विमल गुरूङ जङ्गलबाट निस्किनु भनेको सिधै जेल जानु हो-विनय तामाङ

कालेबुङ, 4 नोभेम्बर।


विमल साम्राज्यको अन्त

दार्जीलिङ पहाडमा विमल गुरूङ र रोशन गिरी इतिहासको पानामा गइसकेको विनय तामाङले दावी गरेका छन्। विमल, रोशनविरूद्ध अनकौँ मुद्दाहरू रहेका कारण अब उनीहरूले फेरि फर्केर आएर राजनीति गर्न नसक्ने विनय तामाङको दावी छ।

कालेबुङ भ्रमणमा आएका जीटीए चियरमेन विनय तामाङले आज डेलोमा पत्रकारहरूलाई सम्बोधन गर्दै अब पहाडको राजनीतिमा विमल गुरूङ र रोशन गिरीहरूको अन्त भइसकेको सङ्केत गरे।

‘उनीहरू फर्केर आउन सक्दैनन्। उनीहरू आउँछन् भन्नु पनि मुर्खता मात्र हो’, विनय तामाङले भने, ‘उनीहरू विरूद्ध जुनप्रकारका आरोपहरू छन्, त्यसलाई हेर्दा उनीहरू फर्केर आउँछन्, राजनीति गर्छन्, भन्न सायद अब सुहाउँदैन, मिल्दैन, सकिँदैन।’

निस्कियो कि सोझै जेल

उनले विमल जङ्गलबाट निस्कियो भने पनि सोझै जेल जाने दाबी गरेका छन्। ‘विमल गुरूङ जनतासामु आए 99 प्रतिशत जेलमा जाने निश्चित छ,’ विनय तामाङको दावी छ।

शुक्रबार राती कालेबुङ आइपुगेका विनय तामाङले यस भ्रमणवअधि आफ्नो समर्थकहरूसित भेट गरेर साङ्गठनिक कुराहरूसितै विकासमूलक योजनाहरू तयार पार्ने बताए।

विनय गुटमा नआउनेहरूले सोचुन्

अहिलेसम्म कालेबुङबाट देखिने गरी मोर्चाका नेताहरू विनय तामाङ समुहतिर गइसकेका छैनन्। यहाँसम्म की कालेबुङ नगरपालिका समेत विनयको पकडमा छैन। यसैलाई केन्द्र गर्दै तामाङले भने, ‘जति पनि मोर्चामा थिए उनीहरूले चाँडै निर्णय लिनुपर्छ। अहलेसम्म निर्णय लिएको छैन। पार्टीको सेवा र गोर्खा जातिको सेवा गर्न चाहन्छ भने स्वागत छ। बीचमा बसेर यता पनि उता पनि ठिक्क नपार्नुहोस्।’

नआउनेलाई पर्खिने टाइम छैन

तामाङले आफूहरूसित सिमित समय रहेका कारण अब नपर्खिने भन्दै भोलि नै कालेबुङ डिसिट्रिक्ट वर्किङ कमिटी बनाइने बताए। यसबाहेक 13 वटामा समष्टिमध्ये 11 वटा समष्टिमा एडहक कमिटी बनिसकेको अनि चाँडै रहल दुई वटा समष्टिमा पनि कमिटी बनाइने बताए। यसबाहेक हप्ता-10 दिनभित्र कालेबुङमा ठूलो जनसभा गर्ने पनि तामाङले बताए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन