सिरिखोलामा पैह्रोले विस्थापित परिवारको विचल्नीः पीडितहरूले पाएनन् सरकारी सहयोग

रिम्बिक (सञ्जय निरौला): बिजनबारी पुल खण्ड अन्तर्गत रिम्बिक लोधोमा समष्टिको सिरिखोला ग्राम पञ्चायतको राजाभिर गाउँमा गएको भीषण पैह्रोको चपेटामा पर्ने विस्थापित परिवारहररू हालसम्म विचल्नीमा छन्। उनीहरूलाई खण्ड विकास कार्यालयबाट पाएको तारपोलिन अनि केही गैरसरकारी संस्थानबाट पाएका खाद्य सामाग्रीहरूबाहेक अरू केही पाएका छन्। आधिकारिक रूपमा सरकारी निकायले स्थलगत् निरिक्षण समेत गरेको पीडितहरूको गुनासो छ।

जतिखेर दार्जीलिङ पहाड अनिश्चितकालको निम्ति बन्द थियो त्यसै समय भारी वर्षाको कारण रिम्बिक बजारदेखि लगभग दुई किलोमीटर टाडामा रहेको राजाभिरमा गएको भीषण पैह्रोले गाउँको मानचित्र नै परिवर्तन गरेको थियो। पैह्रोको कारण गाउँलेहरूले घर छोडेर विस्थापित बन्न पुगेका थिए।  गाउँमा रहेको 50 घरमध्ये 35 घर पैह्रोको चपेटमा परेको थियो। अहिलेसम्म 10 वटा परिवार गाउँ फर्कन सकेका छैनन्।

‘हामी घर न घाटको भएका छौँ, गाउँ छोडेर अन्यन्त्र  भाडाको घरमा बस्न बाध्य छौँ’-पीडितहरूमध्येका एक रुपेश राईले सुनाए, ‘ घरको दुवैतिरबाट पैह्रो गएको छ। पैह्रोले त्यसैबेला एक माउ भैँसी र दुई माउ गाई बगायो, घरको अवस्था देख्दा डाँको छोडेर रून मन लाग्छ।’

रूपेश जस्ता पीडितहरू धेरै छन् जो पैह्रोको कारण आफ्नो घर फर्किन सकिरहेका छैनन्। उनीहरूको धेरै क्षयक्षति भए पनि सनम्बन्धित निकायबाट क्षतिपूर्ती पाउन सकिरहेका छैनन्।

‘हामी शरणार्थी सरह बस्न परिरहेको छ, हामी सरकारको नजरमा परेका छैनौँ। हालसम्म पञ्चायतकर्मीहरूले समेत घटनाको निरिक्षण गरेका छैनन्’-विभागको उदासिनताप्रति लक्ष्य गर्दै पीडितहरूले भने, ‘सरकारले केही पाउने आशा समेत मरिसकेको छ।’

सरकारी सहयोगकहरूको अभावको कारण आफ्नो घरसमेत बनाउन नसकिरहेको उनीहरूको गुनासो छ। पैह्रोको कारण गाउँ नै छोड्नुपर्ने अवस्था भएपनि सम्बन्धित निकायहरूले उनीहरूलाई पुर्नस्थापित गर्न कुनै पहल भएको छैन। 10 परिवार विस्थापित बने पनि अन्य गाउँमै भएका अन्य परिवारहरू पनि सञ्चोले बस्न सकिरहेका छैनन्। किनभने अहिले हिँउदोमा उनीहरू गाउँ फर्किए पनि वर्खा लाग्नेबित्तिकै गाउँ छोड्नुपर्ने उनीहरूको बाध्यता छ।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन