नि:शुल्क कम्प्युटर शिक्षा

सञ्जय निरौला /बिजनबारी: ‘प्राविधिक शिक्षा आजको आवश्यकता’-भन्ने मुल मन्त्रलाई आत्मसात गर्दै युवा तथा खेलकुद मन्त्रालय नेहरू युवा केन्द्रको प्रायोजनमा आजदेखि रेलिङ ग्राम पञ्चायत लामा गाउँको सामाजिक संस्था लामागाउँ वेल्फेयर एसोसिएसनमा 90 दिने निःशुल्क कम्प्यूटर कोर्सको शुरुआत गरियो।

नेहरू युवा केन्द्रका भोलेन्टियर सदस्य सन्दिप लिम्बुको विशेष उपस्थितमा भएको कार्यक्रममा संस्थाका युवा बेरोजगार सदस्यहरूको विशेष उपस्थिति थियो। नेहरू युवा केन्द्रको महत्त्वाकांक्षी कार्यक्रम अन्तर्गत युवाहरूलाई प्राविधिक शिक्षा दिने कार्यक्रम अनुरूप यो कार्यक्रम शुरु गरिएको हो।

उक्त निःशुल्क प्रशिक्षणको निम्ति चाहिने कम्प्यूटर मेसिन स्थानीय विद्यालय माउन्ट कार्मोन एकाडेमीले उपलब्ध गराएको हो। तीन महिनासम्म चल्ने उक्त बेसिक कोर्सको निम्ति स्थानीय अभिषेक थापालाई शिक्षकको रूपमा नियुक्त गरिएको छ भने तीन महिनापछि मान्यताप्राप्त प्रमाण-पत्र समेत उपलब्ध गराउने भोलेन्टियर सदस्य सन्दीप लिम्बुले बताएका छन भने पहिलो चरणमा लगभग 40 जनाले उक्त सुविधाको फाइदा लिने सस्थाका सचीव शरद लिम्बुले बताएका छन।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन