बहस

राजनैतिक बहस : नेतृत्व सङ्कट, विभाजन नीति र नयाँ बाटो

दास राजनीतिको विकल्प बबिता मादेन, छेत्री आवश्यकभन्दा धेर आत्माविश्वास सँधै हानिकारक हुन्छ। र यो कुरा समयसँगै सत्य प्रमाणित हुँदै आइरहेको छ। विगतका आन्दोलनहरूमा जनता आशावादी थिए, यसपल्टको आन्दोलन नै गोर्खाल्यान्डको लागि अन्तिम लडाइँ हो तर […]

बहस

राजनीतिः आम बजट 2018-19 : एक कुटनीतिक सौन्दर्य

राजनीति \ देश •••• बबिता मादेन छेत्री   सबका साथ सबका बिकास नारा लिएर अघि बढिरहेको भाजपा सरकारले आफ्नो पाँचौ अनि अन्तिम बजट सांसदमा प्रस्तुत गऱ्यो। केन्द्रिय बजटले आम मानिसको ध्यानाकर्षण गर्दैन तर एउटा मानिसले […]

बहस

किताब/पठन-SUBCULTURE: the meaning of style

उपसंस्कृति, एक पठन प्रवीण राई जुमेली नयाँ हुद्दाका कविहरु पनि निरन्तर नयाँ भाषाको खोजीको कुरा गरिरहेका देखिन्छन्। यसको अर्थ यो हुन्छ कि पुरानो कविताको भाषा यो पीढीलाई ‘बोरडम’ नै हो। उपसंस्कृतिको यो पठन नवइतिहासवादको पनि […]

बहस

दार्जीलिङः रफ टक्स

दार्जीलिङ घटनाहरूको शहर भए तापनि पहाड़ी क्षेत्रमध्ये सबैभन्दा सुप्रतिष्ठित सुन्दर पर्यटक मनोरञ्जक शहर मानिन्छ। जहाँको प्राकृतिक छटाले होल्याण्डको मनोरम सुन्दरतालाई पनि मात दिन्छ। दार्जीलिङलाई ‘पर्यटक मनोरञ्जक शहर’-भन्दा  शहिदहरूको पहाड़ झैं निर्धक्क उभिरहेको कैयौं वर्षदेखिको सपना […]

बहस

राजनीति: बहस

बबिता मादेन (छेत्री) राजनीति समाजको सङ्गठित जीवनका सबैभन्दा महत्वपूर्ण क्रियाकलाप हो। हामीलाई राजनीति मन परोस् अथवा  नपरोस् तर प्रत्यक्षअप्रत्यक्ष हामी राजनीतिसँग जोडिएका हुन्छौं। यदि कसैले ‘मलाई राजनीतिप्रति कुनै चासो छैन’ भन्छ भने बुझ्नुहोस्, उसले आफैले […]

बहस

हस्तक्षेप र समावेशी

विमर्श बीपी बजगाइँ आवश्यकता बोध लेख शुरू हुन अघि नै प्रश्न जन्मिनुसक्छ, ‘सार्विकतावाद’ लेख्नेलाई ‘हस्तक्षेपी’ र ‘समावेशी’-का कुराहरू लेख्ने आवश्यकता किन पर्‍यो ? वस्तुतासँग जोड़िएका चालू प्रयोगहरूलाई म परिकल्पना मान्दिन। किनभने वस्तुतासँग जोड़िएका प्रयोगहरूमा देखापरेका […]

बहस

गुजरात चुनाउ : हाराहारीको लडाईँ

     विश्लेषण    बबिता मादेन भारत विश्वको सबै भन्दा ठूलो लोकतन्त्र, यहाँ हुने प्रत्येक चुनावी गतिविधि र यसको नतिजाले अन्य राष्ट्रहरूको अर्थव्यवस्थामाथि पनि व्यापक प्रभाव पार्ने हुनाले भारतको चुनावी वातावरणले दुनियाको ध्यान आकर्षक गर्ने […]

बहस

रगतपच्छे शहिदका लाशमाथि रमाउँदै नाचिरहेको पर्यटन महोत्सव

     बहस    गगण राई केही दिन अघि बीओए जीटीए अध्यक्ष विनय तामाङद्वारा यसपाली दार्जीलिङका विभिन्न स्थानहरूमा टिस्टा रङ्गीत पर्यटन महोत्सव धुमधामले मनाउने भनिएको खबर पत्रिकाहरूमा पढ़्न पाइयो। समाचार प्रकाशित भएपछि थुप्रै प्रतिक्रियाहरू सोसल […]

बहस

बहसः चौकीमा ऱ्याल चुहाउने लालची नेता

 मुद्दाको मुटुमा विकासको काँड र जनता बबिता मादेन राजनीतिमा व्याप्त छल, कपट र धोका अनुचित हुँदा हुँदै पनि किन वैध छन् त भन्ने कुराले धेरै अघिबाटै धेरैको दिमाग खजमजाएको छ।  तथापि यस्ता कुटनैतिक चालहरूलाई राजनीति […]

बहस

के अब विमल गुरुङ मैदानमा उत्रिए मात्र गोर्खाल्याण्ड आन्दोलन हुने हो?

बहस « गगण राई पहाड़को वर्तमान अवस्था के र कस्तो कारणले भयो भन्ने कुरामा कसैले कसैलाई दोषारोपण गर्ने समय यो होइन। केको निम्ति, के युवा, के वृद्ध, सबै सबै होमिएकै हौँ। पहाड़को सम्पूर्ण राजनैतिक पार्टी, सामाजिक […]

बहस

गोर्खाल्याण्ड-को इक्जाम र पासफेलको हिसाब

चिरफार डी.के. वाइबा राजनीतिमा ‘श्री’ विमल गुरुङले सुवास घिसिङको राज समाप्त गरे। विमल गुरुङको राज बिनय तामाङले समाप्त गरे। भोलि बिनय तामाङको राज अनित थापाले समाप्त गर्लान्। अनित थापाको राज पछि मन घिसिङले समाप्त गर्लान्। […]

बहस

बहसः दार्जीलिङे राजनीति

दार्जीलिङ : ब्रान्डको राजनैतिक व्यापार बबिता मादेन दार्जीलिङ। नाम मात्र पनि एउटा गतिलो ब्रान्ड। विश्वका धनि देशहरूमा बस्ने करोडपतिहरू एक कप दार्जीलिङ चियाको चुस्की लिएर आफ्नो दिनको शुरूवात गर्छन। युनेस्को विश्व सम्पदा सुचिमा परेको ऐतिहासिक […]

Breaking News

नारी विमर्श

सरिता तिवारी   One is not born,but rather becomes,A woman.   -Simon de beuvoir महिला को हो? के हो? उसका जैविक र मनोवैज्ञानिक विशिष्टताहरू के कस्ता छन्? खासमा ऊ मानिसको सार्वभौम परिचयको दायराभित्रै पनि छ कि […]

Breaking News

विमल गुरूङको पतनः …मङ्गले आफ्नै ढङ्गले

अनित थापा विमलको हिंसा नै पतनको बाटो गोजमुमो अध्यक्ष विमल गुरूङ अनि विनय तामाङ तथा अनित थापामाझ मत भिन्नता त्यस समयदेखि शुरू भएको हो, जुनबेलादेखि गोजमुमो अध्यक्ष विमल गुरूङले गोर्खाल्याण्ड प्राप्तिको निम्ति पार्टीको मूल सिद्धान्त […]

Breaking News

गोर्खाल्याण्ड आन्दोलन र हतारको निर्णय

डी.के. वाइबा, कालेबुङ अनिश्चितकालीन बन्द र गोर्खाल्याण्ड आन्दोलनको चपेटमा छ अहिले पहाड। गोजमुमो पार्टीका वर्तमान विवादित नेता विनय तामङले 15 जुन 2017 का दिन सोसल मिडिया (फेसबुक अनि वाट्सअप) मार्फत अनिश्चितकालीन पहाड बन्दको घोषणा सार्वजनिक […]

Breaking News

गौरी लङ्केशको अन्तिम सम्पादकीय

यो सम्पादकीय 16 पन्नाको उनको पत्रिका ‘गौरी लंकेश पत्रिके’ मा छापिएको अन्तिम सम्पादकीय हो।  हरेक हप्ता निस्कने पत्रिकाको 12 सेप्टेम्बरको अङ्कमा यो सम्पादकीय छ। कन्नड भाषामा लेख्ने गौरीको यो सम्पादकीय हिन्दीबाट नेपालीमा रुपान्तर गरिएको छ- […]

Breaking News

    गोर्खाल्याण्ड आन्दोलन, मानवाधिकार हनन  र बङ्गालको औपनिवेशिक चरित्र  

       कबीर बस्नेत     साधारणतया मानवाधिकार भन्नाले हामी ती अधिकारहरू बुझ्दछौं जो व्यक्तिको जीवन, स्वतन्त्रता, समानता अनि सम्मानसित सम्बन्धित हुन्छन्, साथै जो कुनै पनि देशको संविधान अनि अन्तर्राष्ट्रिय परम्पराद्वारा प्रदत्त अनि मान्यताप्राप्त […]

बहस

सन्दर्भ गोर्खाल्याण्ड आन्दोलन: आशा गर्छु यो मेरो अन्तिम लेख हुनेछैन…

बीपी बजगाईँ मैले शनिबार बेलुकी फेसबुकमा एउटा पोस्ट हालें, “आज नेताहरूलाई होईन जनतालाई प्रश्न: के अब लेखिरहनु जरूरी छ?” मलाई केही मित्रवर्गले फेसबुकमा नै कमेन्ट मार्फत सुझाव राखे भने धेरैले फोन मार्फत सुझाव दिए। सबैको […]

बहस

अनिवार्य बङ्गला भाषा, षडयन्त्र र निर्णायक समय

बी० पी० बजगाईं सन्दर्भः अनिवार्य बाङ्ग्ला भाषा भारतको संविधानको आठौँ अनुसूचीमा गाभिएको २२ वटा भाषाहरू मध्ये एउटा नेपाली भाषा हो| संविधानको आठौँ अनुसूची अनुसार बाङ्ग्ला भाषा अनि नेपाली भाषाको दर्जा एउटै हो| यी दुवै भाषालाई उच्च […]

बहस

भाषा थोपर्नु अन्याय हो

चिन्ता भवानी अधिकारी, मणिपुर नेपाली भाषा भारतीय मान्यता प्राप्त भाषा हो। यसको विकासको इतिहास आफ्नै छ। नेपाली मातृभाषा पठन पाठनको अधिकार हाम्रो मौलिक अधिकार हो। हाम्रो भाषा विकासमा केन्द्र र राज्य सरकारहरूको राम्रो भूमिका रहनु […]

बहस

भाषाको मृत्यु, राजकीय हस्तक्षेप अनि नेपाली भाषा

कबीर बस्नेत, दार्जीलिङ भाषिक हस्तक्षेपको राजनीति गुरू लाधो रे अर्थात् गुरूलाई भेटें भन्दै घरको छानामाथि चढेर बाबा माखन शाह लबानाले गुरू तेगबहादुर सम्बन्धमा जुन लुबाङ्की भाषामा घोषणा गरेका थिए, त्यो भाषा आज भारतको लुप्त भाषाको सूचीमा […]

बहस

नेपाली भाषामा मानकीकरणको आवश्यकता

मिलन बान्तवा नेपालका कुनै दोकानमा गएर माचिस मागे दोकाने दिदी अरकच्च पर्छिन्। नेपालमा त हामीले पसलमा गएर सलाई माग्नुपर्छ तबमात्र साहुनीले बुझ्नेछिन् अनि खुरूक्क सलाई दिनेछिन्। हामी घरमा खिड़की दैलो थुन्छौँ, नेपालकाहरू झ्याल ढोका बन्द […]

बहस

भाषाको विकास त्यसरी पो हुनुपर्ने

मिलन बान्तवा, दार्जीलिङ पारसमणि प्रधानहरूले लेखेका नेपाली भाषाका किताबहरू पढ़्दै आएपछि स्वाभाविक रूपले मैले मेरो राई लवज हराएको हुँ। म जातले राई। राईहरूको अरिजिनल बोली आजभोलि म बोल्न सक्दिनँ। यहाँ मैले बोली भन्दा राई भाषाको […]

बहस

सकसमा भाषा

 मिलन बान्तवा, दार्जीलिङ ध्वनि त भाषाभन्दा पनि पहिलेको हो। ध्वनिलाई प्रतिनिधित्व गराउनकै निम्ति वर्णको आविष्कार भएको भन्ने कुरोमा त कसैको दुईमत नहोला। ड, ढ अनि ड़, ढ़ को आ-आफ्ना छुट्टै ध्वनि छन्। यसर्थ ड़, ढ़ […]