दिवाकर गुरूङको पनि विनयलाई समर्थन

दार्जीलिङ, 4 नोभेम्बर।


गोर्खा जनमुक्ति मोर्चाका एक संस्थापक सदस्य एवं सांगठनिक सचिव दिवाकर गुरूङले पनि आज प्रेस बयान जारी गर्दै विनय तामाङ गुटलाई समर्थन जनाएको घोषणा गरे। उनले भनेका छन्-वर्तमान परिस्थितिलाई आत्मसात गर्दै स्थानीय परिवेशलाई पनि ध्यानमा राखेर आज हामी सम्पूर्ण पहाड़वासी जनता यो मोड़मा उभिएका छौं, जहाँ समयले निर्देश गरेको छ।

यी सम्पूर्ण विषयहरूलाई आङ्गिकार गरी गोर्खा समुदायको स्थायी राजनैतिक समाधानको लागि गोर्खाल्यान्डको मुद्दालाई सशक्तरूपले अघि बढ़ाउने गोजमुमो (गोर्खा जनमुक्ति मोर्चा)-का प्रमुख समन्वयक एवं जीटीएको बोर्ड अफ् एड्मिनिस्ट्रेटरका अध्यक्ष विनय तामाङप्रति समर्थन जनाउँछु।

यसरीनै उनले अझै भनेअनुसार, समर्थन गर्ने क्रममा नयाँ व्यवस्थाप्रति आगामी दिनमा राजनैतिक संस्कारलाई कायम राख्दै वैचारिक परिवर्तन, पारदर्शिता, प्रजातन्त्रको सदुपयोग गरी गुटवाजी र भ्रष्टाचार जस्तो घातक तत्वहरूको उन्मूलन होस् भन्ने चाहेको छु। शान्ति, एकता, र गणतन्त्रको पाठ नेता, जनता अनि प्रशासन आदिको संयुक्त प्रयासमा मात्र सम्भव हुन्छ। यसलाई सफल बनाउन सबैको प्रयास आवश्यक छ, उनले भनेका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन