Breaking News

जीएमसीसीलाई जीएसएसएसको सुझावः सरकारपक्षसित वार्ता गर्ने टोली अहिले नै तय हुनुपर्छ

दिल्लीः गोर्खाल्याण्ड मुभमेन्ट को अर्डिनेशन कमिटीलाई दिल्लीको गोर्खाल्याण्ड संयुक्त सङ्घर्ष समितिले बैठकको एकदिन अघि नै दस बुँदे लिखित सुझाव दिएको छ। जीएसएसएसका अध्यक्ष कीरण बिकेले जीएमसीसीका संयोजक कल्याण देवानलाई सुम्पेको सुझावपत्रमा मुद्दाप्राप्तिको निम्ति सामुहिक नेतृत्वनै […]

Breaking News

बन विभागको बङ्गलो स्वाहा

रिम्बिकः पहाडको विभिन्न सरकारी सम्पत्तिहरूको बिनास गर्ने क्रम थामिएको छैन। रिम्बिक फारस अन्तर्गत जरायो टार नजिको बन विभागको आवासगृह (बङ्गलो) हिजो मध्यराती जलेर खरानी भएको छ। राती ११ बजेतिर आगो उठेको स्थानीयहरूको भनाइ रहेको छ […]

Breaking News

भारतको प्रतिनिधित्व गर्दै गोर्खा युवा अभिषेक व्रिक्स शिखरसम्मेलनमा

सञ्जय निरौला दार्जीलिङः अभिषेक शर्मा (तिमसिना)-चीनको राजधानी बेजिङमा सम्पन्न व्रिक्स (BRICS) शिखर सम्मेलनमा भाग लिएर फर्किएका छन्। २७ बर्ष अघि सुकियापोखरी खण्ड अन्तरगत पर्ने  पुलुङदुङ गाउँमा पिता सुशील शर्मा तथा माता कमला शर्माको कोखबाट जन्मिएका […]

Breaking News

गोजमुमो अनि जीएमसीसीको मात्र भर नपरेर विकल्प पनि तयार पारौंः अजय दाहाल

कालेबुङः गोर्खाल्याण्ड मुभमेन्ट को-अर्डिनेशन कमिटी (जीएमसीसी) बाट सिङ्गो आन्दोलनलाई नेतृत्व र दिशा दिने कार्यक्रम बन्न नसकेको युनाइटेड गोर्खा रेभोल्युसनरी फ्रण्ट (युजीआरएफ) सभापति अजय दाहालले बताएका छन्। ‘जीएमसीसीको बनावट, तरिका, संस्कार, वातावरण, स्तर अनि परिस्थिति गोर्खाल्याण्ड […]

Breaking News

सीके श्रेष्ठको टोलीले भेटे भाजपा सांसदः गोर्खाल्याण्ड माग जायज छ-सांसद मुरली मनोहर

दिल्लीः गोर्खाल्याण्ड मुभमेन्ट कोअर्डिनेशन कमिटीसित संलग्न रहेको विचार भारती मञ्चले पनि दिल्लीमा विभिन्न दल अनि सांसदहरूसित भेट्ने काम शुरु गरेको छ। मञ्चका तीन सदस्यीय टोलीले आज भाजपा सांसद मुरली मनोहर जोशीसित उनकै निवासमा भेट गऱ्यो। […]

Breaking News

बन्द खोल्ने नखोल्नेबारे निर्णय गर्ने दायित्व मोर्चाको हो- विमल गुरूङ

कालेबुङः निक्कै दिन हराएर आज पत्रकारसम्मेलन गर्न निस्किएका गोर्खा जनमुक्ति मोर्चाका प्रमुख नेता विमल गुरूङलाई दिल्लीमा हुने जीएमसीसीको बैठकमा बन्द खोल्ने निर्णय गर्नु नहुने लागेको छ। पत्रकारहरूले सोधेको एउटा प्रश्नको उत्तरमा गुरूङले चलिरहेको अनिश्चितकालीन बन्द […]

Breaking News

ममता व्यानर्जी माओवादी हुन् –विमल

कालेबुङः राज्यकी मुख्यमन्त्री आज उत्तरबङ्गालको भ्रमणमा आएकी छन्। यही मौकामा गोर्खा जनमुक्ति मोर्चाले पत्रकारसम्मेलन गरेर ममता व्यानर्जीलाई माओवादी करार गरेका छन्। उनले मुख्यमन्त्रीलाई माओवादीको संज्ञा दिँदै दार्जीलिङ र राज्यका विभिन्न क्षेत्रमा आतङ्क मच्याइरहेको बताए। ‘घरि […]

Breaking News

सदनमा एनसीपीले उठायो गोर्खाल्याण्डको कुराः जनता केन्द्र र राज्यबीच स्याण्डविचः आन्दोलनकारीलाई वार्तामा बोलाउ

दिल्लीः अघिल्लो महिना राष्ट्रवादी कङ्ग्रेस पार्टीका सांसद मजिद मेननले भनेका थिए, ‘सदनमा गोर्खाल्याण्डको बील आए एनसीपीले समर्थन गर्नेछ।’ एनसीपीका प्रमुख शरद पावरले पनि आफ्नो दलको समर्थन गोर्खाल्याण्डको निम्ति रहेको खुलाइसकेका छन्। तर मोर्चाका सांसद एसएस […]

Breaking News

ममता व्यानर्जी उत्तरबङ्गाल भ्रमणमाः फेरिन् बस्ने ठाउँ

सिलगढीः सधैँ मुख्यमन्त्री ममता व्यानर्जी उत्तरबङ्गाल आउँदा सुकनाको अतिथिगृहमा बस्थिन्, यसैपल्ट उनले बस्ने ठाउँ फेरेकी छन्। केही दिन अघि सुकनामा गोर्खाल्याण्डपन्थी प्रदर्शनकारी र पुलिसबीच भीडन्त भएको थियो, जसमा पुलिस र प्रदर्शनकारी दुवै घाइते बनेका थिए। […]

Breaking News

मोर्चाले बुझायो दुइ बोरा चामल जिल्लाधिकारीलाईः नेताले भने- हामी भोकै मरेका छैनौं

कालेबुङः गोर्खा जनमुक्ति मोर्चाले 2 बोरा चामल जिल्लाअधिकारी ड. विश्वनाथलाई सुम्पियो। मोर्चा नेता विजय सुन्दास, नोर्देन लामा, तारा लोहार, बन्दना योञ्जन आदिको एउटा टोलीले जिल्लाअधिकारीको कार्यालयमा गएर उक्त चामल सुम्पेको हो।  दुइ बोरा चामल मुष्ठीदानबाट […]

Breaking News

केन्द्र-गोजमुमोमाझको सम्भावित सम्झौता : अभागोलीको प्रतिरोध-पत्र गृहमन्त्रीलाईः भन्यो-गोर्खाल्याण्ड मुद्दाको कुनै वैकल्पिक व्यवस्थामाथि सम्झौता गर्ने हक गोजमुमोसँग छैन

कालेबुङः अखिल भारतीय गोर्खा लीग (अभागोली)-ले केन्द्रिय गृह मन्त्री राजनाथ सिंहलाई एउटा पत्र लेखेर गोर्खा जन मुक्ति मोर्चा (गोजमुमो) नेतृत्व एवम् भारत सरकारमाझ हुन लागेको सम्झौतामाथि विरोधिता जनाएको छ। संवाद माध्यममा प्रेषित पत्रको प्रतिअनुसार, केन्द्र […]

Breaking News

ठाउँ-ठाउँमा शिक्षादान

दार्जीलिङः गोर्खाल्यान्ड आन्दोलनको फलस्वरूप दार्जीलिङ पहाड़का विद्यालय, महाविद्यालयहरु सबै बन्द भएको पनि आज 47 दिन पूर्ण भयो। यो बन्द अझै कति दिन जारी रहने हो, यसको कुनै निश्‍चितता छैन। समय बित्दै गइरहेको छ अनि माध्यमिक, […]

Breaking News

नाम नकाडी मोर्चा नेताले गोरामुमोलाई भन्यो – आन्दोलनको नाममा पार्टी बढाउनु जनतालाई धोका हो

दार्जीलिङः गोर्खा जनमुक्ति मोर्चाका शीर्ष नेतृत्ववर्गले गोर्खाल्यान्ड राज्य गठनको लागि जुन काम गर्नुपर्छ, त्यो गरिरहेको आज गोजमुमो केन्द्रिय समिति उपाध्यक्ष आरपी वाइबाले दाबी गरे। उनले भने-पार्टी नेतृत्ववर्गले दिल्लीमा गोर्खाल्यान्डको लागि अन्य राष्ट्रिय दलहरुलाई विश्‍वासमा ल्याउने […]

Breaking News

खतरामा जीएमसीसीः बैठकमाथि जनताको गिद्धे नजरः जनता भन्दैछन्- खबरदार, मुद्दा बेच्लौ

दार्जीलिङः भोलि 1 अगस्त दिल्लीमा हुने जीएमसीसी (गोर्खाल्यान्ड मूभमेन्ट को-अर्डिनेशन कमिटी)-को बैठकले पनि आगामी बैठकको मिति मात्रै निर्धारण नगरोस्, यस बैठकले केन्द्र सरकारमाथि गतिलै चाप दिने कार्यक्रम तय गरोस् अनि पहाड़ बन्दमा पनि शिथिलता दिने […]

Breaking News

‘कविता विचारको भारी बोक्ने बाहन होइन’

 आरके अदीप्त गिरी/बातचित भारतीय नेपाली कवि मनप्रसाद सुब्बा ‘किनारीय लेखन’का अभियन्ता हुन् । लेखनमा पाँच दशकदेखि सक्रिय सुब्बाको काव्यकारिता प्रयोगशील छ । सन् १९९८ मा ‘आदिम बस्ती’ कवितासंग्रहका लागि ‘साहित्य अकादमी पुरस्कार’ पाएका उनको ‘बिब्ल्याँटो […]

Breaking News

आज प्रेमचन्द जयन्तीः जीवनी र जीवनकथा

हिसाबमा कमजोर प्रेमचन्दको जीवन हिसाब भीम राणा मृत्युको दशकौँपछि पनि आफ्ना कठिन साधनाबाट जन्मिएका महान् कृतिहरूका कारण सधैँ जीवित रहन्छन्– प्रेमचन्द। विशेषत: उपन्यास लेखन र शिल्पमा उनी कहिल्यै बिर्सिइँदैनन्। झन्डै दर्जन उपन्यासबाट भारतीय साहित्यलाई उनले […]

Breaking News

गोर्खाल्यान्डबारे जनचेतना बाँड्दै कलाकारहरू

सञ्जय निरौलाः बिजनबारी: बिजनबारी क्षेत्रभरिका विभिन्न तहका कलाकारहरुले गोर्खाल्यान्डको आन्दोलनलाई थप टेवा पुऱ्याउने तथा स्थानीय तहमा जनचेतना फैलाउने “अभियान” नामक समूहले दुई दिवसीय साँस्कृतिक कार्यक्रम हिजो पुलबजार र आज बिजनबारी बजारमा स्थानीय विभिन्न संघ सस्थाको […]

Breaking News

खरसाङका अनशनकारीको स्वास्थ्य चिन्ताजनक

खरसाङः खरसाङका तीनजना अनशनकारीहरूको स्वास्थ्य सम्बन्धी समस्या देखिन थालेको छ। आइतबार दिउँसो डाक्टरले जाँच गर्दा पूर्व सभासद एंव युवा मोर्चा खरसाङ महकुमाका साङ्गठनिक सचिव अनोश थापाको बीपी ९०/६०, श्रेया राईको बीपी १००/६० अनि नोएल खवासको […]

Breaking News

विभिन्न ठाउँमा ग्लोबल गोर्खा एकता ऱ्याली सफलः यो त पहिलो खुड्किलो मात्र हो-बन्दना राई

दिल्लीः अमेरिकाका मनिश छेत्री अनि दिल्लीका बानिरा खातीले सोचे, छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति विश्वका नेपालीलाई कसरी एकिकृत गर्न सकिन्छ? यही प्रश्नले जन्माएको थियो आजको ग्लोबल गोर्खा एकता ऱ्याली।  पाँचवटा महादेश, 50 वटा देश अनि अनेकौं […]

Breaking News

दिल्लीले गऱ्यो जीएमसीसीलाई प्रश्नः के यो बाँच्छ?- जीएमसीसीकै प्रतिनिधिहरूले उत्तर दिए- गोजमुमोले आफ्नै कार्यक्रम फ्याँक्ने हो भने जीएमसीसी चल्दैन

दिल्लीः 6 वटा बैठक गरेर पनि कुनै प्रभावकारी कार्यक्रम दिन नसक्ने गोर्खाल्याण्ड मुभमेन्ट कोअर्डिनेशन कमिटीलाई दिल्लीले सोध्यो, के यो कमिटी बाँच्छ? सातौं बैठक गर्न दिल्ली पुगेका जीएमसीसीका प्रतिनिधिहरूले यसको उत्तर त दिए, तर उनीहरूले वास्तवमा […]

Breaking News

लोग्ने खोज्न हिँडेकी मनिकालाई पुलिसले लगायो मुद्दाः मासुमले भन्यो-यो पुलिसको अत्याचार हो

दार्जीलिङः मासुम (मानव अधिकार सुरक्षा मन्च)-ले पनि दार्जीलिङ पहाड़मा गोर्खाल्यान्ड समर्थकहरुमाथि पुलिस प्रशासनले अत्याचार गरेको ठहर गऱ्यो। जसको रिपोर्ट तयार पारेर मासुमले राष्ट्रिय मानव अधिकार आयोगसमक्ष पनि पेश गरेको छ। यसैको जानकारी गराउँदै मासुमका दार्जीलिङ […]

Breaking News

नेटबन्दी विरूद्ध उच्च अदालतमा जनहित याचिका दर्ताः 4 अगस्त हुनेछ सुनवाई

दार्जीलिङः दार्जीलिङ पहाड़मा भइरहेको नेटबन्दी विरूद्ध आगामी 4 अगस्तको दिन उच्च अदालतमा सुनवाई हुने निश्‍चित भएको छ। दार्जीलिङ जिल्ला प्रशासनले दार्जीलिङ पहाड़मा चलिरहेको आन्दोलनबीचै शुरू गरेको नेटबन्दीले पहाड़का 99 प्रतिशत जनताको मौलिक अधिकार हनन भएको […]

Breaking News

राज्य विरूद्ध सङ्ग्रह भयो मुष्टिदानः सिलगढीबाट दार्जीलिङ दिएको छैन राशन

दार्जीलिङःगोर्खा जनमुक्ति मोर्चाले आजदेखि पहाड़भरि मुष्टिदान सङ्ग्रह शुरू गऱ्यो। जुन सङ्ग्रहित मुष्टिदान भोलिदेखि जिल्लापाल, महकुमा अधिकारी अनि खण्ड विकास अधिकारी कार्यालयमा प्रदान गरिने भएको छ। राज्य सरकारको निर्देशमा सिलगढीबाट दार्जीलिङ पहाड़ आउने राशिन, औषधि साथै […]

Breaking News

जयगाउँ फाइरिङमा चञ्चल शर्मालाई लाग्यो रबर गोलीः अनेकौं घाइते

  कालेबुङः जयगाउँ, नक्सलबारी अनि सुकना आज पनि तनाउपूर्ण बन्यो। गोर्खाल्याण्डको निम्ति जयगाउँ र नक्सलबारीमा निकालिएको ग्लोबल मार्चमा पानी र अश्रुग्यास छोडेर पुलिसले प्रदर्शनकारीहरूलाई रोक्न कोशिश गर्दा स्थिति तनाउपूर्ण बनेको हो। सुकनामा स्थिति केही साम्य […]

Breaking News

गोर्खाल्याण्डको निम्ति ग्लोबल ऱ्यालीः विश्वभरिका गोर्खाहरू निस्किए सडकमा (फोटो फिचर)

कालेबुङः गोर्खाल्याण्डको निम्ति एकता देखाउन गोर्खाल्याण्ड संयुक्त सङ्घर्ष समितिले आह्वान गरको ग्लोबल ऱ्यालीमा विश्वभरका गोर्खाहरू आज सडक उत्रिए। उनीहरूले छुट्टै राज्यको मागलगायत दार्जीलिङमा बङ्गाल सरकारले गरको ज्यादति र मानवधिकारको उलङ्घनको विरुद्धमा नाराबाजी गरे। विभिन्न ठाउँमा […]

Breaking News

जयगाउँमा लाठीचार्जः अनेकौं आन्दोलनकारी घाइते

डुवर्सः हिजो सुकना रणमैदानमा परिणत भएको थियो, जहाँ अनेकौं आन्दोलनकारीहरू पुलिसको गोलीले घाइते बनेका थिए। आज डुवर्सको जयगाउँमा पनि छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति ऱ्याली निकालिएको थियो। गोर्खाल्याण्ड संयुक्त सङ्घर्ष समितिले आज ग्लोबल मार्चको आह्वान गरेको […]

Breaking News

मोर्चाले केन्द्रलाई दियो अल्टिमेटमः भन्यो- 8 अगस्त 6 बजीभित्र केन्द्रले वार्ता बोलाएन भने 9 अगस्तदेखि आन्दोलन कठोर गर्नेछौँ

दार्जीलिङः गोर्खाल्याण्ड मुभमेन्ट कोअर्डिनेशन कमिटीले कार्यक्रमहरू घोषणा गरोस् कि नगरोस् मोर्चाले भने भाटभट कार्यक्रम घोषणा गर्न थालेको छ। मोर्चा प्रमुख विमल गुरूङले सबै भातृ सङ्गठनका प्रमुख, तीन विधायक, सबै नगरपालिकाका नगरपार्षद, पूर्व सभासद्हरूलाई आज पातलेबास […]

Breaking News

अनशनस्थलमा डा. छेत्रीः भने, जीएमसीसीले राम्रो कार्यक्रम बनाउन्

कालेबुङः जन आन्दोलन पार्टी अध्यक्ष डा. हर्कबहादुर छेत्रीले आज कालेबुङको डम्बर चोकमा आमरण अनसनमा बसेका अनसनकारीहरूसित भेट गरे। अनसनकारीहरूले गोर्खाल्याण्डको निम्ति दिइरहेको त्यागको सम्मान गर्दै छेत्रीले तीनैजना अनसनकारीहरू अजित रोका, राजु विश्वकर्मा अनि सागर दियालीलाई […]

Breaking News

केन्द्रले गोर्खाल्याण्डको कुरा उठान होइन सुरक्षा बल पठाएर दबाउने प्रयास गरिरहेको छ: छेत्री

कालेबुङः गोर्खाल्याण्ड मागलाई लिएर केन्द्र सरकारले साँधेको मौनता देखेर जन आन्दोलन पार्टी अध्यक्ष डा. हर्कबहादुर छेत्रीले आश्चर्य प्रकट गरेका छन्। एकातिर केन्द्र सरकारले मनसुन सेसनमा आशा राखे बमोजिम गोर्खाल्याण्डको माग उठान नगरेको अनि अर्कोतिर राज्य […]

Breaking News

पुलिसको गोलीले चारजना घाइते

सुकनाः गोर्खा जनमुक्ति मोर्चाका उपाध्यक्षले विशाल छेत्रीले सुकना झडपमा पुलिसको गोली लागेर अजय छेत्री अनि  सोनाम तामाङको अवस्था गम्भीर छ। बताइए अनुसार अझ चारजनालाई गोली लागेको छ, उनीहरूलाई सिलगढी अस्पताल पुऱ्याइएको छ। पुलिस प्रशासन पक्ष […]