No Picture
Breaking News

जनताले बन्द जारी राखे, जनान्दोलनको जित हुनेछ- जीएसएसएस

दिल्लीः गोर्खाल्याण्ड संयुक्त सङ्घर्ष समितिका अध्यक्ष किरण बिकेले खबरम्यागजिनलाई बताए अनुसार केही दिन पनि बन्द तोडिए त्यो जनान्दोलनको हार हुनेछ। पहाडका नेता विनय तामाङहरू बङ्गाल सरकारत मिलेर जनान्दोलन दबाउने रणनीतिमाछन्, जसलाई पहाडको जनताले सफल हुन […]

Breaking News

खरसाङमा विनय तामाङको विरोधमा जुलुसः एकको पक्राउः चौतर्फी विरोधः बन्द जारी रहे राज्य र केन्द्रलाई दवाब पर्न सक्ने सम्भावना

खरसाङः खरसाङमा विनय तामाङले 12 दिनको निम्ति राहत दिने वित्तिकै खरसाङमा विनय तामाङ र अनित थापाविरुद्ध व्यापक नाराबाजी भयो। अचानक मानिसहरू चारैतिरबाट मानिसहरू निस्किएर विनय तामाङ र अनित थापा मुर्दाबादको नारा लाग्यो। खरसाङमा पुलिसी तैनाथी […]

Breaking News

विनय तामाङ र अनित थापालाई पार्टीबाट निलम्बित गरिनेः जबसम्म त्रिपक्षीय वार्ता हुँदैन तबसम्म बन्द जारी रहनेछ- रोशन गिरी

कालेबुङः मोर्चा सहसचिव विनय तामाङ पार्टीबाट नै निलम्बित गर्ने भएको छ। आज विनय तामाङले दुई हप्ताको निम्ति बन्द स्थगित गरेको घोषणा गर्ने वित्तिकै उनलाई मोर्चाबाट नै निकालिने मोर्चा सचिव रोशन गिरीले बताएका छन्। उनले विनय […]

Breaking News

विनय भर्सेस विमलः बन्द जारी रहने विमल गुरूङको घोषणाः पहाडमा तोडफोड शुरु

कालेबुङः  गोर्खा जनमुक्ति मोर्चाका सहसचिव विनय तामाङले बन्दलाई दुइहप्ताको निम्ति स्थगित गरेको घोषणा गरेको केही घन्टा नबित्दै मोर्चा अध्यक्ष विमल गुरूङले बन्द जारी रहने घोषणा गरेका छन्। ‘बन्द जारी रहनेछ, बन्द खोल्नु लगाउनु वा स्थगित […]

Breaking News

विनय तामाङ, अनित थापाहरुले नयाँ पार्टी खोल्नेःविमल गुरूङ र रोहितको फोनकल सार्वजनिक

दार्जीलिङ, 31 अगस्तः दार्जीलिङ पहाड़ विषय लिएर 29 अगस्तको दिन कलकत्तामा भएको वार्तापछि गोजमुमो अध्यक्ष विमल गुरूङलाई रोहित थापा अनि अविनाशले गरेको फोन कलले गोजमुमोभित्र गतिलै फाटो आएको छर्लङ्गै भएको छ। यति मात्रै होइन, गोजमुमोका […]

Breaking News

भोलिदेखि 12 सेप्टेम्बरसम्म बन्द स्थगितः 12 को वार्ता हेरेर आगामी रणनीति तयार पार्नेछौँ- विनय तामाङ

खरसाङः 80 दिन पुगेपछि आज आएर गोर्खा जनमुक्ति मोर्चाले बन्दलाई दुइ हप्ता स्थगित गरेको छ। नवान्नमा 29 अगस्तको दिन मुख्यमन्त्रीसित बैठक गरेर आज पहाड फर्किनसाथ विनय तामाङको समूहले खरसाङमा जनसभा गऱ्यो। जनसभापछि अनित थापा, विधायक […]

Breaking News

दार्जीलिङ र सोनादामा युवा मोर्चाको चेताउनीपूर्ण पोस्टर, पोस्टरले देखाउँदैछ गोजमुमोमा फाटो

दार्जीलिङ, 30 अगस्त। गोर्खा जनमुक्ति युवा मोर्चाको पोस्टरले पार्टीभित्रै फाटो आएको संकेत दिएको छ। यहाँको चौकबजारमा युवा मोर्चाको नाममा टाँसिएका तीनवटा पोस्टरमध्ये एउटा पोस्टरमा बंगालकै व्यवस्थामा लाग्ने नेताहरुलाई जाँच गरी पार्टीको पद र पार्टीबाटै बर्खास्त […]

Breaking News

गोर्खाल्यान्ड वार्ताको बाटो खोलियोः सन्दीप

दार्जीलिङ, 30 अगस्त। गोर्खा जनमुक्ति विद्यार्थी मोर्चालाई 29 अगस्तको वार्ताले गोर्खाल्यान्डको लागि वार्ताको बाटो खोलियो भन्ने लागेको छ। राज्य सरकारले अलग राज्य गोर्खाल्यान्ड दिने अधिकार केन्द्र सरकारसित मात्रै छ भनेपछि अब केन्द्र सरकारलेनै यसमाथि ठोस […]

Breaking News

मुख्यमन्त्रीले देखाइन् केन्द्रको बाटो केन्द्रलाई चाप दिनुपर्छ

  दार्जीलिङ, 30 अगस्त। राज्यकी मुख्यमन्त्री ममता व्यानर्जीले गोर्खाल्यान्ड गठनको लागि केन्द्रको बाटोनै देखाएपछि पहाड़का राजनैतिक पार्टीहरूले अब केन्द्र सरकारमाथिनै चाप दिने कार्य गर्नुपर्ने माग उठ्न थालेको छ। आज यहाँको चौकबजारमा आयोजित जनसभाको मूल विषयनै […]

Breaking News

तपाईँ कसको पक्षमा? विमल कि विनय?

अहिले बजारमा एउटा प्रश्न खुब प्रचलित छ, त्यो हो -तपाईँ कसको पक्षमा? अहिले मोर्चा दुई खेमामा बाँडिएको छ। विमल गुरूङ अनि विनय तामाङको खेमा। माथिको प्रश्न यी दुवैलाई केन्द्रित गरेर गरिने प्रश्न हो। तपाईँ विमल […]

Breaking News

विस्फोट काण्डमा संलग्न रहेको आरोपमा एकजना पक्राउ, 7 दिनको पुलिस रिमाण्डमा

कालेबुङः कालेबुङ थानामा भएको बम विस्फोट काण्ड लगायत अन्य जङ्गी क्रियाकलापमा संलग्न रहेको आरोपमा पुलिसले विजय छेत्री नामक 28 वर्षिय युवकलाई पक्राउ गरेको छ। यहाँको अलैंचीखोप निवासी छेत्रीलाई गत राति राष्ट्रीय राजमार्ग क्षेत्रबाट पक्राउ गरिएको […]

Breaking News

मोर्चाभित्र फुट छैनः गोर्खाल्यान्डको लागि प्राचीन युगमा बाँच्न तयार

दार्जीलिङः गोर्खा जाति प्राचीन युगमा बाँच्न तयार छ, तर बंगालमा कुनै पनि स्थितिमा बस्न चाहँदैन। यसैले बंगाल सरकारले चाहे राशिन रोकोस्, चाहे औषधि। गोली ठोकोस्, चाहे देशद्रोहीको आरोपनै लगाओस्। गोर्खा जातिलाई अलग राज्य गोर्खाल्यान्ड चाहिन्छ […]

Breaking News

नवान्नको बैठकमा विमल गुरूङको आपत्तिः भने-जबसम्म गोर्खाल्याण्डको कुरा हुँदैन, बन्द खोलिँदैन

दार्जीलिङः नवान्नमा गोजमुमो, गोरामुमो अनि जापले मुख्यमन्त्रीसित शान्ति र विकासको निम्ति बैठक गरे लगत्तै गोर्खा जनमुक्ति मोर्चा प्रमुख विमल गुरूङले आपत्ति प्रकट गरेका छन्। उनले फेरि एउटा भोइस क्लिप जारी गर्दै मोर्चाका प्रतिनिधिहरूले जुन क्षतिपूर्तीको […]

Breaking News

उठेन गोर्खाल्याण्डको कुराः बन्द उठाउने तिर दलहरूको कसरतः गोर्खाल्याण्ड माग्नु उनीहरूको गणतान्त्रिक अधिकार हो, तर गोर्खाल्याण्डको लागि हामी सहमत छैनौँ- ममताः पहाड फर्किएर शान्ति स्थापनाबारे निर्णय गर्ने छौँ-विनय तामाङ

कोलकत्ताः नवान्नमा राज्य सरकारसित पहाडका तीनवटा दलको बैठक भयो। बैठकपछि राज्यकी मुख्यमन्त्री ममता व्यानर्जी लगायत गोजमुमो-गोरामुमो दुवै दलले वार्ता सकरात्मक भएको बताए। व्यानर्जीले यतिदिनपछि भर्खर संवादको ढोका खोलिएको अनि संवादको प्रक्रिया अब जारी रहने जनाइन्। […]

Breaking News

खज्मजिएको पहाड़को राजनीति

दार्जीलिङ, 28 अगस्त। दार्जीलिङ पहाड़को राजनीति अहिले गतिलैसित खज्मजिएको छ। जनता मात्रै होइन, पहाड़का सम्पूर्ण राजनैतिक पार्टीहरुसमेत वर्तमान राजनैतिक स्थितिको कारण अन्यौलमा परेका छन्। एकतर्फ गोर्खाल्यान्ड गठनको मागमा पहाड़का सबै पार्टी एक बने पनि बैठकबाहेक […]

Breaking News

क्रामाकपालाई आएन पत्र, वार्ता नजाने 29-को वार्तामा सबैको दृष्टि

दार्जीलिङ, 28 अगस्त। क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टी (क्रामाकपा)-लाई 29 अगस्तको वार्ताको लागि राज्यबाट पत्र नआएको कारण पार्टीले वार्तामा भाग लिनेछैन। तर पार्टीले यस वार्तामा भाग लिने पार्टीहरुलाई गोर्खाल्यान्ड गठनको लागि राज्यको अनुमोदन ल्याएर आउने शुभकामना […]

Breaking News

डा. हर्कबहादुर छेत्रीसहित जापबाट पाँचजनाले वार्तामा जनाउने भयो सहभागिता

कालेबुङः मङ्गलबार कोलकातामा हुन गइरहेको राज्यसितको वार्तामा जन आन्दोलन पार्टीले पनि सहभागिता जनाउने भएको छ। पार्टी अध्यक्ष डा. हर्कबहादुर छेत्री स्वयंको नेतृत्वमा जापको पाँच सदस्यीय टोली कोलकाता जाने भएको छ। आज पार्टीका मूल सचिव नयन […]

Breaking News

मलाई फँसाउने काम हुँदैछ, वार्तामा गोर्खाल्याण्डको कुरा नगरे नेताहरू पहाड फर्किने छैनन्-विमल गुरूङ

दार्जीलिङः विमल गुरूङले दार्जीलिङ र खरसाङका केही नेताहरूले उनलाई फँसाउने अनि पक्राउ गराउने षडयन्त्र गरिरहेको खुलासा गरेका छन्।  उनले आफूलाई फँसाउने नेताहरू आफ्नै दलभित्रको रहेको पनि सङ्केत दिएका छन्। ‘मलाई बङ्गाल सरकारसित मिलेर दार्जीलिङ र […]

Breaking News

गोर्खालिग वार्तामा नजानेः कुरा फेर्नेहरूसित होसियार

कालेबुङः गोरामुमोले ‘हामीलाई बोलाइदेउ’ भनेर गरेको अनुरोधपछि गोजमुमो, गोरामुमो, जाप र गोर्खालिगलाई राज्य सरकारले 29 अगस्तको दिन वार्ताको लागि निम्तो पठाइसकेको छ। आज लिगले ममता सरकारले बोलाएको वार्तामा नजाने घोषणा गरेको छ। ‘हामी चिट्ठी पठाउने […]

Breaking News

समन्वय गर्न नसक्ने समन्वय समितिः अन्योलमा पार्टीहरूः दलहरूले हाल्दैछ जनताको आँखामा धुलो

कालेबुङः गोजमुमोले वार्तामा जाने निर्णय गर्दै  वार्ता टोलीमा रहेका सदस्यको नाम सार्वजनिक गर्ने वित्तिकै जीएमसीसी लङ्गडा बन्यो। न अघि जाउँ न पछि सरौं-को स्थितिमा पुगिसकेको जीएमसीसीले सबै दललाई नै अन्योलमा पारिदियो। अघिल्लो बैठकमा राज्यले जीएमसीसीलाई […]

Breaking News

जीएमसीसीको बैठक पर्खिन्छौँ, नत्र गोरामुमो आफ्नै टोली बनाएर कलकत्ता जानेछ-जिम्बा

कालेबुङः हिजो बेलुकीसम्म कल्याण देवान र आर. मोक्तानसित कुरा गर्दा आज जीएमसीसीको बैठक हुने नै तय थियो। गोरामुमो प्रवक्ता निरज जिम्बाको टोली कालेबुङ आइपुग्दासम्म जीएमसीसीको बैठक रद्द भइसकेको थियो। ‘रद्द भइसकेको कुरा थाहै पाइएन, कम्युनिकेशनको […]

Breaking News

जीएमसीसीको बैठक अन्तिम क्षणमा रद्दः रद्द भएको बारे दलहरू नै अनभिज्ञ

कालेबुङः गोर्खाल्याण्ड मुभमेन्ट कोअर्डिनेसन कमिटी(जीएमसीसी)को आजको बैठक अन्तिम क्षणमा आएर रद्द भएको छ। राज्यसित 29 अगस्तको दिन हुने वार्तामा जाने वा नजाने भन्ने निर्णय लिन डाकिएको जीएमसीसीको बैठक निर्णय नै गर्न नसक्ने अवस्थामा पुगेपछि बैठक […]

Breaking News

27 अगस्त तराई-डुवर्सको बोनस बैठक पहाड़को पनि शीघ्र हुनपर्छ

  दार्जीलिङ, 26 अगस्त। अनिश्‍चितकालीन पहाड़ बन्दको कारण पहाड़का चियाश्रमिकहरुको दशैं बोनस पनि अनिश्‍चित बनिरहेको छ। तरै पनि गोजमुमोको श्रमिक संगठन दार्जीलिङ तराई डुवर्स प्लान्टेशन लेबर युनियनले पहाड़का चियाश्रमिकहरुलाई 20 प्रतिशतकै बोनस दिनुपर्ने माग गर्दै […]

Breaking News

29-को वार्तामा गोजमुमोका 5 सदस्य जाने टोलीमा पहाड़, तराई, डुवर्सका प्रतिनिधि

  मोहन लामा दार्जीलिङ, 26 अगस्त। राज्य सरकारले 29 अगस्तको दिन बोलाएको वार्तामा भाग लिन गोर्खा जनमुक्ति मोर्चाको तर्फबाट पार्टीका मुख्य समन्वयक विनय तामाङको नेतृत्वमा 5 सदस्यीय प्रतिनिधि टोली कलकत्ता जाने भएको छ। यस टोलीमा […]

Breaking News

खाद्य सामग्री सहयोग

दार्जीलिङ, 26 अगस्त। तकभर चियाबगानको बर्नसबेग क्षेत्रबाट विदेश गएका मानिसहरुले पहाड़ बन्दको अवधि आफ्ना गाउँलेहरुलाई खाद्य सामग्री प्रदान गरेर सहयोग गरे। बर्नसबेग परदेशी ग्रुपका सदस्य-सदस्याहरू क्रमैले केवल हाङ्खिम, माया राई, शरण राई, भुसन्त सुब्बा, लता […]

Breaking News

सिक्किम जाँदैगरेको गाडीमा लुटपाट अनि बम विस्फोटः जोगियो चालक अनि खलासीको ज्यान

कालेबुङ,  26 अगस्त। अहिले दार्जीलिङ पहाडमा एकपछि अर्को गर्दै बम विस्फोटका घटनाहरू भइरहेको छ। दार्जीलिङ, कालेबुङ, सुखिया पोखरी, टिस्टा अनि त्यसपछि फेरि राष्ट्रिय राजमार्ग-10मा बम विस्फोटको घटना अघि आएको छ। शक्रबार राती राष्ट्रिय राजमार्ग-10 हुँदै […]

Breaking News

विमल गुरुङ र विनय तामाङबीच फाटो? मोर्चाले गऱ्यो अस्वीकार

कालेबुङ, 26 अगस्तः विमल गुरुङ अनि विनय तामङबीच के साँच्चै फाटो आइरहेको छ? भन्नेकुरा अहिले गम्भिर प्रश्नको रूपमा अघि आइरहेको छ। विमल अनि विनयमाझ फाटो आइरहेको छ भनेर अनुमान लगाइनका पछि विशेष कारणहरू छ। एउटा […]

Breaking News

एउटा दललाई होइन जीएमसीसीलाई नै बोलाउनुपर्छ, केवल ममता व्यानर्जीसित मात्र वार्तामा बस्नेछौः बन्द खोल्ने नखोल्ने हक मोर्चाकै  हो-जीएमसीसी

कालेबुङः यहाँको एक होटलमा बैठक बसेको गोर्खाल्याण्ड मुभमेन्ट को-अर्डिनेशन कमिटीले कुनै एउटा दललाई होइन जीएमसीसीलाई नै बोलाए मात्र वार्तामा बस्ने निर्णय लिएको छ। जीएमसीसीभित्रका घटक दलको कुनैलाई बोलाउनु कुनैलाई नबोलाउनुमा राजनैतिक षडयन्त्र रहेको बुझेर नै […]

Breaking News

दुइ भङ्गालोमा आन्दोलनः कुन छान्ने?

सम्पादकीय आन्दोलन दुइ भङ्गालोमा छ, एउटा, राज्यसित वार्ता गरेर दागोपाप र जीटीएजस्तै कुनै निकायमा सम्झौता गर्ने, अर्को बलियो र लामो रणनीतिसित केन्द्र र राज्यलाई छुट्टै राज्यको निम्ति त्रिपक्षीय वार्ता बोलाउन बाध्य पार्ने आन्दोलनको तयारी गर्ने। […]

Breaking News

29-को बैठकमा भाग लिन जनताको अनुमति रहेको पोष्टरः पोष्टर कसले टाँस्न लगायो? चुलियो सहस्य र शङ्का

दार्जीलिङः जनताले दार्जीलिङ पहाड़का राजनैतिक पार्टीहरुलाई 29 अगस्तको बैठकमा भाग लिने अनुमति दिए। यदि राज्यकी मुख्यमन्त्री ममता व्यानर्जीद्वारा डाकिएको बैठकमा पहाड़का राजनैतिक दलहरुले भाग लिए जनतालाई कुनै आपत्ति हुनेछैन। तर मुख्यमन्त्रीसित हुने बैठकमा छैटौं अनुसूची, […]