नेहरू युवा केन्द्रको आयोजनामा युथ डेभ्लोप्मेन्ट कार्यक्रम

रिम्बिक: (सञ्जय निरौला)-युवा तथा खेलकुद मन्त्रालय नेहरू युवा केन्द्र दार्जीलिङको आयोजनामा युथ क्लब डेभ्लोप्मेन्ट कार्यक्रम सम्पन्न भयो। रिम्बिक लोधोमा समष्टिको प्रसिद्ध राइजिङ स्पोर्टिङ क्लबको निजी भवनमा सस्थाका सदस्यहरू लगायत वरिपरिका सस्थाका प्रतिनिधिहरूको उपस्थितिमा आयोजना गरियो।

पासङ शेर्पाको अध्यक्षतामा भएको कार्यक्रममा नेहरू युवा केन्द्रका बिजनबारी खण्ड नेहरू युवा भोलेण्टियर(एनवाइवाइ) सदस्य सन्दीप सुब्बा मुख्य रूपमा उपस्थित थिए। कार्यक्रममा मुख्य रूपमा भारत सरकारको युवा मन्त्रालयले नेहरू युवा केन्द्रमार्फत के कस्ता कार्यक्रमहरु गर्नेछ भन्ने सर्वसाधारणलाइ जानकारी केन्द्रका सदस्य लिम्बूले दिएका थिए। उनले मुख्य रूपमा समाजका युवाहरूलाई प्राविधिक शिक्षाहरू कम्प्यूटरर ट्रेनिङ, पार्लर कोर्स लगायत भोकेसनल जस्ता कोर्सहरु उपलब्ध रहेको तथा मुख्य रूपमा खेलकुदलाई प्रथामिकता दिने एवं समाजमा सर्वसाधारणलाई अधि लगाउन स्वच्छ भारत अभियान, डिजिटल मेमेन्ट बेटी बचाउ बेटी पडाउ जस्ता सरकारको महत्त्वाकांक्षी योजनाहरुलाई जनतासामु पुऱ्याउनु पुऱ्याउन प्रमुख रहेको लिम्बुले बताए। नेहरू युवा केन्द्रमा स्वीकृतप्राप्त तथा स्वीकृत नभएका सङ्घ-सस्थाहरुले सदस्यता लिनसक्ने तथा सदस्यता लिएका सस्थानहरुले युवाहरूलाई केन्दित गरी कार्यक्रम गर्ने समेत सदस्य लिम्बुले बताएका छन। सरकारको कार्यक्रमलाई अनुसरण गर्दै युवाहरूलाई उचित मार्गमा लगाउनेमा जोड दिने पासङ शेर्पाले बताएका छन।

याद रहोस् शुक्रबार अनि शनिबार रिम्बिक लोधोमा समष्टिका विभिन्न सङ्ग-संस्थाहरूसित भेटघाट गरिएको युवा केन्द्रका सदस्य लिम्बुले बताएका छन।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन