दार्जीलिङ

पुरानै ठाउँमा सर्नेछ घूम प्राथमिक पाठशाला

दार्जीलिङ, 30 अगस्त। घूम बाल प्राथमिक पाठशाला भवन पुनः पुरानै स्थानमा सर्ने पक्कापक्की भएपछि पाठशाला सञ्चालन समितिका साथै पाठशालाका सम्पूर्ण शिक्षक-शिक्षिकाले जीटीए अध्यक्ष विनय तामाङलाई धन्यवाद दिएका छन्। सन् 1910 मा घूम उच्चत्तर विद्यालय परिसरमा […]

दार्जीलिङ

अर्थ सङ्ग्रहको अवधि बढ्यो

दार्जीलिङ, 30 अगस्त। गोर्खा जनमुक्ति मोर्चाले केरलाका बाढ पीडितहरूको लागि अर्थ सङ्ग्रह गर्ने अभियानको अवधि अझै केही दिनको लागि बढायो। जसले गत 27 अगस्तदेखि यहाँको चौरस्ता साथै शहरका विभिन्न स्थानहरूमा टेबल राखेर अर्थ सङ्ग्रह गरिरहेको […]

दार्जीलिङ

नेवा सङ्गठनले पालन गऱ्यो क्वाटि उत्सव

दार्जीलिङ, 26 अगस्त। नेवा (प्रधान) कल्याण एसोसिएशन लेबोङ बदमताम समष्टि कमिटीले आज लेबोङ बजारस्थित समाज भवनमा भक्तिपूर्वक क्वाटि पूर्णिमा उत्सव पालन गर्यो। यस अवसरमा सङ्गठनले लाखे नृत्यसहित एक आध्यात्मिक ऱ्यालीको पनि आयोजना गऱ्यो, जसले लेबोङ […]

दार्जीलिङ

गोरामुमोले मनायो बन्बो उत्सव

दार्जीलिङ, 26 अगस्त। आज गुरू पूर्णिमाको अवसरमा दार्जीलिङका सयौं धामी-झाँक्रीहरू गोरामुमोद्वारा सम्मानित भए। सधैँ वर्षसरह यसपालि पनि गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले यहाँको चौरस्तामा बन्बो उत्सव पालन गरिएको थियो। यस अवसरमा दार्जीलिङको रेलवे स्टेशनदेखि सयौं धामी-झाँक्रीहरूले […]

दार्जीलिङ

एससी-एसटी आरक्षण अनि एट्रोसिटी एक्ट : नोभेम्बरमा दार्जीलिङमा राज्य स्तरीय सम्मेलन

दार्जीलिङ, 25 अगस्त। अनुसूचित जाति-जनजातिको आरक्षण व्यवस्था अनि एट्रोसिटी एक्ट हटाउनको लागि केन्द्र सरकारले षढ्यन्त्र गरिरहेको विरोधमा नै डोम परिसङ्घ (दलित, अन्य पछौटेवर्ग अनि अल्पसंख्यक परिसङ्घ)-ले दार्जीलिङमा आगामी नोभेम्बर महीनामा राज्य स्तरीय सम्मेलनको आयोजना गर्ने […]

दार्जीलिङ

न्यूनतम रोजी ऐन लागू नभए महीनैपछि अन्तरिम रोजी बढाउने सरकारको चेताउनी

दार्जीलिङ, 25 अगस्त। अब फेरि चियाबगान मालिकहरूले न्यूनतम रोजी ऐन लागू गर्न समय मागे राज्यले महीनैपछि चियाश्रमिकहरूको रोजीमा अन्तरिम वृद्धि गरिरहने चेताउनी दिएको छ। गत 23 अगस्तको दिन कलकत्तामा भएको मिनिमम वेजेस एड्भाइजरी कमिटीको बैठकमा […]

दार्जीलिङ

स्टेट युनिभर्सिटिको बिल ल्याएकोमा विनय तामाङले गरे हर्ष प्रकट

दार्जीलिङ, 30 जुलाई भोलि 31 जुलाईको पश्चिम बङ्गालको विधानसभामा जिटिएले राखेको माङ्गलाई स्वीकृति दिँदै जीटीए एवं पहाडकोलागि छुट्टै स्टेट युनिभर्सिटिको बिल पेश गरिने भएको विनय तामाङले विज्ञप्ती जारी गरेर बताएका छन्। ‘यो बिल भोलि विधानसभामा […]

दार्जीलिङ

आयो होमस्टेको जमाना

दार्जीलिङ, 30 जुलाई। दार्जीलिङमा आज होमस्टे मालिकहरूले हिमालयन होमस्टे ओनर्स एसोसिएशनको गठन गरे। जसमा दार्जीलिङ पहाड, तराई, डुवर्सका साथै सिक्किमका होमस्टे मालिकहरूलाई पनि सामेल गरिने भएको छ। आज होमस्टे मालिक वा सञ्चालकहरूलाई एकसूत्रमा बाँध्ने उद्देश्य […]

दार्जीलिङ

मुख्यमन्त्रीलाई विनय तामाङको अपिल – ‘सेवक र सुकुना थानालाई सिलगढी कमिश्‍नरेटमा नगाभिदिनुहोस्’

दार्जीलिङ, 30 जुलाई। खरसाङ महकुमाअन्तर्गत पर्ने सेवक र सुकुना थानालाई सिलगढी पुलिस कमिश्‍नरेटमा नगाभेर यसलाई अहिलेकै अवस्थानमा राखिदिने माग गर्दै आज फेरि जीटीए अध्यक्ष विनय तामाङले राज्यकी मुख्यमन्त्री ममता व्यानर्जीसमक्ष स्मारक पठाए। ‘गत 11 जुलाईको […]

दार्जीलिङ

किन मासिँदैछ मेडिसनल अर्किड?

सजन शर्मा, पोख्रेबुङ, 30 जुलाई सञ्जीवनी स्वनिरभर समूह राङभाङ बालसन अञ्चलको तत्वाधानमा तथा जीपीएसकेयुएस बीडीपी पोख्रेबुङ अनि आमा समूहको विशेष सहयोगमा औषधीय वनस्पति स्टेभिया, जटामसी ,चिरौतो तथा मेडिसनल अर्किडको संरक्षण उपयोगिता साथै व्यवसायमाथि एकदिने कार्यशाला […]

दार्जीलिङ

शहिदलाई लिएर राजनीति गर्ने दललाई विनय तामाङले दिए चेतावनी : भने- ‘कसैलाई शहिद नबनाई बासभूमि बनाउँछौँ’

दार्जीलिङ, 28 जुलाई शहिदलाई श्रद्धाञ्जली दिन आउने सबैप्रति आभार व्यक्त गरेका छन्। निम्तो स्वीकारेर बोलाएको कार्यक्रममा आउने शहिदका परिवारप्रति पनि उनले आभार प्रकट गरेका छन्। शहिद दिवसमा विदा गरेकोमा सरकारी- गैर-सरकारी शैक्षिक संस्थान एवं कार्यालयहरूलाई […]

दार्जीलिङ

शहिदहरूलाई लिएर गोर्खा जनमुक्ति मोर्चाले चलचित्र निर्माण गर्ने

दार्जीलिङ, 27 जुलाई। 392 दिनपछि आम जनताको लागि खोलिएको गोर्खा रङ्गमञ्च भवन परिसरमा आयोजना गरिएको शहिद दिवस समारोहलाई सम्बोधन गर्दै जिटिए बिओए विनय तामाङले गोर्खाल्यान्ड आन्दोलनका सम्पूर्ण शहिद परिवारका एक-एकजना सदस्यलाई काम दिने आश्वासन दिए। […]

दार्जीलिङ

एक्टिङ गर्नेले यहाँ शहिद दिवस पालन गर्ने अनुमति पाउँछ, तर साँचो मनले शहिदहरूलाई श्रद्धाञ्जलि अर्पण गर्नेलाई अनुमतिनै दिइँदैन : मन घिसिङ

दार्जीलिङ, 27 जुलाई। गोरामुमोले सोनादामा शहिद दिवस पालन गर्ने अनुमति पाएन। तर गोर्जमुमोले भने अनुमति पायो। यसैबीच गोजमुमोको शहिद दिवस समारोहलाई गोरामुमोले केवल एक्टिङको संज्ञा दियो। ‘एक्टिङ गर्नेले यहाँ शहिद दिवस पालन गर्ने अनुमति पाउँछ, […]

Breaking News

गोरामुमोको शहिद दिवसमा उर्लियो जनसमुद्र ( फोटो फिचर)

बङ्गाल सरकारले गोर्खा राष्ट्रीय मुक्ति मोर्चालाई सोनादामा शहिद दिवस पालन गर्ने अनुमति दिएन। यद्धपि गोरामुमोले गोरामुमो केन्द्रिय कार्यालय दार्जीलिङ ( डा. जाकिर हुसेन रोड) मा नै ३३ औं गोर्खा शहीद दिवस पालन गऱ्यो। जहाँ गोरामुमो […]

दार्जीलिङ

देशी पहलद्वारा नेत्र जाँच शिविर

रिम परिचित, पेशोक-लप्चु, २६ जुलाई तक्दाह क्यान्टोमेन्ट्का एक गैरसरकारी संस्था देशी पहलको पहलमा नि:शुल्क नेत्र जाँच शिविर सम्पन्न गरियो। वर्ष २०१४ देखि आफ्नो कार्य सञ्चालन गर्दै आएको देशी पहलले धेरै यस्ता सामाजिक कार्यहरु गर्दै आएको […]

दार्जीलिङ

भिजन एडुकेशनद्वारा विद्यार्थीहरूलाई सम्मान : विनय तामाङले गरे 17 लाख रूपियाँको लागतमा निर्माण भएको अतिरिक्त श्रेणी कोठाको उद्घाटन

दार्जीलिङ, 26 जुलाई। भिजन एडुकेशनले 3 वर्षदेखि सिंहमारी-तकभर क्षेत्रका हस्तीहरूलाई चिनाउनका साथै यस क्षेत्रका प्रतिभाशाली विद्यार्थीहरूको हौसला बढाउने पनि काम गर्दै आइरहेको छ। यसै क्रममा आज यसपाली माध्यमिक, उच्च माध्यमिक, आईसीएसई, आईएसई परीक्षामा उत्कृष्ट अङ्क […]

Breaking News

27 जुलाई पछि हरेक सहिद परिवारमा पुग्ने मनले बनाए मन

दार्जीलिङ, 25 जुलाई गोर्खा राष्ट्रीय मुक्ति मोर्चाका अध्यक्ष मन घिसिङले आज अघिल्लोवर्ष भएको गोर्खाल्यान्ड आन्दोलनमा सहिद बनेका विमल शासङ्कर अनि सुनिल राईको परिवारसित भेटघाट गरेका छन्। दार्जीलिङदेखि   सिङ्ला कमान हुँदै पुलबजार बिजनबारी पुगेका मन घिसिङ […]

दार्जीलिङ

पौधातिर गोजमुमो : ‘दार्जीलिङलाई फ्यान, फ्रीज, रेफ्रिजरेटर आदिको आवश्यकता नपरोस्’- विनय तामाङ

दार्जीलिङ, 25 जुलाई। हिन्दु श्मशानघाट (मुर्दाहट्टी) परिसरमा अरण्य सप्ताह कार्यक्रमको समापन गर्दै गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष एवं जीटीए बिओए विनय तामाङले पौधाहरू रोपेका छन्। गोजमुमोले आयोजना गरेको यस वृक्षरोपन कार्यक्रमको अवसरमा दार्जीलिङका विभिन्न स्कूलका विद्यार्थीवर्ग, […]

दार्जीलिङ

विमल गुरुङको स्कूलमा पुलिस भर्ना प्रशिक्षण

दार्जीलिङ, 25 जुलाई। मालिधुराको कञ्चनजङ्घा पब्लिक स्कूलमा भोलिदेखि दार्जीलिङ पुलिसले 106 जना प्रशिक्षणार्थीहरूका लागि प्रशिक्षण शिविर शुरू गर्ने भयो। दार्जीलिङका पुलिस अधीक्षक अखिलेश चतुर्वेदीले आज यसै स्कूलमा एक पत्रकार सम्मेलनको आयोजना गरेर यस्तो जानकारी दिएका […]

Breaking News

27 जुलाई सबै स्कूल, कलेज, सरकारी-गैरसकारी कार्यालय बन्द रहने

दार्जीलिङ, 24 जुलाई: 27 जुलाई शहीद दिवसका निम्ति पहाडका सम्पूर्ण शैक्षिक संस्था, सरकारी एवं गैरसरकारी कार्यालयहरू बन्द रहने भएको छ। जीटीएले उक्त दिन बिदा घोषणा गरेको हो। जीटीए चियरमेन विनय तामाङले एउटा प्रेस विज्ञप्ति जारी […]

Breaking News

गोर्खा रङ्गमञ्चमा नै पालन हुने शहीद दिवस

दार्जीलिङ, 24 जुलाई: गोर्खा जनमुक्ति मोर्चाले आगामी 27 जुलाई दार्जीलिङको गोर्खा रङ्गमञ्च भवनमा शहीद पालन गर्ने निर्णय लिएको छ। जसको लागि पार्टीले तीव्ररूपले तयारी गरिरहेको गोर्खा जनमुक्ति युवा मोर्चा प्रवक्ता अरूण छेत्री र गोजमुमो दार्जीलिङ […]

खबर

सेफ ड्राइव-सेभ लाइफमाथि सप्ताहव्यापी सचेतना कार्यक्रम

दार्जीलिङ, 23 जुलाई। सेफ ड्राइव-सेभ लाइफमाथि आजदेखि दार्जीलिङमा शुरू भयो सप्ताहव्यापी सचेतना कार्यक्रम। यसैको उद्घाटनस्वरूप आज यहाँको मोटर स्ट्याण्डबाट एक ऱ्यालीको आयोजना गरिएको थियो भने यसमा विभिन्न स्कूलका विद्यार्थी, गाडी चालकवर्ग, विभिन्न गाडी सेण्डिकेटका प्रतिनिधिगणका […]

दार्जीलिङ

2 दिनमा दुइ नाबालिकसित दुष्कर्म, 16 वर्षीया बालिकसित सामूहिक दुष्कर्म

दार्जीलिङ, 23 जुलाई। आखिर के हुँदैछ दार्जीलिङलाई? के अब दार्जीलिङ पहाडमा पनि छोरी-चेली असुरक्षित हुन थाले? दुइ दिनमा दुइजना बालिकामाथि भएको अमानवीय दुष्कर्मको घटनाले यहाँ यस्तै प्रश्‍न उठिरहेको छ भने अधिकांश अभिभावकहरूको चिन्ता बढ्नु स्वाभाविक […]

खबर

जन आन्दोलन पार्टी अनि श्रमिक एकाई दार्जीलिङ चिया सिन्कोना जन श्रमिक सङ्गठनको सभा

सजन शर्मा, पोख्रेबुङ, २१ जुलाई। बङ्गाल सरकारले विगत २०१२ सालमा निजो भूमि निजो गृहको नोटिफिकेशन सार्वजनिक गरेको अनि सन् २०१२-१३ देखि दार्जीलिङ पहाड़मा यसलाई इम्प्लिमेन्ट गर्न सम्बन्धित निकायहरूलाई निर्देश दिएको जोइन्ट फोरम प्रवक्ता अमर लामाले […]

दार्जीलिङ

दार्जीलिङमा विद्यार्थीको हत्या कि आत्महत्या?

दार्जीलिङ, 22 जुलाई। बिहारको पटना निवासी छैटौं श्रेणीका छात्र आदित्य राज (11)-ले दार्जीलिङको एउटा स्कूलको होस्टलमा नै फाँसी लगाएर आत्महत्या गरेको घट्ना सार्वजनिक भए पछि यहाँ सनसनी मच्चिएको छ। प्राप्त जानकारीअनुसार, आदित्य राज गत 16 […]

दार्जीलिङ

एचएमआईको अल्पाइन स्टाइलको पर्वतारोहण : टोलीमा निमा लमु लेप्चा पनि सामेल

दार्जीलिङ, 21 जुलाई। दार्जीलिङको हिमालयन पर्वतारोहण संस्थान (एचएमआई)-ले आफ्नो गौरवमय 64 वर्ष पूर्तिको अवसर पारेर प्रथमपल्ट शेर्पा र भरियाहरूको सहयोग बिनै लद्दाखको दुइवटा हिमशिखर आरोहण गर्ने भएको छ। जसलाई हिमालयन पर्वतारोहण संस्थानले अल्पाइन स्टाइलको पर्वतारोहण […]

खबर

होमस्टे ओनर्स एसोसिएशनको गठन

दार्जीलिङ, 21 जुलाई। दार्जीलिङ पहाडका होमस्टे मालिकवर्गलाई एकताको सूत्रमा बाँध्नका साथै यहाँको पर्यटनलाई केही हदसम्म भए पनि सहयोग प्रदान गर्न आज दार्जीलिङमा कञ्चनजङ्घा होमस्टे ओनर्स एसोसिएशनको गठन गरियो। जसको संयोजक अनिलकुमार गुरूङलाई बनाइएको छ। यसरी […]

Breaking News

डीटीडीपीएलयू र जोइण्ट फोरमको गेटसभा: 30 जुलाई निर्णय नभए साँझदेखि नै आन्दोलन

दार्जीलिङ, 20 जुलाई: न्यूनत्तम रोजी ऐनको माग के भयो? के यो माग पूरा हुँदैछ? कहिलेसम्म चियाश्रमिकहरूले पनि न्यूनत्तम रोजी पाउनेछन्? आदिबारे राज्य सरकार र चियाबगान मालिकको कस्तो अडान छ भन्नेबारे जानकारी गराउनको लागि नै आज […]

दार्जीलिङ

चियाश्रमिकहरूका लागि न्यूनत्तम रोजी ऐन : 30 जुलाईको सभाबारे आआफ्नो मन्तव्य

दार्जीलिङ, 18 जुलाई। चियाश्रमिकहरूका लागि न्यूनत्तम रोजी ऐन लागू गर्ने माग लिएर जोइण्ट फोरम र गोजमुमोको श्रमिक सङ्गठनमाझ जोडतोडकै वाकयुद्ध शुरू भएको छ। यति मात्रै होइन, यी श्रमिक सङ्गठनहरूमाझ न्यूनत्तम रोजी ऐनको लागि राज्य सरकारलाई […]

खबर

हेप्पीभेल्लीको बक्सिस दिने निर्णय : नदिए कठोर पदक्षेपको चेताउनी

दार्जीलिङ, 18 जुलाई। हेप्पीभेल्ली चियाबगानका लगभग 60 जना चिया श्रमिकहरूले बक्सिस आगामी दुइ सप्ताहभित्र पनि नपाए गोरामुमोको श्रमिक सङ्गठन एचपीडब्लुयूको हेप्पीभेल्ली शाखा समितिले कठोर पदक्षेप ग्रहण गर्ने चेताउनी दिएको छ। यसैको जानकारी गराउँदै एचपीडब्लुयूको हेप्पीभेल्ली […]