एनआईए आएकोमा विमल हर्षितः सत्यको जीत अवश्य हुनेछ-विमल गुरुङ

दार्जीलिङः
गोजमुमो अध्यक्ष विमल गुरुङ (नेशनल एन्भेस्टिगेटिङ एजेन्सी) एनआईए टोली दार्जीलिङ आएकोमा खुशी छन्। उनले एनआईए टोली आएपछि एउटा प्रेस विज्ञप्ति जारी गर्दै सत्यको जीत अवश्य हुने दावी गरेका छन्। आइतबार एउटा प्रेस विज्ञप्ति जारी गर्दै गुरुङले 13 जना शहीदहरूको मृत्यु र विस्फोटकाण्डको जाँच एनआईएद्वारा गरिने दावी गरेका छन्।
विज्ञप्तिमा 18 अगस्तका दिन दार्जीलिङ पहाडमा बम विस्फोट भए लगत्तै गोजमुमो अध्यक्ष विमल गुरुङले गृहमन्त्रीलाई पत्रचार गरेको कुरा उल्लेख छ। उनले विस्फोटको स्वतन्त्र जाँचको माग गर्दै सर्वोच्च न्यायलयको देखरेखमा एनआईए अधिकारीहरूको एउटा जाँच समिति गठन गर्ने माग गरेका थिए।
‘अपराधीहरूलाई छोड्नु हुँदैन तर निर्दोषले सजाय पाउनु हुँदैन’- भन्ने शुरूदेखि नै आफूहरूको अडान रहेको बताउँदै विज्ञप्तिमा भनिएको छ, ‘एनआईए र सीबीआइले वास्तविक अपराधी, षड़यन्त्रकारी र साजिसकर्ताहरूलाई दण्डित गरिनुपर्छ। हामीलाई लाग्छ पश्चिम बङ्गाल पुलिसले विस्फोट गराएर वास्तविक अपराधीहरूलाई प्रोत्साहित गर्दैछ।’

गुरुङले वम विस्फोटकाण्ड अनि आन्दोलनमा मारिएकाहरूको जाँच एनआईएले गरिने भएकोमा खुशी व्यक्त गर्दै गृहमन्त्री राजनाथ सिंह अनि सांसद एसएस अहलुवालियाप्रति आभार प्रकट गरेका छन्। विमललाई लाग्छ, उनीहरूको प्रयासको कारण नै दार्जीलिङमा एनआईए दल आएको हो।
विज्ञप्तिमा अझ जनाइएअनुसार गुरुङले केन्द्रमा गरेको पत्रचारमा विस्फोटकाण्ड र हत्याकाण्डको जाँच सीआईडीले गरिरहेको कारण सीआईडीबाट न्याय पाउने कुरामा आफूहरू विश्वस्त नरहेको कुरा पनि उल्लेख गरिएको थियो। यसैले घटनाको वास्तविकता एनआईएको माध्मयबाट मात्र अघि आउने विश्वासमा नै गुरुङले एनआईए जाँचको माग गरेका थिए। केन्द्रिय गृहमन्त्रीलाई पठाएको पत्रमा पार्षद् बरूण भुजेलको मृत्युको छानबीन पनि एनआईएद्वारा नै गरिनुपर्ने माग गरिएको विमल गुरुङद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ। मोर्चाले सँधै गणतान्त्रित तरिकाले आन्दोलन गर्दै आइरहेको उल्लेख गर्दै भए पनि राज्य प्रशासनले गोर्खाहरूमाथि विभिन्न प्रकारका गलत आरोपहरू लगाएर गोर्खाहरूको छबिलाई नै धमिल्याउने काम गरिरहेको पनि विज्ञप्तिमा उल्लेख छ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन