माङसिलामा भालुको आतङ्कः एक युवकलाई कोपाऱ्यो

गान्तोकः उत्तर सिक्किमको माङसिलामा भालुको आतङ्क शुरु भएको छ। माङसिला तिङजे निवासी 32 वर्षिय ईश्वर लिम्बूलाई भालु (हिमालयन ब्ल्याक बियर) ले कोपारेर गम्भीर घाइते पारेको छ। उनी बिहान बस्तुको निम्ति चारो खोज्न जङ्गलमा गएका थिए। जहाँ लुकेर बसेको भालुले अचानक आक्रमण गरेपछि गम्भीर रूपमा घाइते पाकेको छ।

उनका साथी हाटहुट गरेर कराएपछि भालुले लिम्बुलाई घाइते अवस्थामा छोडेर टाप कसेको बताइएको छ । घाइते लिम्बुको अवस्था गम्भीर भएको कारण राजधानी गान्तोकको एसटीएनएम अस्पतालमा भर्ना गरिएको भएपनि अवस्था सिकित्स हुन थालेपछि मणिपाल अस्पतालमा स्थानन्तरण गरिएको छ। उनको अवस्था सोचनीय रहेको बताइएको छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन