट और पल्लवरमको दक्षिणी उपनगरहरू नराम्ररी प्रभावित बनेको छ।

तामिलनाडुको चेन्नईमा भारी वर्षा मानिसहरूको निम्ति ठूलो समस्या बनिरहेको छ। धेरैवटा ठाउँ जलमग्न छ। फेमस मरीना बीचमा पनि सर्विस् लेनसम्म पानी भरिएको छ। मरीना बीचको क्षेत्रमा सबैभन्दा धेर 30 सेन्टीमिटर पानी परेको रेकर्ड दर्ता गरिएको छ। यसरी नै विजुली काटिएको कारण धेरै ठाउँ अन्धकारमा छ। यसरी नै वाटर लगिङको कारण थिरूवरूरको नजीक मनल अगाराममा एउटा किसान बिजुलीको तारको चपेटमा आएको कारण उनको मृत्यु भएको छ। यसरी नै 27 अक्टोबरपछि नर्थ इस्ट मनसुन वर्षाक कारण मृत्यु हुनेहरूको सङ्ख्या 8 पुगेको छ।

चेन्नई, थिरुवलुर र कांचीपुरम जिल्लामा 31 अक्टूबरदेखि नै स्कूल-कलेज बन्द छ। सरकारले प्राइवेट कम्पनीहरूलाई आफ्नो कर्मचारीहरूलाई घरबाटै काम गर्ने अप्सन दिन निर्देश गरेको छ।

वर्षका कारण ट्रेनहरू रद्द भइरहेको छ, फसल प्रभावित भएको छ, धेरै स्कूलहरू बन्द रहेको कारण परीक्षाहरू पनि रद्द भइरहेको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन