दोस्रो कञ्चजङ्घा म्याराथनमा सिक्किम दार्जीलिङका धावकहरूको कब्जाः अन्तरराष्ट्रिय धावकलाई हराएर सुरतराज, पुरण र चन्द्रकला बने 2017 को च्याम्पियन

 योकसुम, 6 नोभेम्बर।


केनियाका चर्तित अऩ्तरराष्ट्रिय धावकहरूलाई पल्लो छेउ छोड्जै सिक्किम र दार्जीलिङका धावकहरूले कञ्चनजङ्घा म्याराथनमा कब्जा जमाएका छन्। सिक्किमको बहुचर्चित सहासिक पर्यटकनीय खेल दोस्रो कञ्चनजङ्घा म्याराथन 2017 को फूल म्याराथनमा आफ्नो च्याम्पियनशीपको खिताबलाई यथावत राख्दै सिक्किमका युवा धावक सुरतराज सुब्बाले दोस्रोपल्ट पनि कञ्चनजङ्घा म्याराथनको च्याम्पियन बनेका छन्।

सुरतराजले 42 किलोमिटरको दौड 3 घण्टा 13 मिनटमा पुरा गरे। यसैगरि कालेबुङका धावक उत्तम भुजेलले 3 घण्टा 15 मिनटमा दौड पुरा गर्दै दोस्रो स्थानमा उपविजेता बनेका छन्। अर्कोतिर प्रबल छेत्रीले 3 घण्टा 19 मिनटमा दौड पुरा गरेर तेस्रो स्थानको उपविजेता बनेका छन्। फुल म्याराथनमा जम्मा 18 जना धावकहरूले भाग लिएका थिए भने उनीहरूले गोचलाबाट दौड शुरु गरेर योकसुममा समाप्त गरेका थिए।

यसैगरि पुरूष हाफ म्याराथनमा कालेबुङका धावक पुरण राई प्रथम भएका छन् उनले 21 किलोमिटरको दूरी 1 घण्टा 36 मिनटमा पुरा गरेका छन्। यसैगरि 1 घण्टा 37 मिनटमा आफ्नो दौड पुरा गर्दै दोस्रो स्थानमा योकसुमका युवा धावक भुषण गुरुङ विजयी बनेका छन्। 1 घण्टा 40 मिनटमा आफ्नो लक्षित दौड पुरा गर्दै योकसुमकै अर्का युवा धावक सोजन लिम्बू तेस्रो स्थानमा विजयी बनेका छन्।

हाफ म्याराथन पुरूषमा जम्मा 26 जना धावकहरूले प्रतिस्पर्धा गरेका थिए उनीहरूले फेदाङबाट योकसुमसम्मको दुरी पार गर्दै आफ्नो दौड पुरा गरेका थिए। अर्कोतिर हाफ म्याराथन महिला वर्गमा 1 घण्टा 59 मिनटमा 21 किलोमिटरको दुरी पार गर्दै गान्तोक सिक्किमकी धावक चन्द्रकला शर्मा प्रथम भइन भने दोस्रो स्थानमा 2 घण्टा 11 मिनटमा दौड पुरा गर्दै खरसाङकी युवा धावक सोनिय राई दोस्रो स्थानमा विजयी बनिन्।

यसैगरि तेस्रो स्थानमा केनियाकी धावक ब्रिजिड किमिटवाइ (Brigid Kimitwai) ले 2 घण्टा 12 मिनटमा दौड पुरा गर्दै तेस्रो स्थानमा विजयी बनिन्। फूल म्याराथनका विजयी धावकहरूलाई क्रमश 1 लाख, 75 हजार र 50 हजार रूपियाँ नगद पुरस्कार समेत मेडल, प्रमाण पत्र र स्मृति चिन्ह प्रदान गरिनेछ। यसैगरि हाफ म्याराथनको पुरूष र महिला दुवै वर्गका विजेताहरूलाई 60 हजार 45 हजार र 30 हजार रूपियाँ नगद पुरस्कार समेत मेडल, प्रमाण पत्र र स्मृति चिन्ह प्रदान गरिनेछ ।

भोलि समापन समारोहमा यी पुरस्कार प्रदान गरिने छ भने सर्वश्रेष्ठ धावकको रूपमा एकजनालाई माउन्ट एभरेष्ट गुडविल पुरस्कार नेपाली मु्द्रा 8848 रूपियाँ प्रदान गरिनेछ। आफू लगातार दोस्रो पल्ट पनि कञ्चनजङ्घा म्याराथनको च्याम्पियन बने पछि धावक सुब्बाले खुसी व्यक्त गर्दै भने पछिल्लो पल्टको भन्दा यसपालीको रूट केही साह्रो भए पनि सफलतापूर्वक सम्पन्न गर्न सकेकोमा खुसी लागेको छ। यसपाली आफू घाइते नभइ रेस पुरा गर्न सकेकोमा ढुक्कै पनि लागेको बताए।

उनी पहिलोपल्ट च्याम्पियन हुँदा खुट्टामा चोट लागेको पीडा सम्झना गर्दै भने। यसैगरि कञ्चनजङ्घा म्याराथन कमिटिका अध्यक्ष सुश्री सरला राईले म्याराथन सफलतापूर्वक सम्पन्न भएकोमा हर्ष व्यक्त गर्दै आयोजक समितिका सबै प्रति आभार प्रकट गरिन्। उनले भनिन्,यसपाली पछिल्लोपालीको तुलनामा धेरै धावकहरूले सहभागिता जनाएका थिए जुन खुसीको कुरा हो। उनले भनिन्, यो म्याराथनमा सिक्किमका स्थानीय युवा धावकहरूको उत्साह सबैभन्दा सराहनिय रहेको छ।

विश्वभरि केनियन धावकहरूको बोलाबाला रहेको बेला स्थानीय धावकहरू विजयी हुनु भनेको हाम्रा युवाहरूले विश्वस्तरको धावकहरूसित प्रतिस्पर्धा गरेर अघि बढ्न सक्ने सम्भावनालाई उदाहरणको रूपमा प्रस्तुत गरेको बताइन। यसैगरि आउँदो वर्षमा अझ वृहत्त स्तरमा आयोजन गर्ने तथा यसपाली जति पनि अन्तरराष्ट्रिय धावकहरू भेला भए आगामी दिनहरूमा यसको संख्यामा बढोत्तरी हूने र सहासीक खेल र पर्यटनको नाममा योकसुमको अर्को विशेषता कञ्चनजङ्घा म्याराथन हुने उनवे विश्वास व्यक्त गरिन्।

पहिलो पल्ट विदेशी केनियाली धावकहरूले सहभागिता जनाएको यो म्याराथनको सोच अत्यन्तै राम्रो र विश्वस्तरको रहेको केनियाली धावक मेथ्यु किलब्लागेत केबित (Methew Kilblaget Kibet) ले बताए। उनले केनियाको पहाड़ी क्षेत्रमा अब गएर यसैप्रकारको म्याराथनको अभ्यास गर्ने तथा आउँदो वर्ष आफ्नो अन्य धावक साथीहरूसित अझ धेरै संख्यामा सहभागिता जनाउने बताए।


धवाकहरू

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन