मिरिक झील सफा गर्दै नगरपालिका

मिरिकः हाल १५ जना युवाहरूले मिरिक झील परिसरमा भएको झार जङगललाई फाँडेर सफाई  गर्ने कार्य भइरहेको छ। मिरिक पर्यटन केन्द्रको संरक्षण अनि झील परिसरलाई सफा राख्ने उद्देश्यले सफाई  अभियान थालिएको बताएको  छ।

मिरिक पर्यटन केन्द्रलाई सुन्दर र व्यवस्थित बनाँउनकोलागि मिरिक नगरपालिकाले ठूलो योजना तयार परेको अनि राज्य सरकारले यसकोलागि नगरपालिकालाई पर्याप्त धन पनि उपलब्ध  गराइरहेको बताइएको छ। यस्तोमा चाँडै  मिरिक पर्यटन केन्द्र सुन्दरीकरणको कार्य थालिने अनि आगमी अप्रेल महिनासम्म  यसको उद्घाटन गर्ने लक्ष्य नगरपालिकाको रहेको छ।

नगरपालिका अध्यक्ष  एलबी राईले मिरिकलाई पहाडको सबैभन्दा राम्रो पर्यटन स्थल बनाउने सोच राखेर सुन्दरीकारणको कार्य गरिने अनि यहाँ धेरै भन्दा धेरै पर्यटकहरूलाई भित्राएर पर्यटन उद्योगलाई विकसित गरि बेरोजगारहरूलाई रोजगारको पर्याप्त अवसर प्रदान गरिनेछ बताएका छन्।

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन