क्रामाकपा जाने 24 को संसद मार्चः ‘गोली पनि लाग्न सक्छ पर्वाह गर्दैनौं’-गोविन्द छेत्री

दार्जीलिङः क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टीले गोर्खाल्याण्ड संयुक्त सङ्घर्ष समितिले दिल्लीमा आयोजना गरेको संसद मार्चमा अंशग्रहण गर्ने भएको छ। 24 नोभेम्बरको दिन जिएसएसएसले दिल्लीमा 29 वटा राज्यका गोर्खाहरूको महाभेलाबीच संसद मार्च गर्ने भएको छ। यसैको लागि जिएसएसएसले विभिन्न राजनैतिक, सामाजिक, सांस्कृतिक, साहित्यिक सङ्घसंस्थाहरूलाई संसद मार्चमा अंशग्रहण गर्न निम्तो गर्दै पत्राचार गरिरहेको छ।

क्रामाकपाले पनि जिएसएसएसको निम्तो पाएको छ। आज क्रामाकपा प्रवक्ता गोविन्द छेत्रीले संसद मार्चमा क्रामाकपाका 50 भन्दा अधिक कार्यकर्ताहरूले अंशग्रहण गर्ने बताएका छन्।

‘20 नोभेम्बरको दिन क्रामाकपाका सदस्यहरू दिल्ली प्रास्थान गर्नेछन्,’ छेत्रीले खबरम्यागजिनसित भने, यो मार्च नितान्तै संवेदनशील कार्यक्रम हो,  यस दिन गोर्खाहरूमाथि लाठी चार्ज पनि हुनसक्छ, गोली पनि ठोक्न सक्छ, तर हामी यसको पर्वाह गर्दैनौं।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन