कालेबुङ

मोर्चाको साङ्गठिक गतिविधि तीब्र: 35 नम्बर समष्टिका नारी अनि युवा मोर्चाको को-अर्डिनेसन कमिटी गठन

कालेबुङ, 17 मार्च: कालेबुङ जिल्लाको 35 नम्बर समष्टिका पार्टी कार्यकर्ताहरूलाई लिएर गोजमुमोको साङ्गठनिक सभा सम्पन्न भयो। स्थानीय दलीय कार्यालयमा सम्पन्न सभाअवधि  21-21 जनाको नारी अनि युवा मोर्चाको को-अर्डिनेसन कमिटी गठन गरियो। विशेष गरी आगामी लोकसभा […]

कालेबुङ

गोरामुमोको साङ्गठनिक गतिनिधि तीब्र

कालेबुङ, 16 मार्च:  लोकसभा चुनाउलाई केन्द्र गर्दै गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले साङ्गठनिक गतिविधि तीब्र पारिरहेको छ। दलका अध्यक्ष मन घिसिङको निर्देशमा आज गोरामुमो कालेबुङ कार्यकारिणी समितिले गोरामुमो युवा एकाई र नारी एकाईँबाट  प्रतिनिधिहरू चयन गरेको […]

कालेबुङ

कालेबुङ जिल्लाबाट 2 हजार 47 जनाले उच्च माध्यमिक परीक्षा दिँदै

कालेबुङ, 26 फरवरी। आजेदखि पश्चिम बङ्गालभरि उच्च माध्यमिक परीक्षा शुरू भएको छ। यता कालेबुङ जिल्लाबाट 2 हजार 47 जना परीक्षार्थीहरूले परीक्षा दिइरहेका छन्। जसमा 985 जना छात्रहरू छन् भने 1062 जना छात्राहरू रहेका छन्। यहाँको […]

कालेबुङ

दरामदिनको ‘गजल साँझ’-मा गुञ्जिए अनिल

सिक्किम, 25 फरवरी। सानैदेखि भजन अनि गीत गायनमा आफ्नो अलग्गै स्थान बनाइसकेका अनिल प्रधानले आइतबार साँझ प्रस्तुत गरेको गजल गायनले सिक्किमको दरामदिन गजलमय बन्यो। दरामदिन निवासी अनिल प्रधानले यस अघिसम्म गीत अनि भजनहरू प्रस्तुत गर्दै […]

कालेबुङ

गीति एल्बम ‘म कान्छी’-को विमोचन

कालेबुङ, 25 फरवरी। स्थानीय कलाकार डोल्मा तामाङको पहिलो गीति एल्बम ‘म कान्छी’-को आज विमोचन भयो। 8 वटा गीतहरू रहेको उक्त नेपाली एल्बम आज यहाँको मानेलाखाङमा एउटा कार्यक्रमको आयोजना गरेर सार्वजनिक गरिएको हो। सुपरिचित सङ्गीतकार मधुसुदन […]

कालेबुङ

कलाकारहरूलाई सरकारको प्रकल्प बुझाउँदै कार्यशाला

कालेबुङ, 25 फरवरी। पश्चिम बङ्गाल सूचना एवं सांस्कृतिक विभाग अन्तर्गत लोक प्रसार प्रकल्पका कलाकारहरूलाई लिएर आज यहाँको टाउन हलमा एकदिने कार्यशाला सम्पन्न भयो। विशेष गरी लोक प्रसार प्रकल्प अन्तर्गतका कलाकारहरूले गाउँ-बस्तीहरूमा गएर कलाका माध्यमद्वारा सरकारका […]

कालेबुङ

कुखुरा पालनमा प्रशिक्षण

कालेबुङ, 25 फरवरी। कालेबुङ कृषक कल्याण सङ्गठनले कुखुरा पालनमाथि 6 दिने प्रशिक्षण शुरू गरेको छ। व्यावसायिक रूपमा कुखुरा पालन गर्न सके कृषकहरूका निम्ति यो रोजगारको राम्रो माध्यम हुनसक्ने भन्दै सङ्गठनले उनीहरूलाई तालिम प्रदान गरेको हो। […]

कालेबुङ

पारू राई बनिन् मम्मिज ट्यालेन्ट हन्टका विजेता

कालेबुङ, 16 फरवरी। आई लभ कालेबुङद्वारा आयोजित मम्मिज ट्यालेन्ट हन्टका विजेता गैरीबासकी पारू राई बनिन्। उनले आफ्नो जितमा खुशी व्यक्त गर्दै आमाहरू केवल चुल्हा चौकाको निम्ति मात्र होइन, आमाहरूमा पनि विभिन्न प्रतिभाहरू हुन्छन् जसलाई मञ्चको […]

कालेबुङ

मार्था फोनिङलाई लोरियल इण्डियन हेयर ड्रेसिङ अवार्ड

कालेबुङ, 16 फरवरी। दलगाउँकी मार्था फोनिङले लोरियल इण्डियन हेयर ड्रेसिङ अवार्ड प्राप्त गरेकी छन्। लोरियल इण्डियन हेयर ड्रेसिङ अवार्ड 2018-19 को ब्यानरमा कोलकातामा आयोजित इष्ट रिजनका निम्ति विजेता बनेकी फोनिङ टेक्निकल राउण्ड मुम्बईमा पनि विजेता […]

कालेबुङ

महिलाहरूलाई उद्यमी बन्न प्रेरित गर्दै मणि ट्रस्ट: प्रिमताममा 28 औँ हातेतान प्रशिक्षण केन्द्रको उद्घाटन

कालेबुङ, 15 फरवरी: ग्रामीण स्तरका महिलाहरूलाई उद्यमी बन्न प्रेरित गर्दै कालेबुङ खण्ड-1 को प्रिमताममा हातेतान प्रशिक्षण केन्द्र आरम्भ भएको छ। कालेबुङको सामाजिक संस्था मणि ट्रस्टले पश्चिम बङ्गाल खादी  एवं ग्रामीण उद्योग बोर्डको सहयोगमा केन्द्र सञ्चालनमा […]

कालेबुङ

ममता ब्यानर्जीको समर्थनमा विकास बोर्डहरूले निकाल्यो ऱ्याली: भन्यो, ‘देश, संविधान र लोकतन्त्र बचाउने निर्णयलाई हाम्रो समर्थन’

कालेबुङ, 13 फरवरी:  पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जीको समर्थनमा आज कालेबुङमा सबै जातीय विकास बोर्डहरूले संयुक्त रूपमा ऱ्याली निकालेको छ। एकातिर केन्द्र सरकारविरूद्ध ममता ब्यानर्जीले दिल्लीमा धरणा दिन गइरहेकी छन् भने अर्कोतिर यता पहाडमा जातीय […]

कालेबुङ

सरकारी जमीन किनबेचको कुरा कोर्टमा प्रमाणित गर्न तयार छौँ-सुन्दास

कालेबुङ, 12 फरवरी: कालेबुङमा सरकारी जमीन किनबेच भइरहेको आरोप लगाउँदै माकपा नेता तारा सुन्दासले भूमि सुधार अधिकारी र नगरपालिकामा पत्रचार गरेपनि जवाब नआएको बताएका छन्। उनले सरकारले भेष्ट गरेको जमीन किनबेच भइरहेको सन्दर्भमा जानकारी लिन चाहेको […]

कालेबुङ

माध्यमिक परीक्षा आरम्भ: कालेबुङ जिल्लाबाट 2 हजार 71 जना विदयार्थीहरू परीक्षा दिँदै

कालेबुङ, 12 फरवरी: आजेदेखि पश्चिम बङ्गालभरि नै माध्यमिक परीक्षा शुरू भएको छ। कालेबुङ जिल्लाबाट मोठ 2 हजार 71 जना विदयार्थीहरूले परीक्षा दिइरहेका छन्। जिल्लाभरिमा मोठ 10 वटा केन्द्रमा परीक्षा सम्पन्न भइरहेको छ। आज पहिलो दिन […]

कालेबुङ

कालेबुङ जिल्ला अस्पतालमा शुरू भयो एमआरआई र सिटी सक्यान सेवा

कालेबुङ, 11 फरवरी: कालेबुङ जिल्ला अस्पतालमा अन्तत: सीटी सक्यान र एमआरआई मसिन सञ्चालनमा आएको छ। करोडौँ रुपियाँका लगानीमा ल्याएका यि मसिनहरू एक वर्षभन्दा अघिदेखि कालेबुङ जिल्ला अस्पतालमा उपलब्ध भएर पनि सञ्चालनमा आउन सकेको थिएन। गत […]

कालेबुङ

गैरीबास साहित्य मञ्चले मनाउने अरण्य काव्योत्सव

कालेबुङ, 15 जनवरी। आगामी २० जनवरीको दिन नवस्थापित गैरीबास साहित्य मञ्चले धुमधामसित जलढका नदी किनारमा अरण्य काव्योत्सव मनाउने भएको छ। यस दिन कमल रेग्मी, मनोज बोगटी, विदुर छेत्री जस्ता दिग्गज कवि साहित्यकारसँगै स्थानीय सिकारू कलमहरूले […]

कालेबुङ

शहीद जीवन गुरुङप्रति जीटीए अध्यक्षले प्रकट गरे श्रद्धाञ्जली

कालेबुङ, 12 जनवरी। देशको सिमानामा शहीद बनेका जीवन गुरुङप्रति जीटीए अध्यक्ष विनय तामाङले श्रद्धाञ्जली अर्पण गरेका छन्। आज उनले एक प्रेस विज्ञप्ति जारी गर्दै शहीदप्रति श्रद्धाञ्जली साथै परिवारमा समवेदना प्रकट पनि गरेका छन्। जम्मु कश्मिरको […]

कालेबुङ

दुई दिवसीय विवेक चेतना उत्सव 2019 शुरू

कालेबुङ, 11 जनवरी। पश्चिम बङ्गाल सरकारको युवा एवं खेल विभाग तथा कालेबुङ नगरपालिकाको संयुक्त आयोजनामा स्वामी विवेकानन्दको १५६औँ जन्म जयन्तीको अवसर पारेर दुई दिवसीय विवेक चेतना उत्सव 2019 आजदेखि शुरू भएको छ। यसै उत्सवलाई पालन […]

कालेबुङ

गोर्खालीगले डाकेको सर्वदलीय बैठक सम्पन्न

कालेबुङ, 11 जनवरी। वर्तमानको दार्जीलिङ पहाड़को राजनैतिक स्थिति र आगामी लोकसभा चुनाउ विषयमा छलफल गर्न अखिल भारतीय गोर्खालीगले डाकेको सर्वदलीय बैठक आज सम्पन्न भयो। यहाँको श्यामादेवी भवनमा डाकिएको उक्त बैठकमा दार्जीलिङ पहाड़का राजनैतिक दलहरूमध्ये जन आन्दोलन […]

कालेबुङ

बियोङ-पकाङ चर्चको पञ्चम रजत महोत्सव सम्पन्न

कालेबुङ, 29 दिसम्बर: सन् 1893 मा स्थापित गितडाब्लिङ क्षेत्रकै पुरानो चर्चहरूमध्ये एक बियोङ-पकाङ यूसीएनई चर्च स्थापनाको 125 औँ वर्षगाठ पूर्ण भएको छ। यस अवसरमा बियोङ-पकाङ चर्च मण्डलीद्वारा एउटा भव्य समारोहको आयोजना गरी चर्चको पञ्चम रजत […]

कालेबुङ

रेभ. फादर पौल डिसोजालाई अन्तिम बिदाई

कालेबुङ, 29 दिसम्बर: दार्जीलिङ पहाडकै एकजना सुपरिचित शिक्षक एवं पूर्व प्राचार्य रेभ. फादर पौल डिसोजाको अन्तिम संस्कार आज सम्पन्न भयो। सन्त अगस्टिन स्कूल कालेबुङका सुपरिचित पूर्व प्रचार्य एवं वर्तमान सन्त स्टेफन्स एकाडेमी कफेरका कुशल शिक्षक […]

कालेबुङ

जीटीएले शैक्षिक विकासमा उल्लेखनीय कार्य गरिरहेको : भुवन पी. खनाल

कालेबुङ, 25 नोभेम्बर: लथालिङ भएको पहाड़को शिक्षा व्यवस्थालाई सुदृढ़ बनाउन एक वर्षको अन्तरालमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनले उल्लेखनीय कार्य गर्नसकेको दावी गोजमुमो कालेबुङ जिल्ला प्रवक्ता भुवन पी. खनालले गरेका छन्‌। उनी अनुसार सन् 1986 देखि 2017 […]

कालेबुङ

पहाडको भाजपा चाहन्छ भूमिपूत्र उम्मेदवार

कालेबुङ, 23 नोभेम्बर: आगामी लोकसभा चुनाउलाई लिएर दार्जीलिङ पहाडमा राजनैतिक कसरत शुरू भइसकेको छ। यस्तो स्थानीय भारतीय जनता पार्टीका नेतृत्वहरूले हाइकमाण्डलाई लोकसभा चुनाउमा भूमिगत उम्मेदवार दिनपर्ने माग गर्न शुरू गरेको छ। ‘पहाडमा स्थानीय उम्मेवार नै […]

कालेबुङ

तीन दिवसीय एकता नै एकरूपता कार्यक्रम शुरू: सरकारको योजनालाई ठिक समयमा कार्यन्वयन गर्न जिल्ला प्रशासन प्रतिबद्ध

कालेबङ, 23 नोभेम्बर: सूचना एवं सांस्कृतिक विभाग पश्चिम बङ्गाल सरकारद्वारा आजदेखि 3 दिवसीय एकता नै एकरूपता कार्यक्रम सम्पन्न भएको छ। यहाँको टाउनहलमा तीन दिवसीय कार्यक्रमको पहिलो दिन मुख्य अतिथिका रूपमा कालेबुङ जिल्लापाल डा. विश्वनाथ उपस्थित […]

कालेबुङ

कालेबुङ नगरपालिद्वारा शहीद पार्क जीर्णोद्वार गरिँदै

कालेबुङ, 22 नोभेम्बर:  कालेबुङ नगरपालिकाले 11 माईल तोपखानामा अवस्थित शहीद पार्कको जीर्णोद्वार गर्ने भएको छ। 1986 को गोर्खल्याण्ड आन्दोलनका शहीदहरूको सम्झनामा निर्मित शहीद पार्कको वर्षौदेखि मरमत्ति समेत नभएको कारण कालेबुङ नगरपालिकाले ग्रिन सिटी मिसन अन्तर्गत […]

कालेबुङ

एनजेपीमा यात्रीनिवास सुविधाको माग

कालेबुङ, 22 नोभेम्बर:  कालेबुङको एउटा गैरसरकारी संस्था कालेबुङ कृषक कल्याण सङ्गठनले आज केन्द्रिय रेलवे मन्त्रीलाई एउटा पत्रचार गर्दै एनजेपीमा यात्रीनिवास सुविधा हुनपर्ने माग गरेको छ। ‘लाखौँ यात्रीहरू आवज-जावत गर्ने एनजेपीमा यात्रीनिवासको सठिक सुविधा छैन, जबकी […]

कालेबुङ

यातायात र अन्य समस्याहरूको कारण प्रभावित बन्दैछ कफेरको पर्यटन व्यवसाय  

कालेबुङ, 19 नोभेम्बर: कालेबुङ जिल्लाको प्रमुख पर्यकीय स्थलहरूमध्ये एउटा हो-कफेर लोलेगाउँ। जो सिलगढीदेखि 123 किलोमिटर टाडामा अवस्थित छ। प्राकृतिक रूपमा अत्यन्त सुन्दर र मनमोहक रहेको कफेर कालेबुङबाट रेली भएर 30 किलोमिटर टाडामा पर्दछ भने कालेबुङदेखि […]

कालेबुङ

प्रधानमन्त्री आवास योजना अन्तर्गत नगरपालिका क्षेत्रमा 274 वटा घर बनिँदै

कालेबुङ, 2 नोभेम्बर:  प्रधानमन्त्री आवाज योजना अन्तर्गत कालेबुङ नगरपालिका क्षेत्रमा मोठ 274 वटा घर निर्माण गरिने भएको छ। 4 लाख 43 हजार रुपियाँको लागतमा बनिने उक्त घर निर्माण कार्य कालेबुङ नगरपालिकाको पहलमा भइरहेको छ। उक्त […]

कालेबुङ

कालेबुङ जिल्लाबाट पत्रकार निशा र मनोजलाई टाइटन्स अफ् मिडिया अर्वाड: प्रेस क्लबले जनायो सम्मान

कालेबुङ, 5 अक्टोबर:  कालेबुङ जिल्लाबाट उत्कृष्ट पत्रकारका रूपमा निशा छेत्री अनि मनोज राईले टाइटन्स अफ् मिडिया अवार्ड जितेका छन्। राउन्ड टेबल इण्डियाको सहयोगमा सिलगढी जर्नलिस्ट क्लबले बिहिबार सिलगढीको उत्तरकन्यामा आयोजना गरेको समारोहबीच राज्यकी मुख्यमन्त्री ममता […]

कालेबुङ

लोवर सोरेङको सडक सोचनीय अवस्थामा

कालेबुङ,5 अक्टोबर:  दार्जीलिङ जिल्ला अन्तर्गत तकलिङ पेशोक समष्टिको तकलिङ-2 ग्राम पञ्चायतभित्र पर्ने लोवर सोरेङको सडक अत्यन्त जीर्ण अवस्थामा पगिसकेको छ। सोरेङ बरडाँडा फाटकदेखि मुन्तिरको लोवर सोरेङ, 3 ब्लक फरेस्ट बस्ती हुँदै रवि झोडा एचएच-10सम्म लगभग […]

कालेबुङ

सीके प्रधानको 16 औँ पुण्यतीथि: न्याय पाउने आशा मरेको धेरै भयो-डीके प्रधान

कालेबुङ, 3 अक्टोबर: सीके प्रधान हत्याकाण्डको 16 वर्ष बिसितक्दा समेत उनका हत्याराहरू पक्रा पर्न सकेको छैन। यसैले धेरै वर्षअघि नै परिवारले न्याय पाउने आशा मारिसकेका छन्। आज स्व. सीके प्रधानको 16 औँ पुण्यतीथिको अवसरमा उनका […]