कुनै पनि हालतमा चुनाउ जित्न चाहन्छ तृणमूल

विज्ञापन

मन्त्रीहरुको पहाड़ आगमन जारी


  • मोहन लामा, दार्जीलिङ/ 2 मई/2017

तृणमूल कंग्रेसका शीर्षस्थ नेतृत्वको निर्देशलाई कुनै पनि हालतमा सफल बनाउनको लागिनै दार्जीलिङमा राज्यका पर्यटन मन्त्री गौतम देवले लगभग 10 दिन अड्डा जमाएर बस्ने हिसाबले आज दार्जीलिङ आइसकेका छन् भने राज्यका उत्तर बंगाल विकास विभागीय मन्त्री रवीन्द्रनाथ घोषले आज मात्रै आफ्नो खरसाङ नगरपालिका क्षेत्रमा चुनाउ प्रचार आदिको जिम्मा सिलगढ़ी नगरनिगमका पार्षद नान्टु पालको काँधमा छोड़ेर गएका छन्।


 

दार्जीलिङ पहाड़को नगरपालिका चुनाउमा आफ्नो जीत निश्‍चित गर्न तृणमूल कंग्रेसले कुनै कसर बाँकी राख्न चाहँदैन। यसैले दार्जीलिङ नगरपालिका चुनाउलाई केन्द्र गरेर पहाड़का चारैवटा क्षेत्र क्रमशः दार्जीलिङ, खरसाङ, कालेबुङ अनि मिरिकमा राज्य
का मन्त्री एवं तृणमूल कंग्रेसका शीर्ष नेतृत्वहरुलेनै अड्डा जमाएर बस्ने निधो गरेका छन्।

तृणमूल कंग्रेसका शीर्षस्थ नेतृत्वको निर्देशलाई कुनै पनि हालतमा सफल बनाउनको लागिनै दार्जीलिङमा राज्यका पर्यटन मन्त्री गौतम देवले लगभग 10 दिन अड्डा जमाएर बस्ने हिसाबले आज दार्जीलिङ आइसकेका छन् भने राज्यका उत्तर बंगाल विकास विभागीय मन्त्री रवीन्द्रनाथ घोषले आज मात्रै आफ्नो खरसाङ नगरपालिका क्षेत्रमा चुनाउ प्रचार आदिको जिम्मा सिलगढ़ी नगरनिगमका पार्षद नान्टु पालको काँधमा छोड़ेर गएका छन्।तृणमूल कंग्रेसले विशेष दार्जीलिङ र खरसाङ नगरपालिका क्षेत्रलाई प्रमुखता दिइरहेको स्पष्ट छ। किनभने, तृणमूल कंग्रेस कालेबुङ र मिरिक नगरपालिकामा आफ्नै बोर्डको गठन हुन्छ भन्ने विषयमा आशावादी छ।

राज्य सरकारले कालेबुङलाई पूर्ण जिल्ला अनि मिरिकलाई महकुमाको दर्जा दिएपछि यी दुवै नगरपालिकामा आफ्नो बोर्ड गठन हुन्छ भन्ने विषयमा आशावादी छ।यसै क्रममा आज दार्जीलिङ आइपुगेका राज्यका पर्यटन मन्त्री गौतम देवले यहाँको रेलवे स्टेशनबाट निकालिएको जुलूसमा सहभागिता जनाएका थिए भने उक्त जुलूसले नगरपालिका क्षेत्रअन्तर्गत पर्ने शहरका केही वार्डहरुको पनि परिक्रमा गरेको थियो। जसमा मन्त्री देवले जनताअघि नमस्ते गर्दै दार्जीलिङ नगरपालिका क्षेत्रमा यसपालि परिवर्तन ल्याउने अपील गरे। उनले यसपालि दार्जीलिङ पहाड़का चारैवटा नगरपालिकामा तृणमूल कंग्रेसलेनै बोर्ड गठन गर्ने दावी गर्दै भने-दार्जीलिङ पहाड़का नगरपालिका क्षेत्रका जनताले परिवर्तन चाहेका छन्, यसैले तृणमूल कंग्रेसले यस चुनाउमा परिवर्तनलाई पनि चुनावी मुद्दा बनाएको छ।

स्मरण गराइन्छ, राज्यका पर्यटन मन्त्री गौतम देवले आगामी 12 मईसम्म दार्जीलिङमा अड्डा जमाउने भएका छन् भने यस क्रममा उनले दार्जीलिङका अन्य वार्डहरुको पनि भ्रमण गर्ने योजना बनाएका छन्। उनले भने-दार्जीलिङ पहाड़लाई राज्यकी मुख्यमन्त्रीले धेरै माया गर्छिन्, यसैले 6 वर्षको कार्यकालमा राज्यकी मुख्यमन्त्री ममता व्यानर्जी 50 पल्टभन्दा अधिक दार्जीलिङ पहाड़ आइसकेकी छन्। यहाँका विभिन्न जात-गोष्ठीको विकास अनि उनीहरुको अर्थनीतिलाई विकास गर्ने उद्देश्य राखेरनै मुख्यमन्त्रीको निर्देशमा धेरैवटा विकास बोर्डहरुको गठन गरियो। जसले यी जात-गोष्ठीहरुको विकास भइरहेको छ, जुन कार्य राज्यमा अर्को पार्टीको सरकार रहँदा कहिले भएको थिएन। गोर्खा जनमुक्ति मोर्चाले यस चुनाउमा गोर्खाल्यान्ड बनाम बंगालको नारालाई तीव्र पारेको छ भन्ने प्रश्‍नको उत्तर दिंदै देवले भने-गोजमुमोले केवल चुनाउको समय मात्रै गोर्खाल्यान्डको कुरा उठाउँछ।

गोजमुमोको यो नीति पहाड़का जनताले बुझिसकेका छन्। यसैले यसपालि पहाड़का जनताले गोजमुमोको ढाँटको राजनीतिको जवाब दिनेछन्। यसरीनै तृणमूल कंग्रेसका युवा एकाईका अध्यक्ष अभिषेक व्यानर्जी, राज्यका पीडब्लुडी मन्त्री अरूप विश्‍वास, राज्यका नगरपालिका मन्त्री फिरहाद हाकिम आदिले पनि आगामी 6 मईको दिन दार्जीलिङ र खरसाङमा नगरपालिका चुनाउमा खड़ा भएका आफ्ना उम्मेद्वारहरुको पक्षमा प्रचार गर्ने भएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया