सिक्किम-दार्जीलिङ एकीकरणको निम्ति राष्ट्रिय सहमति जुटाउँदैछौँ-गोराक

कालेबुङ: गोर्खा राष्ट्रिय कङ्ग्रेसले सिक्किम-दार्जीलिङ एकीकरणको निम्ति दिल्लीमा विभिन्न नेतृत्वहरूसित भेटघाट गरेको छ। 26 अक्टोबरका दिन दिल्ली गएर देशका गृहमन्त्री लगायत विभिन्न राजनैतिक दलहरूसित भेटघाट गरी सिक्किम-दार्जीलिङ एकीकरणबारे बुझाएको दलका कार्यकारी अध्यक्ष अकोश कुमार लेप्चाले बताए।

कालेबुङमा एउटा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले जनाए अनुसार गोराकको एउटा डिलेगसन गत 26 अक्टोबरका दिन दिल्ली गएको थियो। उक्त टोलीले गृहमन्त्री राजनाथ सिंह साथै किरण रिजिजु, एलके आडवानी, सिताराम येचुरी लगायत विभिन्न राजनैतिक दलका 18 जना केन्द्रिय नेतृत्वहरूसित भेटघाट गरी एकिकरणबारे बुझाएको उनले बताए।

‘गोर्खा राष्ट्रिय कङ्ग्रेसले सिक्किम-दार्जीलिङ एकिकरणको निम्ति राष्ट्रिय सहमति जुटाउने काम गर्दैछ, गोराक कार्यकारी अध्यक्ष अशोक कुमार लेप्चाले भने, ‘सिक्किम-दार्जीलिङ एकीकरण भए मात्र यो क्षेत्रको समस्या समाधान भएर जान्छ।’

उनले एकिकरण व्यवहारिक माग रहेको बताउँदै गोर्खाल्याण्ड भावनात्मक माग रहेको बताए। यसैले भावनात्मक मागमा अझ कैयौँ वर्ष बिताउनुको साटो व्यवहारिक माग गर्न जरूरी रहेको बताए। अर्कोतिर उनले सिक्किमले गरिरहेको विरोध पनि केवल कुर्सीको निम्ति गरिएको आधारहिन विरोध मात्र रहेको बताए।
यसरी नै गोराकका सचिव अमल लक्षमले गोर्खाल्याण्डको बाटो साह्रो रहेको कारण नै गोराकले एकिकरणको बाटो रोजेको बताए। यसका निम्ति जनतालाई समेत बुझाएको भन्दै जनसमर्थन पाएको खण्डमा यो मागको निम्ति केन्द्र सरकार समेत सकारात्मक रहेको बताए।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन