सिमरिया घाटमा भागदौड़ः 3 महिलाको मृत्यु

पटना, 4 सेप्टेम्बर : कार्तिक पूर्णिमाको अवसरमा गङ्गा स्नानअवधि बेगुसरायको सिमरिया घाटमा भागदौड़ हुँदा 3 महिलाको मृत्यु भएको छ।  10 जना घाइते भएको खबर छ। घाइतेहरूलाई अस्पौतालमा भर्ती गरिएको छ। स्थाकनीय पुलिस अधिकारीअनुसार अफवाहको कारण भागदौड़ मच्चिएको हो।

एक अन्यभ रिपोर्टएअनुसार कार्तिक पूर्णिमाको अवसरमा गंगा स्नारनका लागि जुन बाक्लो भीड़ एकत्रित भएको थियो, त्यसको कारण नै यो दुर्घटना भएको बताइएको छ। पुलिस उपाधीक्षक सदर मिथिलेश कुमारले बताएअनुसार मृतकहरूको तत्काल परिचय पाइएको छैन। पुलिस भागदौड़को कारण पत्तो लगाउन जुटेको छ।
मुख्य मन्त्री नीतीश कुमारले घटनामाथि गहिरो दुःख जताएका छन्। उनले मृतकका परिजनलाई सहायता राशिको रूपमा चार-चार लाख रुपियाँ दिने घोषणा गरेका छन्। यसका साथै राज्य सरकारले घोषणा गरेअनुसार घाइतेहरूको उपचार लाग्ने सबै खर्च सरकारले बेहोर्नेछ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन