युवाहरूमा खेलप्रति प्रोत्साहन जगाउँदै भलिबल टुर्नामेन्ट

 रिम परिचित/ लप्चु /दसमाइल: 7 नोभेम्बर


वर्तमानमा युवाहरुको ध्यान खेलकुददेखि हटेर मोबाइल फोनमा निहित विविध प्रकारका खेलहरुमा अल्झिएको छ। ती युवाहरु जो खेलकुदमा इच्छ राख्दछ्न् उनीहरूको खेलकुदप्रतिको चाहनालाई प्रोत्साहन दिँदै दस माइलका खेलप्रेमीहरूले तारा युथ क्लबको व्यानरमा भलिबल टुर्नामेन्टको आयोजना गरिएको आयोजक समितिको पक्षमा अमर जैनले जानकारी गराएका छन्।

युवाहरुलाई प्रोत्साहित गर्दै आयोजन गरिएको उक्त भलिबल टुर्नामेन्ट्को सेमिफाईनल गत ४ नोभेम्बर खेलिएको थियो। उक्त सेमिफाइनल कोलबुङ बनाम लप्चु चियाबारी माझ सम्पन्न भएको थियो जसमा कोलबुङ बिजय बनेको थियो। ५ नोभेम्बर अर्को सेमी फाइनल खेल दसमाइल बनाम लप्चु माझ भयो जसमा लप्चु बिजयी बन्यो।

दस माइल बजारमा बीस बर्षपछि भलिबल टुर्नामेन्टको आयोजनले स्थानीयहरूमा खुसीको लहर छाएको देखिएको थियो भने युवाहरुमा अझ भलिबल खेलप्रतिको उत्साहलाई आयोजक समितिले गम्भीरतासित मनन गरेको बताउँदै युवाहरुको उक्त पहलको प्रशंसा पनि गरेको अमर जैनले जनाएका छन्।

आयोजक समितिको प्रमुख संरक्षकको रुपमा वाङ्दी डुक्पा, अमर जैन, मनि गुरुङ, अजित वाईबा अनि भुपेन छेत्री आदि रहेका छन् भने ती सेमी फाइनलमा विजयी दलहरु कोल्बुङ अनि लप्चु चियाबारी आगामी १२ नोभेम्बर सम्पन्न हुने फाइनल खेलमा भिड्ने छन् । अमर जैनले अझ जनाए अनुसार टुर्नामेन्टका विजय अनि उपविजयी दलहरुलाई नगद राशी रु० १००००/- अनि ५०००/- संगै पारितोषिक प्रदान गरिनेछ।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन