Breaking News

प्रतिभालाई राष्ट्रियस्तरमा पुऱ्याउने उद्देश्य लिएर कार्यरत गोर्खा नृत्य सङ्गीतालय

सुके पोखरी, 31 जनवरी। सजन शर्मा युवा जमातलाई सामाजिक विकृतिबाट पर राखेर उनीहरूको कला र प्रतिभाको संरक्षण र सम्वर्द्धनसँगै पारङ्गत बनाउन अनि अघि बडाएर लैजाने उद्देश्य लिएर विगत सन् 1997 सालदेखि लागिपरेको गोर्खा नृत्य सङ्गीतालयले […]

Breaking News

संसदको यसै सत्रमा सांसदहरूले हाम्रो माग विषय लिएर कुरा उठान गर्ने प्रतिश्रुति दिएका छन्- डा हर्कबहादुर छेत्री

कालेबुङ, 31 जनवरी। “अलग राज्यको माग गर्ने सहि ठाउँ यहिँ नै हो अनि अलग राज्यको माग गर्ने सहि समय पनि यहिँ नै हो। त्यसैले गर्दा पुलिसबाट बारम्बार दबाउ आइरहेको भए तापनि हामी अडिग छौं अनि […]

Breaking News

विपन्न परिवारहरूलाई नगरपालिकाद्वारा घर निर्माणको निम्ति चेक प्रदान

कालेबुङ, 31 जनवरी। आर्थिक रूपले विपन्न 18 वटा परिवारलाई आज कालेबुङ नगरपालिकाद्वारा प्रत्येकलाई एक लाख 24 हजार तीनसय रूपियाँको चेक प्रदान गरियो। स्टेट अर्बन डेभलोपमेन्ट एजेन्सी अन्तर्गत घर निर्माणको निम्ति उक्त चेक प्रदान गरिएको थियो। […]

Breaking News

टिस्टा-रङ्गीतको महत्त्व अनि लेप्चा जातिमाझ रहेको सम्बन्ध दर्शाउँदै इल्टाद्वारा पूजा सम्पन्न

कालेबुङ, 31 जनवरी। इण्डिजिनियस लेप्चा ट्राईबल एसोसिएशन(इल्टा)-को आयोजनामा आज टिस्टा-रङ्गीतको दोभानमा पूजा सम्पन्न भयो। लेप्चा जातिमा टिस्टा अनि रङ्गीतको महत्त्व छुट्टै रहेको अनि धार्मिक दृष्टिकोणले उक्त स्थान अनि नदीलाई लेप्चाहरूले पौराणिक कालदेखि नै महत्त्वपूर्ण मानिलिँदै […]

खबर

चामुण्डा सिलगढी र एसटीएस टी-२० को फाइनलमा

खरसाङ, 31 जनवरी। चामुण्डा सिलगढी र एसटीएस टी-२० क्रिकेट टुर्नामेन्टको फाइनलमा भिड्ने भएको छ। दुवै टिमले आफ्नो आफ्नो प्रतिद्वन्द्वी टिमलाई सेमिफाइनलमा पराजित गरेर फाइनलमा प्रवेश गरेको छ। तीनधारे गोलाई पाखास्थित मित्र सङ्घको आयोजनामा यहाँको मिठाइ […]

खबर

हुँदैन गेटसभा, दिइनेछ पत्र, बोनस नदिए रोकिनेछ चियाको बिक्री

दार्जीलिङ, 31 जनवरी। गोजमुमोको श्रमिक सङ्गठन दार्जीलिङ तराई डुवर्स प्लान्टेशन लेबर युनियनले चिया श्रमिकहरूको बाँकी 50 प्रतिशत बोनस भुक्तानको लागि भोलिदेखि गेटसभा र साङ्केतिक हड्ताल गर्नेछैन। यसको साटो सङ्गठनका युनिट स्तरका कार्यकर्ताहरूले चियाबगान प्रबन्धन वा […]

खबर

गोरामुमो थर्बु नौ माइल शाखा गठन

मिरिक, 31 जनवरी। गोरामुमो थर्बु नौ माइल शाखाको सभा सम्पन्न भयो। रतन तामाङको अध्यक्षता अनि सूरज राईको सञ्चालनमा भएको उक्त सभामा थर्बु नौ माइल शाखा पनि गठन गरियो। जसमा अध्यक्ष सूरज राई, उपाध्यक्ष अमृत तामाङ, […]

खबर

गोजमुमो पूल बिजनबारी गोक समष्टिको सभा, 25 घर गोजमुमोमा

बिजनबारी, सन्जय निरौला, 31 जनवरी। गोर्खा जनमुक्ति मोर्चा पूल बिजनबारी गोक समष्टिअन्तर्गत गोक तकबिया खण्ड समितिको सभा मोतीलाल मैनालीको अध्यक्षतामा चन्द्रोय सार्वजनिक भवनमा सम्पन्न भयो। सभामा समष्टि सभापति सीरमान राई, सचिव दीपक तामाङ, सहसचिव गङ्गा […]

खरसाङ

पाँचौं खरसाङ शहीद गोल्डकपको उपाधि रोयल एफसी सिलगढीको झोलीमा

खरसाङ, ३१ जनवरी। पाँचौं खरसाङ शहीद गोल्डकपको उपाधि रोयल एफसी सिलगढीको झोलीमा परेको छ। उपाधिको लागि हिजो खेलिएको फाइनल खेलमा रोयल एफसी सिलगढीले आर्मी ब्लूज लखनऊलाई २-१ को अन्तरले पराजित गर्दै उपाधि आफ्नो झोलीमा पारेको […]

खबर

सालबारी विन्टर कार्निभलमा कुटुमा कुटु: झुम्ने भयो सिलगढ़ी मेलिनासँगै

संसारभरिका नेपालीहरूको ओठओठमा झुण्डिएको आजको सुपर डुपर हिट गीत – कुटुमा कुटु सुपारी दाना। यही लोकप्रिय गीत सालबारीवासीले लाइभ सुनेर झुम्नेछन् अब। यस साल पहिलो चोटि आयोजित हुने भएको सालबारी विन्टर कार्निभलमा मेलिना राईको लाइभ […]

खबर

कविता लामालाई ओडिसा कला एवं साहित्य उत्सवमा निम्तो

गान्तोक, 30 जनवरी। सिक्किम विश्वविद्यालय नेपाली विभागकी प्राध्यापक तथा वरिष्ठ साहित्यकार डा. कविता लामालाई राष्ट्रिय कला एवं साहित्य उत्सवमा निम्तो भएको छ। आगामी 1-3 फरवरी ओडिसाको इडकोल अडिटोरियममा आयोजन हुने तीन दिवसीय राष्ट्रिय उत्सवमा उनलाई कविता वाचन र प्यानल […]

खबर

एक फरवरी देखि राङ्का साजोङ रोड बन्द गर्ने जनताको चेताउनी 

गान्तोक, 30 जनवरी। पूर्व सिक्किमको राङ्का जिरोदेखि साजोङ रूम्तेकबीच सड़कको दूरावस्थालाई लिएर स्थानीय मानिसहरूले एक फरवरीदेखि सड़क अनिश्चितकालीन ठप्प पार्ने चेताउनी दिएका छन्‌। सड़कको जर्जर अवस्थाबाट दैनिक समस्या झेल्दै आएका स्थानीय मानिसहरूले पिपल्स फोरम रे […]

Breaking News

कुष्ठरोग मुक्त जिल्ला बनाउने प्रतिबद्धता, कुष्ठरोगीहरूको समस्या समाधान गर्न पहल गरिने

कालेबुङ, 30 जनवरी। कालेबुङ जिल्लालाई कुष्ठरोग मुक्त बनाउने प्रतिबद्धतासितै आज जिल्ला अस्पताल परिसरमा स्पर्श नामक कार्यक्रम सम्पन्न भयो। कुष्ठरोग विभाग, स्वास्थ्य एवं परिवार कल्याण विभागको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको थियो। राज्य सरकारद्वारा राज्यलाई नै […]

खबर

चियाबगान मालिकपक्षले शोषण गर्दैछ : भरत ठकुरी

दार्जीलिङ, 30 जनवरी। चियाबारी श्रमिकहरूको अवस्था दिनदिनै सोंचनीय बन्दै जाँदैछ। इङ्ग्ल्याण्डकी महारानीदेखि भारतका प्रधानमन्त्रीसम्मको दिनको शुरूआत पहाड़कै चियाको चुस्कीबाट हुन्छ भने यहीँ चियापत्ती टिप्ने चियाश्रमिकहरू बँधुवा मजदुरसरह बनेका छन्। चियाबारी मालिकहरूले एकदेखि अर्को चियाबगान थप्दै […]

खबर

50 प्रतिशत बोनस नदिए मच्चिनेछ हल्ला

दार्जीलिङ, 30 जनवरी। भोलि 31 जनवरीभित्र चियाबगान मालिकपक्षले चियाश्रमिकहरूका बाँकी 50 प्रतिशत बोनस नदिए पर्सी 1 फरवरीको दिन पहाड़का सम्पूर्ण चियाबगानमा हल्ला मच्चाउने पहाड़का श्रमिक सङ्गठनहरूले संकल्प गरे। पहाड़ बन्दको कारण देखाएर चियाबगान मालिकपक्षले पहाड़का […]

खबर

सड़कको जीर्ण अवस्था

सजन शर्मा, सुकेपोखरी, 30 जनवरी। जोरबङलो सुकेपोखरी खण्डको सुके बजारदेखि प्लुङदुङ हुँदै गैरीगाउँसम्म पुग्ने सड़कमार्ग जीर्ण बनेर गएको छ। विगत 2002 सालमा डिइडी विभागबाट ब्ल्याक टेप गरिएको उक्त बाटोको जीर्ण अवस्थाबारे सम्बन्धित निकाय आजसम्म गम्भीर […]

कालेबुङ

छैटौँ अनुसूचि जस्तो व्यवस्था पहाडमा कदाचित भित्राउनु हुँदैन-दावा पाख्रिन

कालेबुङ, 30 जनवरी। गोर्खा राष्ट्रिय निर्माण मोर्चा (गोरानिमो)-का अध्यक्ष दावा पाख्रिनले आज छैटौँ अनुसूचि विरूद्ध वयान दिएका छन्। हालैमा दार्जीलिङमा सम्पन्न भएको गोरामुमोको जनसभालाई कन्द्र गर्दै पाख्रिनले छैटौँ अनुसूचि राज्यभित्रकै व्यवस्था रहेको भन्दै यस्ता व्यवस्था […]

खबर

बाल सङ्घको सभा सम्पन्न

रिम परिचित, लप्चु-पेशोक, ३० जनवरी। हिल सोसियल वेलफेयर सोसाइटीद्वारा सञ्चालित ननफर्मल एडुकेशन सेन्टर अधिनस्थ रहेका बाल सङ्घको सभा सम्पन्न भयो। कार्यवाहक सभापति करण तामाङको अध्यक्षतामा सम्पन्न उक्त बट्टरफ्लाई बाल सङ्घको सभामा आगामी फरवरी महीना हुने […]

खबर

कम्प्यूटर प्रशिक्षण शिविरको समापन

सजन शर्मा, सुकेपोखरी, 30 जनवरी। सशस्त्र सीमा बल 8 बटालियन खोप्रेलको निर्देशनमा भारत नेपालको सीमावर्ती क्षेत्र मानेभञ्ज्याङ सेक्टरद्वारा सुके मानेभञ्ज्याङ समष्टिको विभिन्न स्थानका विद्यार्थीहरूलाई लिएर आयोजना गरिएको नि:शुल्क कम्प्युटर प्रशिक्षण आज समापन गरियो। 15 दिने […]

खबर

अब सिक्किमेको अधिकार रक्षाकै निम्ति चुनाउ लड्‌नेछौं : विराज अधिकारी

गन्तोक, 29 जनवरी। सिक्किमेको अस्तित्व रक्षा, सिक्किम सब्जेक्ट र संविधानको धारा 371 एफ-को सुरक्षाको प्रश्नलाई पार्टीको आधार मुद्दा बनाएर राजनैतिक मैदानमा रहेको सिक्किम नेशनल पिपल्स पार्टी (एसएनपीपी)-ले पहिलोपल्ट आधिकारिक रूपमा आउँदो आम चुनाउमा भाग लिने […]

कालेबुङ

दलगाउँमा तीनदिने विन्टर क्याम्प शुरू

जलढका, 29 जनवरी। 15 देखि 20 वर्ष उमेर पुगेका गुरुङ किशोर किशोरीहरूलाई लिएर तीनदिवसीय विन्टर क्याम्प आजदेखि शुरू भएको छ। दलगाउँ भ्यू पोइन्टमा गुरुङ सांस्कृतिक विकास बोर्डको आयोजनामा भइरहेको प्रथम दिनको कार्यक्रमको अध्यक्षता बोर्डकै भाइस […]

कालेबुङ

खस भारतीय हितकारी सम्मेलनको वनभोजमा त्रयमासिक सभा

कालेबुङ, 29 जनवरी। खस भारतीय हितकारी सम्मेलन कालेबुङ आञ्चलिक समितिअन्तर्गत गितडाब्लिङ शाखाको त्रयमासिक सभासँगै वार्षिक वनभोज नोकडाडा रामपुरी धाम परिसरमा आयोजना गरियो। शाखा सभापति सन्तोष खड्काको सभापतित्वमा भएको कार्यक्रममा बुधबारे बजार, सेरिकल्चर, पाकाङ, टुबुङलगायत डाब्लिङ […]

Breaking News

गोर्खाल्याण्डको निम्ति जीएसएसएसको उत्तराखण्डमा जनसभा,  मुद्दालाई राष्ट्रिय बनाउन देशभरि कार्यक्रम गर्ने

कालेबुङ, 29 जनवरी। गोर्खाल्याण्ड राज्य गठनको मुद्दालाई राष्ट्रिय मुद्दा बनाउने उद्देश्य लिएर उत्तराखण्डको ऋषिकेश क्षेत्र अन्तर्गत छिद्दरवालामा जीएसएसएस (गोर्खाल्याण्ड संयुक्त सङ्घर्ष समिति)ले जनसभा सम्पन्न गरेको छ। सङ्गठनका अध्यक्ष किरण बीकेले आज एउटा विज्ञप्ती जारी गरेर […]

कालेबुङ

स्व. सुवास घिसिङको तेस्रो पुण्यतीथि पालन

  कालेबुङ, 29 जनवरी। गोरामुमोका संस्थापक अध्यक्ष स्व. सुवास घिसिङको तेस्रो पुण्यतीथि आज गोरामुमो पार्टी कार्यालयमा पनि पालन गरियो। यहाँको डीएस गुरुङ रोडमा अवस्थित पार्टी कार्यालयमा पार्टीका नेतृत्व एवं समर्थकहरूद्वारा स्व. घिसिङको तस्वीरअघि दीप प्रज्ज्वलन […]

कालेबुङ

त्रिस्तरीय पञ्चायत चुनाउ हुनुपर्छ-विष्णु छेत्री

कालेबुङ, 29 जनवरी। संविधान संशोधन गराएर दार्जीलिङ अनि कालेबुङ जिल्लामा त्रिस्तरीय पञ्चायत चुनाउ हुनुपर्ने कालेबुङ कृषक कल्याण सङ्गठनले माग गेरको छ। राज्यका पञ्चायत मन्त्री सुब्रत मुखर्जीको पश्चिम बङ्गाल राज्यमा सम्भवतः आगामी मई-जून महीनामा पञ्चायत चुनाउ […]

कालेबुङ

गोरामुमोलाई चुनौती दिन गोजयुमोले पनि देखाउने भयो शक्ति

  दार्जीलिङ, 29 जनवरी। गोर्खा जनमुक्ति युवा मोर्चाले पनि दार्जीलिङको मोटर स्ट्याण्डमा शक्ति प्रदर्शन गर्ने निर्णय लियो। जसको लागि आगामी बुधबार युवा मोर्चाले एक सभा गर्ने भएको छ भने यो शक्ति प्रदर्शन फरवरी वा मार्च […]

खबर

गोर्खाल्यान्ड नफल्ने वनतरूल किन? यस्तो छ गोरामुमोको स्पष्टिकरण

  दार्जीलिङ, 29 जनवरी। गोरामुमोका संस्थापक अध्यक्ष आप्पा स्व. सुवास घिसिङले गोर्खाल्यान्डलाई नफल्ने वनतरूल किन भनेका थिए? के साँच्चै गोर्खाल्यान्ड नफल्ने वनतरूल नै हो? के गोर्खाल्यान्ड पक्कै सम्भव छैन? आखिर सुवास घिसिङले किन यसो भनेका […]

खबर

असुरक्षित कर्मचारी सङ्गठन केन्द्रिय समितिको सभा

सजन शर्मा, सुकेपोखरी, 29 जनवरी। असुरक्षित कर्मचारी सङ्गठन केन्द्रिय समितिको सभा सङ्गठनकै कार्यालयमा श्रीमती सुमन शर्माको अध्यक्षतामा सम्पन्न भयो। पोख्रेबुङ-नागरी, मिरिक, कालेबुङ, खरसाङ, टिस्टाभेल्ली, दार्जीलिङ, सोनादालगायतका स्थानहरूबाट जीटीएमा कार्यरत सम्पूर्ण असुरक्षित कर्मचारीहरूको उपस्थिति रहेको सभालाई […]

खबर

स्वनिर्भर समूहको सेल सेन्टर उद्घाटन

मिरिक, 29 जनवरी। मिरिक खण्डको दुर्गेश्वरी क्लस्टर अधिनस्थ थर्बु चियाबारीको निगालेमा स्वनिर्भर समूहको सेल सेन्टरको विधिवत उद्घाटन गरियो। मिरिक महकुमा शासक अश्विनी कुमार रोय अनि मिरिक खण्ड बिकास अधिकारी अमिताभ भट्टाचार्यको बाहुलीबाट उद्घाटन गरिएको सेन्टरलाई […]

खबर

तामाङ सोनाम लोछार  पालन

मिरिक, 29 जनवरी। अखिल भारतीय तामाङ बौद्ध सङ्घ मिरिक महकुमा समितिको आयोजनामा मिरिक व्यवसाय भवनमा तामाङ सोनाम लोछार (खि लो कुकुर वर्ष) वर्ष भव्य रूपमा पालन गरियो। समारोहका अध्यक्ष दावा तितुङ थिए भने प्रमुख अतिथि […]