सेटेलाइट फोनसित विदेशी पर्यटक पक्राउ

गान्तोक, 4 नोभेम्बर


उत्तर सिक्किमको लाचेन पुलिसले अष्ट्रिया निवासी 70 वर्षीय वुल्फग्याङ नार्ज लाई ग्रीन लेक ट्रेकबाट फर्किन्दा सेटेलाइट फोन प्रयोग गरेको आरोपमा पक्राउ गरेको छ। सूत्रले बताएअऩुसार उनले उत्तर सिक्किमको प्रतिबन्धित क्षेत्रमा सेटेलाइट फोऩ प्रयोग गरिरहेका थिए। उल्लेखनीय छ भारत सरकारको नियम मुताबिक सिक्किमको सीमावर्ती क्षेत्रमा सेटेलाइट फोन प्रयोग गर्न बर्जित रहेको छ।

लाचेन पुलिसले आरोपी पर्यटकलाई पुलिस हिरासतमा राखेको छ भने भारतीय वायरलेस टेलिग्राफी ऐनको विभिन्न धारा अन्तर्गत मामिला दर्ता गरेर छानबीन शुरु गरेको छ। लाचेन पुलिस थानाका प्रभारीले बताए अनुसार उनलाई हिजो ग्रीन लेकबाट फर्किरहेको अवस्थामा पक्राउ गरिएको हो। घटनाबारे विस्तृत छानबीन पछि गान्तोक चिफ जुडिसियलमा प्रस्ततु गरेर कार्वाही गरिने बताएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन