सीमान्त लिएर आइन् विन्द्या सुब्बा

  • दार्जीलिङ खबरदाता

उनको लेखनको स्वर्ण जयन्तीको यस शुभ अवसरमा नयाँ कृति आउनु सम्पूर्ण नेपाली साहित्यको लागि ठूलो उपलब्धि हो।


चर्चित आख्यानकार विन्द्या सुब्बाले आफ्नो सोह्रौ कृति सार्वजनिक गरेकी छन्। अथाह-उपन्यासको निम्ति साहित्य अकादमी पुरस्कार पाइसकेकी सुब्बाको यो कृति पनि उपन्यास नै रहेको छ। उनको कृति मन्दरा स्मृति प्रतिष्ठानले प्रकाशित गरेको यो उपन्यासको लोकार्पण आख्यानकार कृष्णसिंह मोक्तान, कवि मोहन ठकुरी अनि पूर्ण हाङ्खिमको बाहुलीबाट भइसकेको छ।

समालोचक डा. कविता लामाले बताए अनुसार भारतीय नेपाली साहित्यमा विन्द्या सुब्बाले आफूलाई अनवरत रूपले समर्पण गरेको पुरा पचास वर्ष भइरहेछ। ‘यो उनको स्वर्ण जयन्ती पालन गर्ने समय हो। आफ्नो सिर्जनशील व्यक्तित्वलाई अग्लो उँचाइ दिन यसचोटि सीमान्त (सन् 2017) उपन्यास लिएर पाठकसामु आउनुभएको खबरले हामी सबै खुसी अनि आनन्दित भएका छौँ,’ लामाले भनेकी छन्, ‘उहाँको पाइलाछापलाई हामी जस्ता नेपाली भाषा-साहित्यका विद्यार्थीले पछ्याउन पाउनु सौभाग्य हो। उनको लेखनको स्वर्ण जयन्तीको यस शुभ अवसरमा नयाँ कृति आउनु सम्पूर्ण नेपाली साहित्यको लागि ठूलो उपलब्धि हो।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया