मुकुल रोयः तृणमूलदेखि भाजपासम्मः यस्तो छ कथा

…सरकार सारधा चिटफण्डबाट माथि उठ्नैसकेको थिएन यस्तैमा नारदा स्टिङ्गले एकपटक पुनः तृणमूल सरकारअवधि भएको भ्रष्टाचारलाआई जनतासमक्ष छर्लङ्ग पाऱ्यो। यस्तैमा मुकुल रायले केही नेताहरूसँग मिलेर नयाँ पार्टी तयारीमा रहेको चर्चा राजनैतिक टोलहरूमा चुलियो।


कोलकाता, ४ नोभेम्बर


पश्चिम बङ्गालमा मार्क्सवादी कम्युनिस्ट पार्टी (माकपा ) –को 34 वर्षे लाल दुर्गलाई धुलिसात बनाएर तृणमूल कङ्ग्रेस प्रमुख ममता ब्यानर्जीलाई बङ्गालको राजनीतिक सत्तासम्म पुऱ्याउनमा मुकुल रायको महत्त्वपूर्ण भूमिका मानिन्छ। पश्चिम बङ्गालको राजनीतिमा मुकुल रायको गणना तृणमूल कङ्ग्रेसको ‘चाणक्य’ -को रूपमा गरिन्छ।

रायलाई ममता बनर्जीको लोकप्रियतालाई हतियार बनाएर माकपाविरुद्ध राज्यको प्रत्येक मतदान केन्द्रमा आफ्नो सङ्गठन र क्याडर तयार गर्ने श्रेय जान्छ। यसैले राज्यको सत्तामा तृणमूल कङ्ग्रेस बसेको हो।

कुनै समय मुख्यमन्त्री ममता ब्यानर्जीको अत्यन्त विश्वासपात्र मानिने राय र ब्यानर्जीबीच 2016 -को विधानसभा चुनाउअघि सम्बन्ध चिसिँदै गएको थियो। सारधा चिटफण्ड घोटालामा रोयको नाम जोड़िनु, नारद काण्डमा संलिप्तताको आरोप लाग्नु र पार्टीमा उनको दोस्रो स्थान मुख्यमन्त्रीका भदै एवं सांसद अभिषेक ब्यानर्जीलाई दिनुजस्ता मुद्दाले मुकुल र ममताबीच सम्बन्ध चिसिएको हो। यसै कारण शुक्रवार मुकुल राय अन्ततः भारतीय जनता पार्टीमा सामेल भए।
गत दुर्गा पूजा अघि तृणमूल त्यागेका उनी त्यसैबेला भाजपामा सामेल हुने चर्चा चुलिएको छ। पार्टी त्याग्न अघि नै सार्वजनिक रूपले धेरै ठाउँमा मुकुल भाजपा नेताहरूसँग देखिएका थिए।

विसमा पराजित राज्यसभामा सांसद
सन् 2001 को बङ्गाल विधानसभा चुनाउमा उनी जगद्दलबाट तृणमूल कङ्ग्रेसका उम्मेद्वार बनिए, तर 56,741 को मतसँगै स्थानमा रहे। यद्यपि सन् 2001 को विधानसभा चुनाउमा मुकुल चुनाउ हारेका थिए। तर तृणमूल कङ्ग्रेस 60 सीट जित्न सफल बनाएको थियो। सन् 2006 -मा भएको राज्यसभा चुनाउमा पार्टीले उनलाई राज्य सभा पठायो। यसको दुई वर्षपछि 2008 मा मुकुललाई पार्टीको अखिल भारतीय महासचिव बनाइयो।

2008 -मा वाममोर्चाले न्युक्लियर डीलमा मतभिन्नताको कारण कङ्ग्रेसको नेतृत्वमा रहेको यूपीए सरकारबाट समर्थन फिर्ता लिएको थियो। यस्तोमा राज्यमा कङ्ग्रेसलाई नयाँ गठबन्धनको खाँचो थियो। 2009 मा दुवै दलबीच गठबन्धन भए। तृणमूलले यो चुनाउमा 19 सीट जित्न सफल बन्यो। यसै दममा मुकुल रायलाई केन्द्र सरकारमा जहाजरानीको राज्यमन्त्री बनाइयो।

ममताको स्थानमा रेलमन्त्री
2011 को विधानसभा चुनाउमा तृणमूल कङ्ग्रेसको जीतपछि ममता ब्यानर्जी मुख्यमन्त्रीको रूपमा बङ्गाल फर्किइन्। उनले आफ्नो रेल मन्त्रीको पदमा आफ्नो सबैभन्दा विश्वस्त पात्र मुकुल रायलाई सुम्पिइन्। मुकुलले रेल राज्यमन्त्रीको नयाँ कार्यभार पाए।

यद्यपि मुकुल राय यो पदमा लामो समयसम्म बस्न पाएनन्। 11 जुलाई 2011. गुवाहाटी-पुरी एक्सप्रेस असममा लीकबाट बाहिरियो। तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहले रेल मन्त्री मुकुल रायलाई घटनास्थलको निरीक्षण गर्न जाने निर्देश दिए। प्रधानमन्त्रीको यो निर्देशलाई उनले स्पष्ट रूपले अस्वीकार गरे। यसको भोलिपल्टै बसेको क्याबिनेट विस्तारमा उनको रेलमन्त्रीको पदभार खोसियो।
उनको स्थानमा तृणमूल कङ्ग्रेसकै दिनेश त्रिवेदीलाई नयाँ रेल मन्त्री बनाइयो।

मार्च 2012 -मा आये रेल बजटले तृणमूल र सरकारभित्र चलिरहेको अन्तर्कलहलाई सतहमा ल्याउने काम गऱ्यो। ममता ब्यानर्जीले रेल बजटअघि नै यात्री भाड़ा कुनै पनि अवस्थामा नबढ़्ने घोषणा गरेकी थिइन्। यद्यपि दिनेश त्रिवेदीले रेल बजटमा यात्री भाड़ा बढ़ाएर ममताको घोषणालाई बेवास्ता गरे। ममता ब्यानर्जीले दिनेश त्रिवेदीबाट रेल मन्त्री खोस्न कुनै सुस्ती देखाइनन्। 20 मार्च 2012 -मा मुकुल रायलाई पुनः रेल मन्त्रीको कुर्सी दिइयो। यसैबीच सरकार र ममताबीच तनाउ धेरै बढ़्यो। ममताले 21 सेप्टेम्बर 2012 –मा कङ्ग्रेससँग गठबन्धन तोड़ेपछि मुकुल रायको रेल मन्त्रीको कार्यकाल पनि सकियो।

एक रेलवे कर्मचारीका छोरा मुकुलका लागि राजनीतिक जीवनको यात्रा धेरै आरोह-अवरोहपूर्ण रह्यो। पश्चिम बङ्गालको उत्तर 24 परगना जिल्लाको कांचरापाड़ामा रायको जन्म 17 अप्रेल 1954 –मा भएको थियो। ऋषि बङ्किमचन्द्र डिग्री कलेजबाट उनले रसायन शास्त्रमा बीएससी गरे। तर उनको रूचि राजनीतिमा थियो। उनी कङ्ग्रेसको छात्र सङ्गठन एनएसयूआईसँग जोड़िए। यसैबाट मुकुल युवा कङ्ग्रेसमा पुगे। सन् 1995 -मा उनको सम्पर्क ममता ब्यानर्जीसँग भयो। र उनी उनको संसदीय क्षेत्रमा संगठनको काम गर्न थाले।

1997 मा गठित तृणमूल कङ्ग्रेसमा उनी दुई नम्बरको पोजिशनमा थिए। र चाँड़ै उनी दिल्लीका लागि नयाँ नुहार बनिए। यसैले उनलाई 2006 -मा पार्टीको महासचिव बनाइयो।

ममतासँग सम्बन्ध चिसिनुको कारण
2011 मा जब ममता ब्यानर्जी बङ्गालकी मुख्यमन्त्री बनिन् तब पार्टीको सम्पूर्ण नेतृत्व मुकुल रायको हातमा आयो। उनी राज्यमा ममतापछिकै दुई नम्बरको नेता बनिए। सत्ताको गल्लीहरूकतो उनको चमक धमक स्पष्टसँग देखिनथाल्यो।
तर सन् २०१५ –मा परिस्थिति अचानक परिवर्तन भयो। विधानसभा चुनाउ आउन केवल एकवर्ष हातमा थियो। र सरकारका धेरै मन्त्री सारधा चिटफण्ड घोटालामा घेरिए। सीबीआई जाँचको तलवार पार्टीको शिरमाथि घुम्न थाल्यो।
मुकुल रायको नाम पनि यो घोटालामा मुछिएको थियो। सरकार सारधा चिटफण्डबाट माथि उठ्नैसकेको थिएन यस्तैमा नारदा स्टिङ्गले एकपटक पुनः तृणमूल सरकारअवधि भएको भ्रष्टाचारलाआई जनतासमक्ष छर्लङ्ग पाऱ्यो। यस्तैमा मुकुल रायले केही नेताहरूसँग मिलेर नयाँ पार्टी तयारीमा रहेको चर्चा राजनैतिक टोलहरूमा चुलियो।

विधानसभा चुनाउ मुखैमा थियो। ममता ब्यानर्जीले कुनै ‘रिस्क’ लिन चाहन्थिन्। फेरि मुकल रायमाथि भ्रष्टाचारको आरोप पनि थियो। ममता ब्यानर्जीले उनलाई पार्टी महासचिवको पदबाट तत्कालै हटाइन्। र सङ्गठनको दायित्व आफैसँग राखिन्। यस्तैमा 2016 मा ममता-मुकुलबीच चलिरहेको मतभिन्ननता सुल्झिएको देखियो।
यसपछि मुकुल रायलाई सङ्गठन फेरि लिइयो। उनका लागि उपाध्यक्षको नयाँ पद बनाइयो तर पहिलाजस्तै भरोसा फेरि कायम हुनसकेन। पछिल्ला केही महिनायता अफवाहले पटक पटक तुल पक्रियो। मुकुल राय तृणमूल छोड़ेर भाजपामा सामेल हुने हल्लाले सबैको ध्यान आकर्षित गऱ्यो। ममता ब्यानर्जी पनि मुकुललाई लिएर चुलिएको यो खबरबाट बेखबर बसिनन्। यस्तैमा ४ सेप्टेम्बरको दिन ममताले उनलाई संसदीय सल्लाहकार कमिटीबाट हटाइन्।

यसका साथै 17 सेप्टेम्बरको दिन ममताले पार्टीमा उपाध्यक्षको पदलाई हटाइन्। यसैले राजीनामाबिना नै मुकुल रायको तृणमूल कङ्ग्रेसको सङ्गठनबाट विदाई भयो। यसै घटनाक्रमबीच अन्तत: मुकुलले 25 सेप्टेबर, 2017 -मा तृणमूल कङ्ग्रेसबाट राजीनामा दिए। मुकुलले राजीनामा दिएको भोलिपल्ट पार्टीविरोधी गतिविधिका लागि तृणमूल कङ्ग्रेसले उनलाई ६ वर्षका पार्टीबाट निलम्बित गरियो।

उनीमाथि केन्द्रीय वित्त मन्त्री अरुण जेटली र भाजपाका महासचिव कैलाश विजयवर्गीयजस्ता भाजपा नेताहरूलाई भेटेको आरोप लाग्यो। यसपछि मुकुलले 11 अक्टोबर, 2017 को दिन राज्य सभाको सदस्यताबाट राजीनामा दिए। अन्तमा ३ नोभेम्बरको दिन दिल्लीमा मुकुल रायले भाजपाको सदस्यता गर्हण गरे।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन