कोइरीबाट गिटी-बालुवा उठाउनमा जिल्ला प्रशासनले लगायो प्रतिबन्धः सैयौँ गाडी चालक, मालिक र श्रमिकहरू विचल्नीमा

????????????????????????????????????

प्रज्ज्वल छेत्री
कालेबुङ: कालेबुङ जिल्ला प्रशासनले कोइरीबाट ढुङ्गा, बालुवा, गिटी आदि उठाउनमा प्रतिबन्ध लगाएको छ। गिटी-बालुवा उठाउने चालकहरूसित चलान (ट्रान्जिट पर्मिट) नरहेको कारण यसलाई अवैध ठहर गर्दै प्रशासनले प्रतिबन्ध लगाएको छ। केही दिनअघि अवैध रूपमा गिटी बालुवा उठाएको कारण पुलिसले 4 जना चालकहरूलाई पक्राउ समेत गरिसकेको छ। विशेष गरी जीटीएको सिचाई विभागद्वारा उनीहरूलाई चलान दिइने गरिन्थ्यो। हालमा सिचाई विभागले चलान दिन बन्द गरेपछि गिटी बालुवा उठाउने चालकहरू विरूद्ध कार्यवाही गर्न थालिएको हो।

‘गिटी बालुवा उठाउनमा प्रतिबन्ध लगाउन कुनै पनि नोटिस् जारी गरिएको छैन। उनीहरूसित चलान छ भने प्रशासनले रोक्दैन। उनीहरूसित चलान छैन भने त्यो अवैध हो’-कालेबुङ जिल्लापाल डा. विश्वनाथले भने, ‘चलान विषय जीटीएले देखरेख गर्नुपर्ने हो।’
जिल्ला प्रशासनले चलान नभएको कारण नै उनीहरूलाई कार्यवाही गरेको बताएको छ। यता चालकहरूलाई सिचाई विभागले चलान दिन बन्द गरिदिएको छ। चलान नै नभएपछि अहिले उनीहरूले आफ्नो गाडी बन्द राखेर व्यवसाय नै अचल राख्न बाध्य छन्। जिल्ला प्रशासनको कार्यवाहीको कारण ट्रक चालकहरू समस्यामा छन्।

‘अचानक प्रशासनिक चाप हुँदा हाम्रो व्यवसाय ठप्प भइसकेको छ, हामीले सरकारलाई कर दिइरहेका थियौँ, हामी पनि अवैध काम गर्न चाहँदैनौँ’-कालेबुङ हिल ट्रक सङ्गठनका सचिव कुसाङ घिसिङले भने, ‘कसरी हुन्छ सबन्धित विभागहरूद्वारा चलान दियाजावोस्।’
उनका अनुसार सङ्गठनसित 410 जना चालक अनि मालिकहरू आबद्ध छन्। यसबाहेक धेरै कोइरी मजदुरहरू छन्। अहिले उनीहरू सबैको पेट मार्ने काम भइरहेको उनले बताए।

अर्कोतिर कालेबुङ ट्क कर्मचारी सङ्गठन(मेनलाइन) ले पनि गिटी-बालुवा उठाउनमा प्रतिबन्ध लगाएकोमा आफूहरू प्रभावित बनिरहेको भन्दै प्रशासनले चाँडै चलान दिनपर्ने माग गरेको छ।
सिचाई विभागको एउटा स्रोतले जनाए अनुसार दार्जीलिङ पहाडमा जतिपनि खननको कामहरू भइरहेको छ त्यसलाई ग्रीन ट्रिब्यूनलले अवैध ठहर गरेको छ। अवैध खननको कामले पहाडको अस्तिव सङ्कटमा हुन्छ भन्ने ग्रीन ट्रिब्यूनलको दावी छ। सिचाइ विभागलाई न्यायलयबाट नोटिस आएपछि नै गत मार्च महिनादेखि विभागले चलान दिन बन्द गरेको सिचाई विभागको स्रोतले जनाएको छ।
उक्त स्रोतले भनेको छ, ‘जीटीएले पनि चलान इस्यू नगर्नु भनेर नोटिस् जारी गरेको छ।’

सक्दो सेयर गर्नुहोस्-

फेसबुकबाट तपाईको प्रतिक्रिया

प्रतिक्रिया

रसिलो, स्वादिलो गुन्द्रुकको निम्ति सम्पर्क गर्नुहोस 👇 [email protected] +919563441432

आजका समाचारहरू

विज्ञापन