गोजमुमो कालेबुङ कार्यालय आधिकारिक रूपमा विनयपन्थीको दखलमाः कालेबुङ जिल्ला कार्यकारी समितिको भयो पहिलो बैठक

कालेबुङ: ‘कालेबुङ पार्टी अफिसको भाडा दिइएको थिएन। बिजुलीको बित तिरेको थिएन। 9 महिनादेखि त्यहाँ राखिएका कर्मचारीहरूको वेतन समेत दिएको थिएन’, ‘आइतबार विनय तामाङले भनेका थिए, ‘हामीले सबै बील तिरका छौँ अनि आधिकारिक रूपमा हामी नै पार्टी कार्यालय चलाउनेछौँ।’

गोजमुमो केन्द्रिय संयोजक विनय तामाङको दावीपछि आजदेखि कालेबुङ पार्टी कार्यालय आधिकारिक रूपमा विनयपन्थी गोजमुमोले दखल गरेको छ। मोर्चाको उक्त जिल्ला पार्टी कार्यालय आजदेखि गोजमुमो कालेबुङ जिल्ला कार्यकारी समितिले सञ्चालन गर्ने भएको छ। आतबार विनय तामाङले बनाएको गोजमुमो कालेबुङ जिल्ला कार्यकारी समितिको पहिलो बैठक पनि उक्त पार्टी कार्यालयमा नै सम्पन्न भयो।

उक्त बैठक कमिटीका नवनियुक्त संयोजक सञ्चबीर सुब्बाको अध्यक्षतामा सम्पन्न भयो। बैठकमा सुब्बाले कमिटीका नयाँ पदाधाकिरीहरूलाई आफ्नो पदको जिम्मेवारी सम्बन्धी जानकारी गराउँदै साङ्गठनिक गतिनिधिबारे जानकारी गराए।

‘यो नयाँ कमिटीको पहिलो बैठक हो, बैठकमा नयाँ पदाधिकारीहरूलाई उनीहरूको दायित्व, कार्यशैली आदिबारे जानकारी गराइएको थियो’-कमिटीका प्रवक्ता भूवन पी. खनालले बैठकबारे जानकारी गराउँदै भने, फेरि किन जीटीए अस्तिवमा आउनपऱ्यो? जीटीएले तयार पारेका योजनाहरू साथै गोर्खाल्याण्डसम्म पुग्न मोर्चाको कस्तो योजना छ आदिबारे 9 नोभेम्बरका दिन कालेबुङ मोटरस्टायाण्डमा जनसभा गरेर बुझाइनेछ।’

मोर्चालाई आलोचना गर्नको सट्टा कालेबुङ जिल्ला कार्यकारी समितिको उक्त जनसभामा सबैलाई आएर उनीहरूको विचार बुझिदिन खनालले आह्वान गरेका छन्।

 

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन