कञ्चनजङ्घा म्याराथनको अन्तिम धावक टोली आधार शिविरबाट प्रस्थान

गान्तोक: कञ्चनजङ्घा म्याराथनको अन्तिम धावक टोली आधार शिविरबाट प्रस्थान पश्चिम सिक्किमको चर्चित पर्यटकीय ट्रैकिङ गन्तव्य जोङ्ग्री ट्रैकिङ ट्रैलमा हुने बहुचर्चित कञ्चनजङ्घा म्याराथन 2017 को निम्ति धावकहरूको अन्तिम टोली पनि आज आधार शिविर योकसुमबाट गोचलाको निम्ति प्रस्थान गऱ्यो। दोस्रो कञ्चनजङ्घा म्यारथनमा जम्मा 58 जना देशी विदेशी तथा चर्चित अन्तरराष्ट्रिय धावकहरू रहेका छन्।

गत 30 अक्टुबरदेखि धावकहरू स्टार्ट पोइन्ट गोचलाको निम्ति प्रस्थान गर्ने प्रक्रियामा रहेका छन्। यसै क्रममा आज बिहान चार जना केनियाल र एक मणिपुरी धावक आधार शिविर योकसुमबाट प्रस्थान भएका छन्। उनीहरू आज लमुने पुगेर भोलि बिहान 6ः30 बजी फ्ल्याग अफ हुने फूल म्याराथनमा हिस्सा लिने अन्य धावकहरूसित सामेल हुनेछ। 2015 देखि शुरु भएको कञ्चनजङ्घा म्याराथन राज्यकै सहासिक पर्यटन र खेलकूदको दिशामा छुट्टै विशेषता राख्ने रोचक र चर्चित खेल को रूपमा स्थापित भइसकेको रेस डाइरेक्टर कुञ्जाङ ग्याछोले बताए।

यसपालीको म्याराथनमा जम्मा 58 जना देशी र विदेश धावकहरू सामेल हुनु भनेको पछिल्लो सबै रेकर्ड तोड्न सफल रहेको आयोजक पक्षले बताएका छन्। पहिलो म्याराथनमा केवल स्वदेशी र स्थानीय धावकहरूको सहभागिता रहेको थियो जसको संख्या केवल 20 जना रहेको थियो। अर्कोतिर .यसपाली फुल म्याराथन र हाफ म्याराथन गरेर दुइ वर्गको म्यारथान दौड आयोजन भइरहेको छ भने यसपाली महिला धावकहरूको निम्ति छुट्टै वर्ग रहको छ भने महिला धावकहरू स्वदेशी र विदेशी दुवै रहेको हुनाले आगामी वर्षहरूमा यो अझ ठूलो रूपमा अघि बड्ने ग्याचोले मन्तव्य व्यक्त गरेका छन्।

भोलि बिहान 6ः30 बजी गोचला र फेदाङबाट फूल र हाफ म्याराथनको शुरुआत हुनेछ भने योकसुममा समापन हुनेछ। सहभागीहरूले फुलमा धेरैमा 8 घण्टा र हाफमा 4 घण्टाको समय सीमा भित्र 42 र 21 किलोमिटरको दौड पुरा गर्नुपर्ने छ। विजयीहरूलाई नगद पुरस्कार समेत स्मृति चिन्ह र प्रमाणपत्र प्रदान गरिनेछ। आज गोचलाको निम्ति प्रस्थान गर्ने अन्तिम टोलीलाई कञ्चनजङ्घा म्याराथन कमिटिका प्रतिनिधिहरूले आधार शिविर योकसुमबाट शुभकामना सहित विदा गरेका थिए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन