पहाड़मा एनआईए: गोजमुमो, गोर्खालीगद्वारा स्वागत

 

दार्जीलङ: 3 सदस्यीय एनआईए (नेशनल इन्वेस्टिगेशन एजेन्सी)-ले दार्जीलिङमा जाँच शुरू गरेको जानकारी पाइएको छ, तर पुलिसले दार्जीलिङमा एनआईए टोली आएको कुरालाई अस्वीकार गरेको छ। यस राष्ट्रिय जाँच टोलीले विशेष गोर्खाल्यान्ड आन्दोलनको क्रममा विभत्स मृत्यु भएको, गोजमुमो अध्यक्ष विमल गुरूङका साथै गोजमुमोका अन्य नेतृत्वहरू विरूद्ध लगाइएको यूएपीए (अन् ल फूल एक्टिविटिज प्रिवेन्शन एक्ट), यसै क्रममा पक्रा परेकाहरू विरूद्ध लगाइएका मुद्दाका साथै पहाड़मा भएका विष्फोट काण्डहरूको पनि जाँच गर्ने जानकारी पाइएको छ।

यसैबीच, गोजमुमो अध्यक्ष विमल गुरूङद्वारा हस्ताक्षर गरिएको एक प्रेस विज्ञप्ति पनि प्राप्त भएको छ, जसमा एनआईएलाई स्वागत जनाइएको छ। यसरीनै विमल गुरूङपन्थी वा गोजमुमो महासचिव रोशन गिरीद्वारा बनाइएको वाट्सएप ग्रुपमा भनिएको छ-एनआईए ़टोलीको दार्जीलिङ आगमनमा राज्यको सीआईडी खुशी छैन अनि राज्यको गृह विभागले पनि पहाड़मा भएका घट्नाहरू राज्यको विषय हो भनेको छ। यसरीनै विज्ञप्तिमा भनिएको छ-18 अगस्तको राती दार्जीलिङ शहरमा बम विष्फोट भएकै भोलिपल्ट गोजमुमो अध्यक्ष विमल गुरूङले केन्द्रिय गृहमन्त्री राजनाथ सिंहलाई पत्राचार गरेर उक्त बम विष्फोट काण्डमाथि देशको सर्वोच्च न्यायालयको देखरेखमा एनआईए जाँच हुनपर्छ भन्ने माग गरेका थिए। यसरीनै 13 अक्टोबरको दिन पुलिस एसआई अमिताभ मल्लिकको मृत्युमा पनि एनआईए जाँचनै हुनपर्ने माग गरेका थिए। यसबाहेक 13 जना गोर्खाल्यान्ड समर्थकको मृत्यु, हात-हतियार जफ्त गरिएको घट्नामा पनि उच्च स्तरीय जाँच गराउनुपर्ने माग गरिएको थियो।

यसैले एनआईएले निष्पक्ष, स्वतन्त्र जाँच गर्ने विषयमा गोजमुमो आशावादी छ। ज्ञात रहोस्, दार्जीलिङ पहाड़मा गत जून महीनादेखि गोर्खाल्यान्डको आन्दोलन शुरू भएको थियो। त्यसै क्रममा पहाड़का विभिन्न स्थानहरूमा पुलिसको गोली लागेर 11 जना गोर्खाल्यान्ड समर्थकको विभत्स मृत्यु भएको थियो। यी गोर्खाल्यान्ड समर्थकहरूको मृत्यु कसरी भयो, यसको जाँच एनआईए टोलीले गर्ने गोजमुमोको भनाई छ। यति मात्रै होइन, 17 जून 2017-को दिन गोर्खा जनमुक्ति मोर्चाले पातलेबास चलो अभियान चलाएको थियो, यसको लागि भारी संख्यामा गोजमुमो समर्थकहरू चारैतिरबाट आएका थिए, तर ती गोजमुमो समर्थकहरूलाई पुलिसले सिंहमारीमानै रोक्दा गोजमुमो समर्थकहरू र पुलिसमाझ भयावह संघर्ष भएको थियो अनि पुलिसले चलाएको गोली लागेर 3 जना गोर्खाल्यान्ड समर्थकको मृत्यु भएको थियो।

यसरीनै 7 जुलाईको राती सोनादामा पुलिसको गोली लागेरनै एकजनाको मृत्यु भएको थियो भने त्यसको एक दिनपछिनै दार्जीलिङ शहर र सिंहमारीमा 2 जनाको मृत्यु भएको थियो। जुन दिन एकजना गम्भीर घाइते पनि भएका थिए, जसको केही समयपछि सिक्किमको एक अस्पतालमा मृत्यु भयो। यसरीनै गोर्खाल्यान्ड आन्दोलन हुँदानै मिरिकमा पनि एकजना गोर्खाल्यान्ड समर्थकको मृत्यु भएको थियो। यति मात्रै होइन, दार्जीलिङ पहाड़का विभिन्न स्थानहरूमा बम विष्फोट काण्डहरू पनि भएका छन् भने पुलिसले भारी मात्रामा अत्याधुनिक हात-हतियारहरू पनि फेला पारेको छ। यी सबै घट्नाहरूमा पुलिसले गोजमुमो अध्यक्ष विमल गुरूङ, युवा मोर्चा अध्यक्ष प्रकाश गुरूङका साथै अन्य गोजमुमो नेताहरू विरूद्ध मुद्दा दर्ता गरिएको छ। यति मात्रै होइन, गत केही सप्ताहअघि मात्रै बर्नसबेगको फेदीमा विमल गुरूङका समर्थकहरूले चलाएको गोली लागेर दार्जीलिङ सदर थानाका एसआईको मृत्यु भएको घट्नमा पनि पुलिसले गोजमुमो अध्यक्ष विमल गुरूङ विरूद्धनै मुद्दा दर्ता गरेको छ। यी सम्पूर्ण विषयहरूको पनि एनआईएले जाँच गर्ने अनुमान लगाइएको छ। यद्यपि, पुलिस एसआई हत्याकाण्डको जाँच राज्य सरकार अधीनस्थ सीआईडीले शुरू गरिसकेको छ।

 

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन