Breaking News

श्रमिकहरूले गरे प्रबन्धक घेराउ

मनोहर शर्मा मिरिक, 2 मई 2017 मिरिकको सिँगबुली चियाबारीका श्रमिकहरूद्वारा आज विभिन्न सहुलियतहरू मालिक र प्रबन्धक पक्षले नदिएको भन्दै आज श्रमिकवर्गले चियाकमानका प्रबन्धकलाई घेराउ गरेका छन्। उनीहरूले प्रवन्धकको विरुद्धमा व्यापक नाराबाजी पनि गरे। श्रमिकहरुको खर्च, […]

Breaking News

पिस्तोलसँग सिलगढ़ीका अटोचालक पक्राउ

खबरम्यागजिन, सिलगढ़ी, 2 जुन। सिलगढ़ी पुलिसले खास सुइँको पाएर सिलगढ़ी सेभोक रोड इलाकाबाट विहीवार राति निर्मल सरकार नामक अटोचालकलाई आग्नेयास्त्र राखेको आरोपमा पक्राउ गरेको छ । ४७ नम्बर वार्डको दशरथपल्ली निवासी अटो चालकले अटो चलाउने […]

Breaking News

सिबिएसइ बोर्डको कक्षा १० -को फलाफल भोलिः रिजल्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

खबरम्यागजिन डेस्क सिबिएसइको कक्षा १०-को फलाफलको घोषणा ३ जून, २०१७ शनिवारको दिन बोर्डको वेबसाइटमार्फत् प्रकाशित गरिने भएको छ । तल दिइका वेबसाइटहरूमा विद्यार्थीहरूले फलाफल फेला पार्न सक्ने छन् – यहाँ क्लिक गर्नुहोस्- यता पनि गर्दा हुन्छ […]

Breaking News

ममताको निरङ्कुशताबारे आहलुवालियाले लेखे मोदीलाई पत्रः ‘ममता सरकारले लगाएको निर्दयी इमर्जेन्सीबाट बँचाउन केन्द्रको शीघ्र हस्तक्षेप होस्’

मोहन लामा दार्जीलिङ, 2 जून 2017 राज्य सरकारले दार्जीलिङको जिल्ला प्रशासनको माध्यमबाट आफ्नो मातृभाषालाई माया गर्नेहरुको मुख बन्द गर्नको लागि निरङ्कुश, अत्याचारपूर्ण दमन नीति अप्नाउने कार्य शुरू गरेको छ। यसैले यहाँबाट शीघ्र हस्तक्षेप हुन आवश्यक […]

Breaking News

दिल्ली-एनसीआरमा भुइँचालोको झट्का

एजेन्सी नयाँ दिल्ली। दिल्ली-एनसीआरमा शुक्रवार सखारै भुइँचालोको झट्का महसुस गरियो। रिपोर्टअनुसार आज बिहान 4.27 बजी भुइँचालोको झट्का महसुस गरिएको हो। रिक्टर स्केलमा भुइँचालोको तीव्रता 5 नापिएको छ। हरियाणाको रोहतकमा यो भुइँचालोको केन्द्र रहेको बताइँदैछ। भुइँचालो […]

Breaking News

आफ्नो भाषाको सुरक्षा अनि सम्मानको निम्ति दुई शब्द पनि बोल्न नपाउनु कस्तो कानून हो?- बिनय तामाङ

खबरम्यागजिन प्रतिनिधि दार्जीलिङ 1 जुन। गोर्खाहरूको पक्षमा बोल्ने दार्जीलिङ पहाड़का राजनैतिक नेतृत्वहरूमात्रै होइन तर साहित्यिक, सामाजिक अनि शिक्षित जमातसमेत पश्चिम बङ्गाल सरकारबाट असुरक्षित  रहेको प्रमाणित भइसकेको गोर्खा जनमुक्ति मोर्चा सहसचिव विनय तामाङले जनाएका छन्। गत […]

Breaking News

एजबेस्टनको सुविधाबारे असन्तुष्ट टीम इण्डिया

बर्मिङ्घम, 2 जून। च्यापियन्स ट्रफीका लागि टीम इण्डियालाई उपलब्ध गराइएको सुविधाबारे टीमका प्रशिक्षक अनिल कुम्बले र कप्तान विराट कोहलीले असन्तुष्ट व्यक्त गरेका छन्। यहाँको एजबेस्टन क्रिकेट ग्राउण्मा टीम इण्डियालाई अभ्यासका लागि जुन ठाउँ दिइएको छ, […]

Breaking News

जीतको श्रेय रूट-हेल्सलाई

 लण्डन, 2 जून। आईसीसी च्याम्पियन्स ट्रफीको उद्घाटनी म्याचमा बङ्ग्लादेशविरुद्ध रेकर्ड जीतले उत्साहित बनेका इङ्ग्लिस कप्तान इयान मोर्गनले जीतको श्रेय रूट र हेल्सलाई दिएका छन्। जीतपछि मोर्गनले भने, ‘‘यो ठूलो जीतको श्रेय रूट-हेल्सलाई जान्छ। उनीहरूले विषम […]

Breaking News

रूट शतकले इङ्ग्ल्याण्ड विजयी

लण्डन, 2 जून। आईसीसी च्याम्पियन्स ट्रफीको पहिलो म्याचमा आयोजक इङ्ग्ल्याण्ड विजयी भएको छ। इङ्ग्ल्याण्डको यो जीतमा जो रूट हिरो बने। उनकै उत्कृष्ट 133 (नट्आउट) इनिङ्ग्सको भरमा आयोजक देशले 306 रनको विजयी लक्ष्य 47.2 ओभरमा केवल […]

Breaking News

भाषा मान्यताको 25 वर्षपछि फेरि भाषाकै आन्दोलनः शैक्षिक संस्थानहरू बन्दः कालेबुङमा कालो झण्डा

प्रज्ज्वल छेत्री कालेबुङ, 1 जुन। नेपाली भाषाले भारतमा मान्यता प्राप्त गरेको 25 वर्षपछि आज पुनः दार्जीलिङ पहाडमा भाषाकै निम्ति आन्दोलन शुरू भएको छ। 20 अगस्त 1992 सालमा नेपाली भाषाले भारतीय संविधानको आठौँ अनुसूचि अन्तर्गत मान्यता […]

Breaking News

विमल गुरूङलाई पनि कालो झण्डा देखाउछौंः तृणमूल-मुख्यमन्त्री 5 जून आइपुग्ने दार्जीलिङ

  मोहन लामा दार्जीलिङ, 1 जून। मुख्यमन्त्री ममता व्यानर्जी दार्जीलिङ आउँदा उनलाई कालो झण्डा देखाउँछ भने तृणमूल कंग्रेसले पनि गोजमुमो अध्यक्ष विमल गुरूङ जहाँ जान्छन्, त्यहीं उनलाई पनि कालो झण्डा देखाउने चेताउनी दिएको छ। दार्जीलिङ […]

Breaking News

काम लागेन चेताउनी, ठप्पै रहे प्रायः स्कूल

खबरम्यागजिन दार्जीलिङ, 1 जून। स्कूल अनि कलेज बन्द गरिए कार्वाही गर्ने जिल्ला प्रशासनको चेताउनी कुनै काम लागेन। यस चेताउनीलाई पहाड़का कुनै पनि स्कूलले ध्यान दिएनन् अनि आज पहाड़का लगभग सबै स्कूलहरु ठप्पै रहे। आजको यसै स्कूल […]

Breaking News

विमल गुरूङ, जीवन नाम्दुङ, प्रेम प्रधान तथा अन्य साहित्यकार र शिक्षकहरुलाई लाग्यो पुलिस केस

मोहन लामा दार्जीलिङ, 1 जून। बंगला भाषा अनिवार्य गर्ने राज्य सरकारको विरोधमा गोजमुमोद्वारा आयोजना गरिएको एक सभामा वक्तव्य राख्ने दार्जीलिङका राजनैतिक पार्टीहरुसँगै साहित्यिक संस्थान, स्कूलका शिक्षकगण आदि विरूद्ध दार्जीलिङ पुलिसले भारतीय दण्ड संहिताका विभिन्न धाराअन्तर्गत मुद्दा […]

Breaking News

ममताजीले फुट डालो राज करोको नीतिमा काम गर्दैछिन् : भाजपा राष्ट्रिय महासचिव कैलाश ‘भैया’

खबरम्यागजिन संवाददाता सिलगढ़ी, 1 मई। “ममताजीले फुट डालो राज करोको नीतिमा काम गर्दैछिन्,” भाजपा राष्ट्रिय महासचिव कैलाश विजयवर्गीयले आज जलपाइगढ़ी यात्रामा जाँदै गर्दा बाघडुग्रा हवाइअड्डामा संवाददाताहरूसँग संवाद गर्दै यसो भने। उनले अझ भने, “उनी नेपाली र […]

Breaking News

दार्जीलिङमा प्रशासनले इलेक्ट्रोनिक एभिडेन्स मान्दैन?

प्रतिक्रिया बीपी बजगाईँ जीटीएले (राजनैतिक पार्टी गोजमुमोले होइन) यस मुद्दालाई अदालतमा लग्यो भने भोलि नै स्टे लाग्न सक्छ। दार्जीलिङका पुलिस अधीक्षक अमित पी. जाभाल्गी अनि दार्जीलिङकी जिल्लापाल जोयशी दासगुप्तले राज्य सरकारले अहिलेसम्म नेपाली भाषा हटाएर […]

Breaking News

मन्सोङको भित्तामा वल जर्नल

खबरम्यागजिन प्रतिनिधि मन्सोङ, 1 जुन 2017 मन्सोङ उच्चतर माध्यमिक विधालयमा वल जर्नल नामक भित्ते पत्रिका एक औपचारिक कार्यक्रमबिच सार्वजनिक गरिएको छ। मन्सोङ पुस्तकालयको पहलमा उक्त कार्य गरिएको हो। स्कूलका विद्यार्थीहरूको उपस्थिति रहेको कार्यक्रममा पाठशालाका शिक्षक […]

Breaking News

कस्तो अचम्म

 फोटो फिचर खबरम्यागजिन डेस्क उत्तरी इटलीको ग्राण्ड प्याराडाइजोको नजिक एउटा बाँधमा यस्तो अचम्मको दृश्य देखिएको हो। टपयाप्स-मा आफ्ना फोटोहरू प्रकाशित गर्दै सन्तोष मिश्राले भनेका छन्,  तस्वीरमा देखिएको काला थोप्लाहरू जङ्गली बाख्राहरूको हो। जो बाँधमा चढिरहेको […]

Breaking News

पेट्रोल र डीजलको मूल्यमा वृद्धि

एजेन्सी, नयाँ दिल्ली, 1 जून। बुधवार मध्यरातिदेखि पेट्रोल र डीजलको मूलमा वृद्धि बढ़ेको छ। इण्डियन ओयल कर्पोरेशनले बुधवार राति यस्तो घोषणा गरेको हो। नयाँ दरअनुसार पेट्रोलको मूल्य 1 रुपियाँ 23 पैसा र डीजलको मूल्यमा 89 […]

Breaking News

म नेपाली भाषामा बोल्छु त उनीहरूलाई बङ्गला भाषामा पढ्नु किन आपत्ति?-ममता

खबरम्यागजिन डेक्स कालेबुङ, 1 जुन 2017 ‘बङ्गालमा बस्ने विद्यार्थीले बङ्गला भाषा सिक्नैपर्छ। आगामी शैक्षिक सत्रदेखि नीजि स्कूलहरूमा पनि दशौँ कक्षासम्म बङ्गला भाषा पढ्न अनिवार्य हुनेछ।’ कलकत्तामा आयोजित गैरसरकारी शैक्षिक संस्थानका अधिकारीहरूसितको एक कार्यक्रमलाई सम्बोधन गर्दै […]

Breaking News

मानव तस्कर पक्राउ

विशेष खबरदाता सिलगढ़ी, 1 जून। बीओपीको विशेष अभियान दलले मङ्लवार बाघडुग्राबाट एक महिला मानव तस्करलाई पक्रेको छ भने ती तस्करबाट हातबाट बेचिनलागेका दुइ युवतीलाई पनि उद्धार गरिएको छ। गोप्य सूचनाको आधारमा उक्त दलले ती तस्करलाई […]