रूसी युवतीसँग दुष्कर्म, आरोपी ब्याङ्क प्रबन्धक पक्राउ

मथुरा, 4 नोभेम्बर :


एक रूसी युवतीसँग दुष्कर्म गरिएको मामिला प्रकाशमा आएको छ। 20 वर्षीया रूसी युवतीले जुन व्यक्तिमाथि दुष्कर्मको आरोप लगाइएकी छन्, ती आरोपी ब्याङ्क म्यानेजर हुन्। पुलिसले महिलाको उजुरीमा आरोपी ब्याङ्क म्यानेजरलाई हिरासतमा लिइएको छ। र मामिलाको गहन जाँचमा जुटेको छ।
पुलिस उपाधीक्षक विजय शंकर मिश्रले बताएअनुसार 20 वर्षीय युवतीको उजुरीमा युको ब्याङ्कको वृन्दावन शाखाका प्रबन्धक महेन्द्र प्रसाद सिंहलाई पक्राउ गरिएको हो। महिलाको आरोप छ, आरोपीले मित्रको आड़मा उनीसँग दुष्कर्म गरे।

युवतीले मीडियालाई भनिन्, “ब्याङ्क म्यानेजरले मसँग दुष्कर्म गरे। उनका अन्य महिलासँग पनि सम्बन्ध छ। मैले उनलाई वृन्दावनमा भेटेकी हुँ।’’ जबकि आरोपी ब्याङ्क म्यानेजरले पछिल्लो एकवर्षदेखि दुईबीच केही नरहेको बताएका छन्। “हामी एकअर्कासँग सम्पर्कसमेत गरेका छैनौं। युवतीले मसँग पैसा मागेकी थिइन्। तर मैले पैसा नदिएपछि उनले मविरुद्ध दुष्कर्मको मामिला दर्ता गरेकी हुन्’’, उनले भने।
युवतीलाई मेडिकल जाँचका लागि पठाइएको छ।

प्राथमिकीअनुसार युवती नोभेम्बर 2016 मा फेसबुकमार्फत् सिंहको सम्पर्कमा आएकी थिइन्। यसपछि दुवैबीच सधैँजस्तो कुराकानी हुन्थ्यो। सिंहले बोलाएपछि यी रूसी बाला सेप्टेम्बर 2017 मा भारत आइन् र वृन्दावनमा बसिन्। महिलाको आरोप छ 22 सेप्टेम्बरको दिन युवतीलाई उसको घरमा लिएर गए, जहाँ यी युवतीसँग दुष्कर्म गरे। यो यो क्रम पटक पटक चल्यो।

युवतीले दावी गरेअनुसार उनको भेटघाट अन्य एक रुसी महिलासँग पनि भएको थियो, ती रूसी महिलाले उनलाई उजुरी गर्ने सल्लाह दिइन्। यसपछि नै सिंहविरुद्ध उजुरी दर्ता गरेकी हुन्। महिलाको आरोप छ, प्रबन्धकले उनलाई यो कुरा कसैलाई भने गम्भीर परिणाम भोग्ने धम्की दिएका थिए। आरोपी ब्याङ्क म्यानेजर पटना निवासी हुन्। र उनी मथुराको वृन्दावनको चैतन्य विहारस्थित युको ब्याङ्कका ब्राञ्च म्यानेजरको पद कार्यरत् छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन