मानव उत्थान सेवा समितिको आयोजनामा सद्भावना सम्मेलन

सञ्जय निरौला /बिजनबारी: मानव उत्थान सेवा समिति बिजनबारी तहसिल अन्तर्गत नोर शाखाको तत्वावधानमा स्थानीय सुरमान गाउँमा आज सद्भावना सत्संग समारोह भव्यताकासाथ सम्पन्न गरियो। तहसिल प्रभारी सन्तमहात्मा कञ्चन बाईजी, सहयोगी रञ्जना बाईजी र ललिता बाईजीको उपस्थितिमा सम्पन्न कार्यक्रममा विभिन्न शाखाहरूका प्रेमी भक्तहरु तथा स्थानीय मानिसहरूको बाक्लो उपस्थिति रहेको थियो। मानव सेवा दलका टोली नायक सकिल हिङमाङको नेतृत्वमा गार्ड अफ अनर गरिएपछि युवा प्रकोष्टका किस्मत लिम्बु अनि साथीहरूद्वारा च्याब्रुङ नाँच तथा बालसभाका नानीहरूद्वारा राष्ट्रिय र अध्यात्मिक भजनहरू प्रस्तुत गरियो।

कार्यक्रममा तहसिल सचिव दिनेश सुब्बा, महात्मा ललिता बाईजी, रञ्जना बाईजी, कञ्चन बाईजीद्वारा प्रवचनहरू प्रस्तुत गरिएको थियो। आफ्ना प्रवचनमा उनीहरूले ‘धर्म परिवर्तन होइन मन परिवर्तन गर्नपर्छ। जातीय संस्कृति र अध्यात्मिक ज्ञानको जगेरा गर्नु हाम्रो परम कर्तव्य हो। शान्ति सद्भावना र परस्पर मित्रता नै मानवको वास्तविक गुणहरू हुन र यसको विकास गर्दै आत्म ज्ञानप्रति प्रेरित गर्नुपर्ने’-जस्ता विचारहरू पोखेका थिए।

आगामी 8 नोभेम्बर परम संत श्री हंसजी महाराजजीको जन्म जयन्तीलाई केन्द्र गर्दै आयोजना गरिएको कार्यक्रममा उनको महत्त्व र मानव समाजको उत्थानमा दिएको उनको योगदालाई पनि स्मरण गरियो।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन