Breaking News

पाक्दैछ छैटौं अनुसूचीको खिचड़ीः यसमा राज्यको षड़्यन्त्र छः विमल

दार्जीलिङः गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विमल गुरूङले राज्य सरकारको षड़्यन्त्रमा पहाड़को कुनै पार्टी फँस्न नहुने अपील गर्दै गोर्खाल्यान्डको आन्दोलनलाई विफल बनाउन छैटौं अनुसूचीको खिचड़ी पकाउने कार्य भइरहेको आरोप लगाए। उनले आज पातलेबासमा पत्रकार सम्मेलनको आयोजना […]

Breaking News

अझै 11 दिन बढ़्यो नेटबन्दी

दार्जीलिङः दार्जीलिङ पहाड़को नेटबन्दी अझै 11 दिन बढ्यो। आज फेरि दार्जीलिङकी जिल्लापालले एक सूचना जारी गरेर आगामी 15 जुलाईसम्म नेटबन्दी जारी रहने घोषणा गरेकी छन्। जसबाट दार्जीलिङ पहाड़का आम जनतामा पुनः निराशा छाएको छ। स्मरण […]

Breaking News

गोर्खाल्यान्ड मूभमेन्ट को-अर्डिनेशन कमिटीः सबै पार्टीले चयन गरे सदस्य

दार्जीलिङः गोर्खाल्यान्ड मूभमेन्ट को-अर्डिनेशन कमिटीका लागि पहाड़का लगभग सबै राजनैतिक पार्टीले आ-आफ्ना सदस्यहरुको चयन गरिसक्यो, यद्यपि, अखिल भारतीय गोर्खालीगले भोलि मात्रै एक बैठकको आयोजना गरेर कसलाई यस कमिटीका सदस्य बनाउने हो भन्नेबारे निर्णय लिने भएको […]

Breaking News

गोरामुमोमाथि गोजमुमोको चापः छैटौं अनुसूची स्पष्टरूपमा खारेज गर्नुपर्छ

दार्जीलिङः आगामी 6 जुलाईको सर्वदलीय बैठकअघिनै गोरामुमोले छैटौं अनुसूचीको मुद्दालाई खारेज गर्नुपर्ने साथै मन घिसिङले नर्थ बेंगल स्पोर्टस् काउन्सिलका उपाध्यक्ष पदबाट राजीनामा दिनुपर्ने गोर्खा जनमुक्ति मोर्चाले पुनः माग उठाएको छ। यसबारे आज गोजमुमो प्रवक्ता विनीता […]

Breaking News

6 जुलाईको सर्वदलीय बैठकमा सर्वदलीय सहमति बनोस्

गोर्खाओं का सपना मेरा भी सपना प्रधानमन्त्रीको यो सपनालाई गोर्खा जातिले अब विपनामा परिणत भएको हेर्न चाहन्छ। तर अलग राज्य गोर्खाल्यान्डको मुद्दामा अहिलेसम्म केन्द्र सरकार चुपचाप छ। यस मुद्दामा राज्यकी मुख्यमन्त्री ममता व्यानर्जीले पनि मौनब्रत […]

Breaking News

पहाड़को आन्दोलनलाई हिल माकपाको समर्थनः गोर्खाल्यान्ड गठन भए विरोध नगर्नेः वातर

दार्जीलिङः माकपा (मार्क्सवादी कम्युनिष्ट पार्टी)-को दार्जीलिङ हिल कमिटीले अलग राज्य गोर्खाल्यान्डको यस आन्दोलनलाई पूर्ण समर्थन जनाएको छ अनि अलग राज्य गोर्खाल्यान्डको गठन भए यस पार्टीको कुनै विरोध नरहने पनि घोषणा गरेको छ। आज गोर्खाल्यान्ड आन्दोलन […]

Breaking News

म गोर्खा हुँ , आतङ्कवादी होइन

अनिल तेलैजा   हिन्दी सिनेमाका महानायक अमिताभ बच्चनले राष्ट्रिय टीभी च्यनलहरूमा घरि-घरि दोहोऱ्याइ बुझाउन पर्ने एक -वुँद जिन्दगी की- कुनै पोलियो निरोधक औषधीको थोपा होइन म। न त ठण्डा मतलब कोकोकोला भन्दै अमिर खानले फलाकी […]

Breaking News

कामी विकास वोर्डको कार्यालयमा झोस्यो आगो

कालेबुङः यता अनिश्चितकालीन बन्द चलिरहेको छ, उता सरकारी सम्पति, वाहन इत्यादि जलाउने कार्य पनि जारी छ। आज पश्चिम बङ्गाल कामी विकास बोर्डको कार्यालयमा पनि आगो लगाइएको छ। डा. ग्राह्म होम्स परिसरमा अवस्थित कामी विकास बोर्डको […]

Breaking News

शान्तिको अपीलसित अघि आयो गोर्खा पीस फोरम

सिलगढ़ीः केही दिनदेखि सिलगढ़ीमा भइरहेका केही अप्रिय घटनाहरूले समतल पनि अशान्त बन्दै गइरहेको प्रस्ट छ। विशेष गरेर वाहनहरूको तोड़फोड़ अनि केही अप्रिय घटनाहरूको कारण मानिसहरू केही भयभित छन्। स्थिति अझ बिग्रेर जाने सम्भावना नहोस् भनी […]

Breaking News

भारत सरकार, सिक्किम सरकार र बङ्गाल सरकार जिम्मेवारः भारत हेर्ने सिक्किमले चीन हेर्न नपरोस्ः सिसक

गान्तोकः भारत र बङ्गाल सरकारले सिक्किमेको सुरक्षा गर्न सक्दैन र सिलगढीमा मुट्ठीभर गुण्डा लगाएर सिक्किमेको वाहन तो़ड्ने र लुट्ने-कुट्ने घृणित कार्य जारी रहेको खण्डमा दक्षिण (भारत) को साटो उत्तर (चीन) फर्किन नपरोस् भन्दै सिक्किम सब्जेक्ट […]

Breaking News

6 जुलाईपछि दिल्ली र दार्जीलिङमा युवा मोर्चाको आमरण अनशनः वार्ता शीघ्र बोलाउनुपर्छः रोशन

दार्जीलिङः आगामी 6 जुलाईको सर्वदलीय बैठकपछि गोर्खा जनमुक्ति युवा मोर्चाले दार्जीलिङ र दिल्लीमा एकैसाथ आमरण अनशन शुरू गर्ने योजना बनाएको छ। गोर्खाल्यान्ड राज्य गठनको दिशामा केन्द्र सरकारले अहिलेसम्म मौनता अप्नाएपछिनै युवा मोर्चाले आमरण अनशनको कार्यक्रम […]

Breaking News

5 जुलाईदेखि विद्यार्थीहरूले शुरु गर्ने ‘सड़क कक्षा’

मोहन लामा दार्जीलिङः आज पनि गोर्खाल्यान्डको नारा लगाउँदै दार्जीलिङका हजारौं बाल-बालिकाहरु सड़कमा ओर्लिए। जसले जिल्लापाल कार्यालयको मूलद्वारअघि नारा लगाउँदै हालसम्म जिल्लापाल कार्यालयमा उपस्थिति दिइरहेका कर्मचारीवर्गलाई कार्यालयमा अनुपस्थित भएर उनीहरुको सुनौलो भविष्यको लागि गोर्खाल्यान्ड राज्य निर्माणमा […]

Breaking News

मणिपुर राज्यमा पहिलोपल्ट हरिभक्त

मणिपुरः पहिलोपल्ट मणिपुरको काङ्लातोङ्बीमाकवि हरिभक्त कटुवालको ८२ औं जन्मजयन्ती पालन गरिएको छ। ‘पहिलोपल्ट कटुवाल जयन्ती मनाइएको हो,’ युवा कवि एवं कथाकार राहुल राई बोगिको भन्छन्, ‘यो भन्दा अघि हामीलाई यसरी जयन्ती पालन गर्नुपर्छ भन्ने हेक्का […]

Breaking News

रिम्बिक लोधोमाबाट सबै तृंक समर्थक मोर्चामा

रिम्बिक: रिम्बिक लोधोमा क्षेत्रमा गोजमुमो समन्वय कमिटीले लगातार गोर्खाल्याण्ड आन्दोलनलाई टेवा पुऱ्याउनको निम्ति छ वटै शाखाहरूमा धारावाहिक सभा गरिरहेको छ। समन्वय कमिटीले गोर्खाल्याण्ड राज्यको निम्ति रिम्बिक लोधोमा समष्टि जुनै हदसम्म पुग्ने बताएको छ। रिम्बीक लोधोमा […]

खरसाङ

खरसाङमा जल्यो स्पेशियो गाडी

खरसाङः खरसाङमा शनिबार राती बिहान लगभग २ बजेको समयमा एउटा स्पेशियो गाडी जलेर नष्ट भएको छ। दार्जीलिङतिरबाट सिलगढी गइरहेको डब्ल्युबी ७३ डी २९३० नम्बरको गाडी जलेर पूर्णरुपमा नष्ट भएको छ। शनिबार राती खरसाङ अग्निशमन केन्द्रमा […]

Breaking News

गोर्खाल्याण्ड जन आन्दोलन टेवा मञ्चको शाखा विस्तार

रम्फुः दार्जीलिङमा चलिरहेको गोर्खाल्याण्ड आन्दोलनलाई सहयोग पुऱ्याउन रम्फुमा काम गर्ने दार्जीलिङ, कालेबुङबासीहरूले जनआन्दोलन टेवा मञ्च गठन गरेका छन्, जसको शाखा विस्तारको काम शुरु भएको छ। मञ्चका सचिव छिरिङ दीनले मञ्चको प्रशाखा रोड़ाथाङ लोवर तारपिन पूर्व […]

Breaking News

दार्जीलिङ, सिलगढी र तराईँ क्षेत्रमा तृणमूलले गर्दैछ अशान्तिः सीबीआई जाँच होस्-मोर्चा

दार्जीलिङः गोर्खाल्याण्ड आन्दोलनलाई बद्नाम गराउन तृणमूल काङ्ग्रेसले दार्जीलिङ, तराई अनि डुवर्सतिर साम्प्रादायिक हिंसा, तोडफोड, आगजनी गर्न समर्थकहरू खटाएको मोर्चाले आरोप लगाएको छ। मोर्चा सहसचिव विनय तामाङले विज्ञप्ति जारी गर्दै भनेका छन्, तृणमूल सरकारले मोर्चाका नेता […]

Breaking News

सर्वदलीय बैठकमा विमल आए मन घिसिङ पनि आउनेः बन्द जनताको मागमा भइरहेको छःगोरामुमो

दार्जीलिङः यदि गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विमल गुरूङले आगामी दिनमा हुने सर्वदलीय बैठकमा भाग लिए, गोरामुमो अध्यक्ष मन घिसिङले पनि भाग लिनेछन्। गोरामुमोले गोर्खाल्यान्ड आन्दोलनको लागि हाल भइरहेका सर्वदलीय बैठकमा गोजमुमोसँगै अन्य पार्टीका अध्यक्षवर्गको अनुपस्थितिबारे प्रश्‍न […]

Breaking News

दाज्यू र दिदीको घर छोड़ी आप्पाको घर आए जेबी

दार्जीलिङः दाज्यू र दिदीको घर छोड़ेर आज आप्पाकै घरमा फर्किए जेबी तामाङ। जेबी तामाङ दुइ दिनअघिसम्म राज्यको सत्तारूढ़ दल तृणमूल कंग्रेसको श्रमिक संगठनसित जड़ित थिए, उनले यस श्रमिक संगठनका अध्यक्षको पद्भार सम्हालिरहेका थिए। तर आज उनले […]

Breaking News

केन्द्रलाई चाप दिन 6 जुलाईको बैठक अहमःदिल्ली आफै नजाने अड़ानमा गोजमुमो

दार्जीलिङः आखिर कहिलेसम्म जारी रहन्छ पहाड़ बन्द र गोर्खाल्यान्डको आन्दोलन? गोर्खाल्यान्ड आन्दोलनको कारण पहाड़ बन्द भएको आज 18 दिन पूरा भयो। सड़कमा आन्दोलनकारी जनताको संख्यामा कमी आउन थालेको छ साथै जनताको घरमा राशिनको मात्रा पनि […]

Breaking News

दार्जीलिङमा मैला पनि बन्द छ

दार्जीलिङः दार्जीलिङ शहरमा मैला थुप्रिन पनि बन्द भएको छ। पहाड़ खुल्ला रहँदा जताततै मैलाको थाक देखिने दार्जीलिङ शहर बन्दको चपेटमा परेपछि यहाँ मैलाको थाक देखिन पनि बन्द भएको छ। यसबाट सहजै अनुमान लगाउन सकिन्छ, दार्जीलिङ […]

मिरिक

पिकेटर्स महिलाहरूमाथि अपशब्द बोल्ने पुलिस अधिकारीविरुद्ध प्राथमिकी

मिरिकः दुधेमा पिकेटिङ गरिरहेका महिलाहरूसित हिजो बेलुकी पुलिसको एक उच्च अधिकारीको भनाभन चल्दा केही समय स्थिति तनाउपूर्ण बनेको थियो। महिलाहरूले उनीहरूमाथि अधिकारीले अपशब्द प्रयोग गरेको आरोप लगाएका छन्।  पुलिस अधिकारीले महिलाहरूमाथि हातपात गर्ने चेष्टा गरेको, […]

मिरिक

पूर्व सैनिकहरू निस्किए सडक

मिरिकः पूर्व सैनिक मोर्चा तराई शाखाले आज तराईका पूर्व सैनिकहरूलाई लिएर जुलुसको आयोजना गऱ्यो। जबडा मोडबाट शुरू भएको ऱ्यालीले बेलगाछीको परिक्रमा गरी पुनः जबडा मोडमै आएर एक पथसभामा परिणत भएको थियो। पथसभालाई पूर्व सैनिक मोर्चा […]

मिरिक

कविहरू सडकमा

मिरिकः आज सौरेनी समष्टिको आयोजनामा जुलुस सहित जातिय अस्तित्वका कविताहरू लिएर कवि गोष्ठीको आयोजना गरियो। सौरेनी बजारबाट र मञ्जु फाटक दश नम्बरदेखि शुरु भएपछि जुलुस टिङलिङ भ्यु पोइन्टमा आएर कविगोष्ठीमा परिणत भएको थियो भने सबैले […]

कालेबुङ

रोङ्गोमा खुकुरी जुलुस

रोङ्गोः रोङ्गोदेखि 45 धुरा हुँदै दलगाउँसम्म खुकुरी जुलुस निकालियो। रोङ्गो जन मैदानबाट शुरू भएको जुलुसले दलगाउँको परिक्रमा गरेपछि पथसभामा परिणत भयो। जहाँबाट स्थानीय नेतृत्वहरूले गोर्खाल्याण्ड आन्दोलनको औचित्यबारे प्रकाश पारे। यसैबीच सांस्कृतिक कार्यक्रम पनि भएको थियो […]

मुख्य समाचार

के तपाईँ आन्दोलन दबाउने आफन्त बन्न चाहनुहुन्छ?

  मनोज बोगटी कालेबुङमा सर्वदलीय बैठक चलिरहेको थियो। एक बङ्गला च्यानलका पत्रकार थिए डा. हर्कबहादुर छेत्रीको घरमा। ‘हिंसा, आगजनी…हरू समाधानको बाटो होइन,’ डा. हर्कको स्वर मलिन थियो, ‘म यो खाले आन्दोलनको पक्षमा छैन।’ अनिश्चितकालीन बन्द […]

Breaking News

खरसाङ अग्निशमन केन्द्रमा पेट्रोल बम्बद्वारा आक्रमणः आगलागीमा अग्निशमनका तीनवटा गाडी क्षतिग्रस्त

खरसाङः खरसाङ अग्निशमन केन्द्रमा केही असामाजिक तत्वहरूद्वारा पेट्रोल बम्बद्वारा आक्रमण गरी आगो लगाउने प्रयास गरिएको छ। आगलागीमा अग्निशमन केन्द्रमा रहेका तीनवटा गाडीहरु जलेर क्षतिग्रस्त भएको छ। घटनाको जानकारी पाउनसाथ पुलिस आईजी अजयकुमार, खरसाङ महकुमा पुलिस […]

Breaking News

सन्तमेरिज ग्राम पञ्चायत-२ कार्यालय जलेर खरानीः रेशम कार्यालय आगलागीमा क्षतिग्रस्त

निर्माण थापा खरसाङः खरसाङ बजारदेखि लगभग २ किलोमिटर टाढा सन्तमेरिज ग्राम पञ्चायत-२ कार्यालय शुक्रबार मध्यरातमा जलेर खरानी भएको छ। विहीबार राती पनि सन्त मेरिज ग्राम पञ्चायत-१ कार्यालय आगलागीले पूर्णरुपमा खरानी भएको थियो। एक दिन लगत्तै […]

Breaking News

सिक्किमका मुख्यमन्त्रीसित रिसाए बङ्गालका राज्य पर्यटन मन्त्रीः भने, अर्काको राज्यको मामिलामा हस्तक्षेप गर्नु ठिक होइन

सिलगढीः पश्चिम बङ्गाल राज्य पर्यटन मन्त्री गौतम देवलाई सिक्किमका मुख्य मन्त्री पवन कुमार चामलिङले गोर्खाल्याण्डको पक्षमा देखाएको चासो मन परेको छैन। देवले एक पत्रकार सम्मेलन गर्दै चामलिङले गोर्खाल्याण्ड गठनलाई लिएर गृहमन्त्रालयसम्म पत्र पठाएर बङ्गालको मामिलामा […]

दार्जीलिङ

सिक्किमे गाड़ी र जनताको सुरक्षामा अर्द्धसैनिक बल सिलगढी तैनाथ गरून्-मोर्चा

दार्जीलिङः गोर्खा जनमुक्ति मोर्चाले दार्जीलिङ पहाड़मा रहेका अर्द्धसैनिक बललाई सिलगढी तथा छिमेकी इलाकातिर तैनाथ गरेर सिक्किमे, गोर्खा अनि सिलगढी इलाकामा अध्ययन गर्नको लागि बसेका विद्यार्थीहरुका सुरक्षा सुनिश्‍चित गर्ने केन्द्र सरकारसित माग गरेको छ। गोजमुमो सहसचिव […]