अधिकारीले अनावश्यक जाँच गरेको भन्दै चालकहरूले गरे ट्राफिक जाम

विज्ञापन

ट्राफिक पुलिस र चालकहरूबीच चलेको भनाभनको कारण नगरमा तनाव


  • कालेबुङ खबरदाता

ट्राफिक अधिकारी रहमानलाई यथाशीघ्र हटाइनुपर्ने तथा यहाँबाट स्थानान्तर गरिनुपर्ने माग गरिरहेका चालकहरूलाई थाना अधिकारी राईले विवादलाई साम्य गराउन ट्राफिक जाम होइन तर बसेर कुराकानी गर्नुपर्ने आग्रह गरेपछि चालकहरू पनि बैठक गर्न सहमत बने।


उसै पनि ट्राफिक जाम लागिरहने कालेबुङ शहर आज चालकहरूको विरोध प्रदर्शनले धेरै बेरसम्म तनावग्रस्त बनेको थियो। कालेबुङ जिल्ला ट्राफिक अधिकारी एस रहमानले अनावश्यक जाँच गरेको भन्दै चालकहरू कालेबु

चालकहरूको विरोधपछि डम्बरचोकको जाम

ङको मुटु मानिने डम्बर चोकको सडकमै पलेटी कसेर बसेपछि स्थिति तनावग्रस्त बनेको थियो भने वाहनहरूको चलाचल पनि पूर्णरूपमा ठप्प बनेको थियो।

चालकहरूअनुसार ट्राफिक अधिकारीले गत केही दिनयता अनावश्यक जाँच गरेर चालकहरूलाई प्रताडित गरिरहेका थिए भने आज एउटा चालकको वाहन पार्किङ विषय लिएर सम्पूर्ण कागजपत्र नै ट्राफिक अधिकारीले लिएर गएपछि विवाद शुरू भएको थियो। मेनरोडका उक्त चालकको वाहन पार्किङ गरेपछि कागजपत्र लैजाने अधिकार अधिकारीसित नरहेको भन्दै चालकहरूले सडकबीचमा बसेर विरोध शुरू गरेपछि अधिकारी स्वयंले विवाद साम्य बनाउन खोजेका थिए तर तिनी सफल बनेनन्।

विरोध जनाउने चालकहरूको संख्या एकैक्षणमा बढेर सडक नै ढाकेपछि अन्तमा कालेबुङ थाना प्रभारी भानु राई घटनास्थलमा आइपुगेका थिए। ट्राफिक अधिकारी रहमानलाई यथाशीघ्र हटाइनुपर्ने तथा यहाँबाट स्थानान्तर गरिनुपर्ने माग गरिरहेका चालकहरूलाई थाना अधिकारी राईले विवादलाई साम्य गराउन ट्राफिक जाम होइन तर बसेर कुराकानी गर्नुपर्ने आग्रह गरेपछि चालकहरू पनि बैठक गर्न सहमत बने। उनीहरूको सहमति लगत्तै वाहनहरूको चलाचल पनि खोलिएको थियो। ट्राफिक जाम खोलिएपछि कालेबुङ थानामा बसेको बैठकमा अन्तमा दुवै पक्षमाझ विवाद सुल्झाइएको जानकारी थाना अधिकारी भानु राई अनि चालकहरूका प्रतिनिधि उदय मङ्ग्रातीले दिएका छन्।

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया