सिलगढी

बाघडुग्रा-बेङ्गलोर सोझो फ्लाइट

 सिलगढ़ी खबरदाता,6 मई/2017 आउँदो १८ मईदेखि हवाइयात्रीहरू बाघडुग्राबाट सोझै बेङ्गलोर उड़्न पाउने छन् । निजी विमान कम्पनी स्पाइसजेटले यो सुविधा आरम्भ गर्ने जानकारी दिएको छ ।

हाइवे

चिट फण्ड कम्पनीले लुट्यो कालीझोडावासीलाई

उमेश परियार, काली झोडा, 6 मई/2017 केही वर्षअघि सारदा चिट फण्ड काण्डपछि यता यस्ता विभिन्न चिट फन्ड कम्पनीहरू बन्द हुने क्रममा सुरक्षा अनि ओमिशा चिट फन्ड कम्पनी पनि बन्द भयो। जसको फलस्वरूप उक्त कम्पनीमा कालीझोडाका […]

सिक्किम

बडी बिल्डर विनोद विश्‍वकर्माले राख्यो सिक्किमको नाक

गान्तोक खबरदाता, 6 मई/2017 सिक्किमको पहिलो बडी बिल्डर विनोद विश्‍वकर्मालाई  सिक्किम स्टेट बडी बिल्डिङ एसोसिएशनले आज अभिवादन जनायो। मिस्ट इण्डिया च्याम्पियनशीपमा स्वर्ण पदक जितेपछि उनलाई यो अबिवादन जनाइएको हो।  यहाँको एउटा होटलमा आयोजित कार्यक्रममा एसोसिएशनका […]

मिरिक

इन्द्रनील सेनको पुत्ला दहन

मिरिक खबरदाता, 6 मई/2017 मिरिकमा गोर्खा जनमुक्ति मोर्चाले तृणमूल काङ्ग्रेस मन्त्री इन्द्रनील सेनले मोर्चाका नेताहरूलाई बाकसमा हालेर अर्को जिल्ला कटाउने भनेर दिएको वयानको विरुद्धमा ऱ्याली निकाल्यो। ऱ्यालीमा मोर्चा कार्यकर्ताहरूले मन्त्री विरुद्ध व्यापक नाराबाजी गरे। ‘विरोध […]

खरसाङ

बहुउद्देश्यीय सार्वजनिक भवनलाई क्षति

खरसाङ खबरदाता, 6 मई/2017 5 मईको राती खरसाङको नयाँ बजारस्थित निर्माणाधीन बहुउद्देश्यीय सार्वजनिक भवनलाई असामाजिक तत्वहरुले क्षति पुऱ्याएको छ। विभागीयरूपमा खरसाङ अभियन्ता विभागका कार्यकारी अभियन्ता सुदर्शन छेत्रीले यस घटनाविरूद्ध खरसाङ थानामा प्राथमिकी दर्ता गराइएको बताएका […]

खरसाङ

टी, टिम्बुर, टुरिज्म पछि पहाडमा अर्को ‘टी’ पनि थपिइनेछ, त्यो हो तृणमूलः सांसद व्यानर्जी

निर्माण थापा, खरसाङ, 6 मई/2017 ‘आज जुन भेला देखियो, त्यसलाई मैले खरसाङमा घाँसफूलको दिन आयो भन्ने सङ्केतकोरूपमा बुझेँ,’-सांसद तृणमूल सांसद अभिषेक व्यानर्जीले पहाडको झुटको राजनीतिबाट जनतालाई बाहिर निस्किएर विकासको राजनीतिमा लाग्ने सुझाव राखे। खरसाङमा नगरपालिका […]

कालेबुङ

मन्त्रीलाई शीघ्र पक्राउ गरिनुपर्छ-विमल गुरूङ

उमेश तामाङ, कालेबुङ, 6 मई/2017 “जनसाधारणले यस्ता कुराहरूको जवाब उग्र बनेर होइन तर जनमतको दिन अर्थात १४ मईको दिन कठोर रूपमा बङ्गाललाई दिनुपर्छ”- गुरूङ “राजनैतिक भनावैरी हुन्छ तर कसैलाई बक्सामा हालेर पठाउँछु भन्नुको अर्थ मारेर […]

दार्जीलिङ

गोजमुमोले निकाल्यो प्रतिवाद जुलूस

गोजमुमोले मन्त्रीको बयानलाई तोड़मोड़ गर्दैछः तृणमूल मोहन लामा, दार्जीलिङ, 6 मई/2017 राज्यका मन्त्री इन्द्रनील सेनको बयानको दार्जीलिङमा चौतर्फी विरोध शुरू भएको छ। यसैको विरोधस्वरूप आज गोर्खा जनमुक्ति मोर्चाले दार्जीलिङमा प्रतिवाद जुलूसको आयोजना गरेको थियो भने […]

दार्जीलिङ

गोर्खालीगले निर्दल उम्मेद्वारहरुलाई सघाउने

दार्जीलिङ खबरदाता, 6 मई/2017 अखिल भारतीय गोर्खालीगले यसपालीको नगरपालिका चुनाउमा दार्जीलिङका 7 वटा वार्डबाट खड़ा भएका स्वतन्त्र उम्मेद्वारहरुलाई समर्थन जनाउने आज घोषणा गरेकोछ। जसमा वार्ड नम्बर 4, 6, 10, 11, 14, 17 र 32 छन्। […]

देश

एलओसीमा बोफोर्स तोप

 श्रीनगर, 6 मई/2017 दुइ भारतीय सैनिक शिर काटेको घटनापछि भारतीय सेनाले पाकिस्तानलाई समुचित जवाफ दिन सम्पूर्ण तयारी गरेको छ। रजौरी जिल्लादेखि पुञ्छसम्मको नियन्त्रण रेखामा सेनाले बोफोर्स तोप तैनाथ गरेको छ। यसबाहेक ठाउँ ठाउँमा ससाना तोपहरू […]

दार्जीलिङ

विवादको चपेटमा राज्यका मन्त्री इन्द्रनील सेन

विमल, रोशन र मोर्चा प्रार्थीहरुलाई बाकसमा हालेर जिल्ला कटाउने मोहन लामा, दार्जीलिङ, 6 मई/2017 अब यहाँ 14 मईको दिन चुनाउ भइरहेको छ र यस चुनाउमा तृणमूल कंग्रेस र गोरामुमोका उम्मेद्वारहरुलाई भोट दिएर यहाँका भाइ-बहिनीहरुले विमल गुरूङ, रोशन […]

सिलगढी

फार्मासिस्टको ‘ओखती’-ले शिशुकन्याको मृत्यु

सिलगढ़ी खबरदाता, 5 मई/2017 भनिन्छ अल्पविद्या भयङ्करी। सिलगढ़ी समरनगर निवासी पुलकेश काञ्जीलाल नामक फार्मासिस्टलाई गलत ओखतीकरणको आरोपमा प्रधाननगर पुलिसले आज पक्राउ गरेको छ। जलपाइगढ़ी निवासी राजेश साहाकी पत्नी शिल्पीले १९ एप्रिलको दिन नानी जन्माएपछि राजेशले […]

सिलगढी

दुइ एटिएम चोरहरू पक्राउ

सिलगढ़ी खबरदाता, 5 मई/2017 एटिएमको सिसिटिभी फुटेजको सहारामा सिलगढ़ी पुलिस कमिश्नरेटको गुप्तचर विभागले सिलगढ़ीका दुइ चोरहरूलाई पक्राउ गरेको छ। कुल्लीपाड़ा निवासी सुफल विश्वकर्मा र गुरूङबस्ती निवासी रोशन रसाइलीलाई गुरुङबस्तीको एउटा एटिएमबाट पैसा बलजफ्ती निकाल्न खोजेको […]

खरसाङ

खरसाङमा तृणमूल-मोर्चाबीचको आरोप-प्रत्यारोपले मच्चायो सनसनी

 दुर्व्यवहार र नोकरीको लागि दुइ लाखको सुपारी : आरोपको खण्डन सौजन्य छेत्री, खरसाङ, 5 मई/2017  तृणमूल नेताद्वारा सभासद् योगेन्द्र राईमाथि दुर्व्यवहार गर्न खोजेको भन्दै थानामा प्राथमिकी दर्ता गर्ने औ यदि यसो गरेमा 2 लाख रुपियाँ र […]

डुवर्स

तीन वर्षपछि पनि जिरोगोलाईको सडक जीर्णः उठ्दैछ जीटीएमाथि प्रश्न

डुवर्स खबरदाता, 5 मई/2017 यो सडक धस्किएपछि यही मार्ग भएर जीटीए प्रमुख कार्यपाल धेरै चोटि हिँडे। क्षेत्रीय विधायक सरिता राईले कतिपटक ओहोरदोहोर गरिन्। क्षेत्रीय जीटीए सभासद् कल्याण देवानले यही बाटो भएर यात्रा गरे। प्रशासनिक अधिकारीहरूले […]

गाउँको खबर

एसआईको पहलमा बनिँदैछ सडक

मङपु खबरदाता, 5 मई/2017 मङपुमा आउट पोष्ट त थियो तर त्यहाँसम्म  पुग्ने बाटो नै थिएन। यही समस्या सामाधान गर्न एसआई एमएस हुसैन अघि सरेका छन्।  कुनै दुर्घटना वा अपपराधिक घटना भएर पुलिस कसरी क्षेत्रमा पुग्ने? […]

विदेश

अन्टार्कटिको हिउँ युएईमा पानी

एजेन्सी, 5 मई/2017 सुन्दा तपाईँहरूलाई अचम्म लाग्ला। तर सत्य हो। अन्टार्कटिकाको आइसबर्ग अब युइईमा पिउने पानी बन्नेछ। युइई विश्वकै 10 सबैभन्दा सुकौरो क्षेत्रहरूमा एउटा हो। यहाँ प्रतिदिन पानीको सङ्कट विकराल बन्दैछ। यस्तै रहे आउँदो 25 […]

कालेबुङ

मोर्चाको घोषणापत्र सार्वजनिकः ल्यायो विकासको 25 बुँदा

कालेबुङ खबरदाता, 5 मई/2017 घोषणा पत्रको एक नम्बरमा पार्टीले कालेबुङ शहरको पिउने पानीको समस्या समाधान गर्ने उल्लेख गरेको छ। यस अन्तर्गत नेउराबाट थप पिउने पानी ल्याउने, वितरण प्रणालीमा सुधार ल्याउने साथै रेली खोलाको पानी पम्प […]

खरसाङ

ईसाइ एकताको निम्ति बैठक

खरसाङ खबरदाता, 5 मई/2017 राष्ट्रिय स्तरमा ईसाइहरुलाई एक गराउन घुममा राष्ट्रिय ईसाइ महासङ्घले बैठक गरेको छ। पास्टर माइकल गुरुङको अध्यक्षतामा सम्पन्न भयो। सभामा राष्ट्रिय उपाध्यक्ष पास्टर उदय पोर्तेलको विशेष उपस्थिति थियो।  ईसाइ एकताको निम्ति आज […]

दार्जीलिङ

रोहिणी बनाउन 100 करोड़ होइन, 24 करोड़ खर्चः गोजमुमो

11 मई गोजमुमोले दिनेछ तृणमूललाई जवाब मोहन लामा, दार्जीलिङ,  5 मई/2017 रोहिणी रोड निर्माणको लागि 100 करोड़ होइन, केवल दुइ चरण गरेर 24 करोड़ रुपियाँ खर्च भएको छ, जुन राशि राज्यको उत्तर बङ्गाल विकास विभागले […]

सिक्किम

बलात्कारको आरोपमा डन पक्राउ

नाम्ची खबरदाता, 5 मई/2017 52 वर्षीया महिलालाई पछिल्लो करिब एक वर्षदेखि पटक पटक बलात्कार गर्दै आएको आरोपमा नाम्ची पुलिसले एकजना 39 वर्षीय व्यक्तिलाई पक्राउ गरेको छ। अप्पर चुम्लोक निवासी आरोपी डन छिरिङ लेप्चाले पीड़ितालाई आफूसित […]

मिरिक

भूपाल सुब्बाको ‘अन्तर्कथा’ सार्वजनिक

पवन नामदुङ/ध्रुव चौहान, धजे , 5 मई/2017 धजे उच्चत्तर माध्यमिक विद्यालयमा कथाकार भूपाल सुब्बाको कथा सङ्ग्रह ‘अन्तर्कथा’-को विमोचन भएको छ। समारोहमा मिरिक, सुके पोखरी, साङमा, टर्जम, मलट, मङ्गरजुङ्ग, नागरी, धजेबाट साहित्यकारहरूको विशेष जमघट रहेको थियो। […]

कालेबुङ

 डा. हर्कबहादुर छेत्रीले लगाए आरोपः तृणमूलले बोर्डको साटो माग्दैछ भोट

डी.के. वाइबा, कालेबुङ 5 मई/2017 नगरपालिकामा पहिलाको बोर्डमा बस्ने गोजमुमो पार्टीले के के काम गरेको छ, नगरवासिले के के सुविधा पाए? कि खातामा मात्रै विकास गऱ्यो, त्यसबारे आरटीआई गरेर सत्य उजागार गरिदिएको पनि उनले बताए। […]

गाउँको खबर

असिनाले छेँड्यो रेली समथारमा 300 घरको छानाः फोटो फिचर

रेली समथार खबरदाता, 5 मज्ई/2017 4 मईको दिन कालेबुङको रेली समथारमा समष्टीमा आएको असिनापानीले 300 घरलाई क्षति पुऱ्याएको छ। हत्केलाभरिको काँडे असिनाले 300 घरको टिनको छाना छेँडेर ग्रामबासीलाई बिजोग बनाएको छ। खबर पाएपछि समष्टीका सभासद् […]

हाइवे

वेपत्ता दीपेश दिल्लीमा भेटियो

उमेश परियार, राजमार्ग 10, 5 मई/2017 मादक पदार्थ ओसारपोसार गरेको आरोपमा पक्राउ परेपछि 20 अप्रेलदेखि वेपत्ता रहेका चालक दीपेश छेत्रीको पत्तो लागेको छ। परिवारसूत्रले बताए अनुसार दीपेश भागेर दिल्ली पुगेका छन्। रम्बी पुलिसको नाका चेकिङ अवधी […]

हाइवे

राजमार्गमा आधाकल्चो कामः यातायात बाधित

उमेश परियार, राष्ट्रिय राजमार्ग-10. 5 मई/2017 हाइवेको मरम्मति साथै विभिन्न नयाँ कार्यहरू लिएर केन्द्र सरकारद्वारा अवण्टन गरिएको 35 करोडको कार्य विभागद्वारा हालै शुरू गरिएता पनि कतिपय ठाउँमा आधाकल्चो काम छोड्नाले यातायातमा धेरै असुविधा भइरहेको गुनासो […]

कालेबुङ

चुनाउ प्रचारमा उत्रिन बङ्गालकी मन्त्री डा. शशि पाञ्जा

कालेबुङ खबरदाता, 5 मई/2017 ‘बिजेपीसित उनीहरूको साँठगाँठ छ, खै त बिजेपीसित मिलेर पहाडको विकास गरेको?,’ उनले थपिन्, ‘न बिजेपीले न मोर्चाले कोही पनि पहाडको विकासको पक्षमा छैनन्। यसकारण विकासको निम्ति कालेबुङको जनताले तृणमूल कङ्ग्रेसलाई जिताउने […]

दार्जीलिङ

तृणमूलको बोर्ड गठन भए दार्जीलिङलाई 1 वर्षमा कलकत्ताभन्दा राम्रो बनाउने वाचा

  मोहन लामा, दार्जीलिङ, 5 मई/ 2017 नगरपालिका चुनाउको लागि प्रचार गर्ने समय अब केवल 7 दिन छ, यसपछि 14 मईको दिन मतदान हुनेछ। यसपछि दार्जीलिङ पहाड़मा गोजमुमोलाई दुर्बिनले हेर्दा पनि देखिनेछैन। दार्जीलिङ नगरपालिका चुनाउमा […]

खबर

निर्भया बलात्कारीहरूलाई सुनाएको फाँसीको दण्ड यथावत

नयाँ दिल्ली, 5 मई/2017 सुप्रिम कोर्टले निर्भया ग्याङरेप केसमा चारै दोषीहरूको फाँसीको दण्डलाई यथावत राखेको छ। चारै दोषीहरूले फाँसीको विरुद्ध सुप्रिम कोर्टमा अपील गरेका थिए। जस्टिस दीपक मिश्राले अगुवाई गरेको बेन्चले फास्ट ट्र्याक सुनवाई पछि […]

गाउँको खबर

असिनाले खेती नष्ट

जानुका दाहाल, लोवर इच्छे बस्ती, 4 मई/2017 आज अचानक आएको भीषण असिना पानीले स्थानीय कृषकहरूको खेतीबाली नष्ट गरिदिएको छ। साझ ५ बजीदेखि पर्न थालेको असिना थामिइसक्दा कृषकहरू खेती सखाप पारिसकेको थियो।  असिनापानी लगभग ३० मिनेट […]