खेलकुद

कफेरमा  फुटबल

कालेबुङ, 31 जुलाई आजदेखि कफेर खेल मैदानमा स्वतन्त्रता कप नकआउट फूटबल प्रतियोगिता आरम्भ भएको छ। सिनियर, अण्डर-11 अनि महिलाहरू गरी तीनवटा वर्गमा सम्पन्न भइरहेको फूटबल प्रतियोगिताको आज औपचारिक उद्घाटन गरियो। फादर पौल डिसोजाको सभापतित्वमा सम्पन्न […]

खबर

भोलिदेखि दिल्लीमा दुइदिने धर्ना शुरु : छुट्टै राज्यको निम्ति पहिलोपल्ट गोर्खा, राजवंशी, कोचेमेचे, कामतापुरी एकै ठाउँ

दिल्ली, 31 जुलाई गोर्खा, आदिवासी, राजवंशी युनाइटेड फोरमले दिल्लीमा 1 अनि 2 अगस्तको दिन छुट्टै राज्यको निम्ति धर्ना प्रदर्शन र्ने भएको छ। गल्फका सचिव ऋषिका छेत्रीले बताएअनुसार पहिलोपल्ट दिल्लीमा गोर्खा, राजवंशी, कोचेमेचे, कामतापुरी सबै एउटै […]

खबर

सुकना र सेभोक पुलिस आउट पोष्टलाई सिलगढी पुलिस कमिस्नरेटमा नगाभ्न अनुरोध गर्दै गोजमुमोद्वारा डेपुटेशन

खरसाङ, 31 जुलाई गोर्खा जनमुक्ति मोर्चा खरसाङ समिति र नारी मोर्चाको संयुक्त नेतृत्वमा सुकना र सेभोक पुलिस आउट पोष्टलाई सिलगढी पुलिस कमिस्नरेटमा नगाँभ्ने अनुरोध गर्दै  आज खरसाङमा दार्जीलिङ जिल्ला अतिरिक्त पुलिस अधिक्षक हरिकृष्ण पाईलाई डेपुटेशन […]

खबर

गोरामुमोको निरन्तर गेट मिटिङ : होटल व्यवसायीहरूलाई दार्जीलिङ चिया नबेचिदिने आह्वान गरिने

मिरिक, 31 जुलाई गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको श्रमिक सङ्गठनले मिरिक मन्जु चियाबारीको मिलिकथुङ धुसेनी डिभिजन, घैयाबारी चियाबारी अनि फुवागडी चिया कमानमा  गेट मिटिङ गऱ्यो। गोरामुमो नेता वाई लामाले श्रमिकहरूलाई सम्बोधन चिया श्रमिकहरूले ६ तारिखको बैठकमा […]

म्यागजिन

चोयामा पैसा, संस्कृति र जिन्दगी

कालेबुङ, 31 जुलाई लेप्चा समुदायमा चोयाले बुनेको टोपी शिरमा पहिरिने कल्चर छ। जुन टोपीको मूल्य 6 हजारदेखि 20 हजार रूपिँयासम्म पर्छ। यस्ता टोपी लेप्चा समुदायको ऐतिहासिक अनि सांस्कृतिक पहिचान हो। हो त्यै टोपी बुन्ने मान्छेको […]

खेलकुद

अन्तर्राष्ट्रिय कराते च्याम्पियनशीपबाट एञ्जलले हत्याए काँस्य पदक

मिरिक, 31 जुलाई कोलकत्ताको नेताजी इन्डोर स्टेडियममा चौथो अन्तर्राष्ट्रिय कराते च्याम्पियनशीप 2018 को भएको थियो, जसमा मिरिक कराते डु एसोसिएसनबाट अध्यक्ष सेन्सी कैलाश थापाको नेतृत्व अनि सिहान अनिल राईको मार्गदर्शनमा दुई विद्यार्थीहरू एञ्जल राई र […]

म्यागजिन

तपाईंको आँखाको हलचल हेरेर नै थाहा लाग्नेछ तपाईको व्यक्तित्व

प्रविधि सिद्धान्त राई वैज्ञानिकहरूले आर्टिफिसियल इन्टिलिजेन्स्माथि आधारित एउटा यस्तो सिस्टम विकसित गरेका छन् जसद्वारा मानिसहरूको आँखाको हलचललाई अध्ययन गरेर उनीहरूको व्यक्तित्वबारे थाहा पाउन सकिन्छ। यो सिस्टममा मसिन लर्निङको प्रयोग गरिएको हुन्छ। अनुसन्धानद्वारा पत्तो लागेअनुसार मानिसहरूको […]

म्यागजिन

अशोक दर्जी र विवाद

मधु शाही, कान्तिपुर भनिन्छ– बालबालिका काँचो माटोबराबर हुन्छन् । भविष्यमा केही बनून् भनेर उनीहरूलाई बेलैदेखि आकारविशेषमा ढाल्दै जानुपर्छ । कति बालबालिकाले भविष्यमा के बन्ने भन्ने लक्षण सानैमा देखाइसकेका हुन्छन् भने धेरैजसोलाई अभिभावकको मार्गदर्शनको खाँचो परिरहन्छ । प्रतिभा भएकालाई […]

म्यागजिन

गफैगफमा आलियाले पोखेको मनको कुरा पूरा होला त?

बलिउड नायिका आलिया भट्ट उमेरले २५ पुगिसके पनि अझै बचपना बाँकी नै छ । तर प्रेमका सवालमा भने उनी निकै अगाडि देखिएकी छन् । आफूभन्दा १० वर्ष जेठा रणवीर कपुरलाई ताकिनन् मात्रै, रिलेसनसिप गाँस्नै सफल भइन् । ‘ब्रम्हाश्त्र’ […]

खेलकुद

किन लड्थे त मैदानमा नेमार?

रुस विश्वकपमा ब्राजिलका खेलाडी नेमार यसकारण छाए, किन भने उनी हरेक खेलमा अनावश्यकरूपले लड्थे। विश्वभरि नै खेलमा नाटक गर्दै लड्ने खेलाडीकोरूपमा आलोचित नेमारले आफ्नो भूल स्वीकार गरेका छन्। विश्वकपमा आफूले गरेको केही व्यवहार बनावटी रहेको […]

मुख्य समाचार

आसाममा एनआरसीको चुडान्त सूची जारी : अल्पसंख्यकहरूमा छायो भय : गृहमन्त्रीले भने – कानूनको प्रावधानअनुरूप प्रत्येकले दाबी वा आपत्ति दर्ता गर्ने अवसर पाउनेछन्‌

नयाँ दिल्ली, ३० जुलाई असममा एनआरसी अर्थात नेशनल रजिस्टर अफ सिटीजन्सको चुडान्त सूची जारी भयो। जसमा 40 लाख मानिसहरूले भारतीय नागरिकता पाएनन्।  जबकि 2 करोड़ 89 लाख मानिसलाई एनआरसीले भारतीय नागरिक मानेको छ। 40 लाख […]

सिक्किम

सिक्किममा आधिकारिक रूपमा 28 हजार 4 सय 24 जनामात्र इम्पोइलेन्ट कार्ड जारी : नोकरी नहुने घरको मान्छेलाई मस्टररोलमा ल्याइने

गान्तोक, 30 जुलाई। सिक्किममा एक परिवार एक नोकरीको नीति कार्यान्वयन गर्ने मुख्यमन्त्री पवन चामलिङले घोषणा गरे। राजधानी गान्तोकको मनन भवनमा आयोजित सिक्किम राज्यस्तरीय पञ्चायत सम्मेलन २०१८ मा यसप्रकारको घोषणा गरेका हुन्। सम्मेलनमा मुख्य अतिथिको रूपमा […]

दार्जीलिङ

स्टेट युनिभर्सिटिको बिल ल्याएकोमा विनय तामाङले गरे हर्ष प्रकट

दार्जीलिङ, 30 जुलाई भोलि 31 जुलाईको पश्चिम बङ्गालको विधानसभामा जिटिएले राखेको माङ्गलाई स्वीकृति दिँदै जीटीए एवं पहाडकोलागि छुट्टै स्टेट युनिभर्सिटिको बिल पेश गरिने भएको विनय तामाङले विज्ञप्ती जारी गरेर बताएका छन्। ‘यो बिल भोलि विधानसभामा […]

दार्जीलिङ

आयो होमस्टेको जमाना

दार्जीलिङ, 30 जुलाई। दार्जीलिङमा आज होमस्टे मालिकहरूले हिमालयन होमस्टे ओनर्स एसोसिएशनको गठन गरे। जसमा दार्जीलिङ पहाड, तराई, डुवर्सका साथै सिक्किमका होमस्टे मालिकहरूलाई पनि सामेल गरिने भएको छ। आज होमस्टे मालिक वा सञ्चालकहरूलाई एकसूत्रमा बाँध्ने उद्देश्य […]

दार्जीलिङ

मुख्यमन्त्रीलाई विनय तामाङको अपिल – ‘सेवक र सुकुना थानालाई सिलगढी कमिश्‍नरेटमा नगाभिदिनुहोस्’

दार्जीलिङ, 30 जुलाई। खरसाङ महकुमाअन्तर्गत पर्ने सेवक र सुकुना थानालाई सिलगढी पुलिस कमिश्‍नरेटमा नगाभेर यसलाई अहिलेकै अवस्थानमा राखिदिने माग गर्दै आज फेरि जीटीए अध्यक्ष विनय तामाङले राज्यकी मुख्यमन्त्री ममता व्यानर्जीसमक्ष स्मारक पठाए। ‘गत 11 जुलाईको […]

खरसाङ

कन्याश्री प्रकल्पका कन्याहरूलाई लिएर महकुमा प्रशासनद्वारा कविता आवृत्ति र गीत गायन प्रतियोगिता सम्पन्न

खरसाङ, 30 जुलाई कन्याश्री प्रकल्पका कन्याहरूलाई लिएर खरसाङ महकुमा प्रशासनको आयोजनामा खरसाङ नगरपालिका क्षेत्रका छात्राहरूलाई लिएर सोमबार कविता आवृत्ति र गीत गायन प्रतियोगिता सम्पन्न भयो। खरसाङ महकुमा प्रशासन कार्यालयमा सम्पन्न उक्त कार्यक्रममा खरसाङको महकुमा शासक […]

मुख्य समाचार

एसडीएफमा सामेल हुने हिमालयन स्पोर्टिङ क्लबका तेञ्जिङ लाम्टा

 गान्तोक, 30 जुलाई। मानव संसाधन विकास विभागका पूर्व प्रखण्ड अभियन्ता तेञ्जिङ लाम्टाले सत्तारूढ एसडीएफ पार्टीको झण्डामुनी राजनीतिमा उत्रिने निर्णय गरेका छन्। तेञ्जिङ लाम्टा सियारी निर्वाचन क्षेत्र अन्तर्गत ताथाङचेनका एक अग्रणी समाजसेवक हुन्। उनको नेतृत्वमा अहिले […]

Breaking News

के के भयो त दिल्लीको गोर्खा राष्ट्रीय शिखर सम्मलेनमा? कुरा यस्तो आयो

 गोर्खाहरूको राष्ट्रीय साझा मञ्च निर्माण प्रक्रिया शुरु दिल्ली, 30 जुलाई गोर्खाल्याण्ड संयुक्त सङ्घर्ष समितिले दिल्लीमा दुइदिवसीय गोर्खा राष्ट्रीय शिखर सम्मलेन गरेको छ। समितिका अध्यक्ष किरण बिकेले जनाएअनुसार  प्रस्तावित गोर्खाल्याण्ड क्षेत्र लगायत भारतभरिका गोर्खा राजनैतिक अनि […]

कालेबुङ

अन्तर्राष्ट्रिय मानव बेचबिखन विरोध दिवस पालन : मानव तस्करी भएका क्षेत्रलाई चिह्नित गरेर म्यापिङ गरिने

कालेबुङ, 30 जुलाई आज 30 जुलाई अन्तर्राष्ट्रिय  मानव बेचबिखन  विरोध दिवस कालेबुङमा पनि विविध कार्यक्रमसितै पालन गरियो। मानव बेचबिखन  सम्बन्धी जनचेतना फैलाउने उद्देश्यले कालेबुङको प्रणामी बालिका विद्यामन्दिरले कार्यक्रम आयोजना गरेको  थियो। जसलाई कालेबुङ पुलिस, मार्ग(मेनकाइन्ड इन् एक्सन […]

सिक्किम

सर्विकल क्यान्सररोधी टीका लगाउने पहिलो राज्य बन्यो सिक्किम

गान्तोक, 30 जुलाई। महिलाहरूमा हुने सर्विकल क्यान्सर मुक्त राज्यको परिवक्पना गर्दै सिक्किम सरकारले सोचेको महत्वकांक्षी परियोजना अन्तर्गत आजदेखि ह्युमन पापिलोमा भाइरस (एचपीभी) को टिकाकरण शुरु गर्ने देशकै पहिलो राज्य बनेको छ। सर्विकल क्यान्सरमुक्त भावी सिक्किमे […]

गाउँको खबर

‘खस बोर्डबाट सबै लाभान्वित हुनुपर्छ’

सोनादा, 30 जुलाई खस भारतीय हितकारी सम्मेलन अप्पर सोनादा शाखाको सभा सीके छेत्रीको सभापतित्वमा सम्पन्न भयो। सभामा सचिव पर्वत छेत्री, सभापति सिपि छेत्री,  अञ्चल समिति सभापति प. बलराम भण्डारी, महासचिव नरेश कटुवाल, कोषाध्यक्ष छगन शर्मा […]

देश

8 जना बदमासद्वारा गर्भवती बाख्रामाथि बलात्कार

हरियाणा राज्यस्थित मेवाट जिल्लाको मरोडामा ८ जनाले गर्भवती बाख्रामाथि बलात्कार गरेको घटना अघि आएको छ। उनीहरू विरुद्ध बाख्रालाई बलात्कार गरेको आरोपमा बाख्रा मालिकले प्राथिमिकी दर्ता गरेको छ। यस्तो अमानवीय दुर्व्यवहारका कारण गर्भवति रहेको सात वर्षको […]

सिक्किम

बढ्यो विवाद: स्वस्थ्य विभागको प्रेस विज्ञप्तिपछि एसपीवाईएफ-ले दियो स्पष्टीकरण

नरबहादुर घिमिरे, नाम्ची, 30 जुलाई गत 28 तारिख एसपीवाईएफ-ले पश्चिम सिक्किमको गेजिङमा निकालेको जुलुसपछि गेजिङ जिल्ला अस्पताल अहिले राज्यभरि नै चर्चाको विषय बनेको छ। सिक्किम प्रोग्रेसिभ युथ फोरमले जुलुस गरेपछि विभिन्न माध्यमबाट सम्बन्धित विभागले उत्तर […]

म्यागजिन

गोरिल्ला ग्लासले के साँच्चै तपाईँको फोनको स्क्रीनलाई फुट्नबाट बचाउँछ?

प्रविधि सिद्धान्त राई पहिलो आइफोनबाट उपयोगमा आउन थालेको अमेरिकन कम्पनी कर्निङको गोरिल्ला ग्लास वर्तमानमा प्राय विश्वभरि ६ अरब मोबाइल फोनहरूमा उपयोग भइसकेको छ। खबरम्यग्जिनमा अहिले यो लेख पढ्दा तल माथि गर्न छुइरहनु भएको तपाईको फोनको […]

दार्जीलिङ

किन मासिँदैछ मेडिसनल अर्किड?

सजन शर्मा, पोख्रेबुङ, 30 जुलाई सञ्जीवनी स्वनिरभर समूह राङभाङ बालसन अञ्चलको तत्वाधानमा तथा जीपीएसकेयुएस बीडीपी पोख्रेबुङ अनि आमा समूहको विशेष सहयोगमा औषधीय वनस्पति स्टेभिया, जटामसी ,चिरौतो तथा मेडिसनल अर्किडको संरक्षण उपयोगिता साथै व्यवसायमाथि एकदिने कार्यशाला […]

मुख्य समाचार

‘राजिनामा दिनेहरूले आरोप लगाएर हुँदैन, छ महिनाभित्र चुनाउ हुन्छ’

गान्तोक, 30 जुलाई। अखिल सिक्किम सरकारी कर्मचारी सङ्गठन ग्रुप सी एण्ड डी को आम सभा राजधानी गान्तोकको नामनाङस्थित छोकासुममा सम्पन्न भयो। नवगठित सङ्गठनको तदर्थ समितिको तत्परतामा भएको सभाको सभाध्यक्षता चियरमेन साङगे जाङपो भोटियाले गरेका थिए। […]

कालेबुङ

14 नम्बर वार्डमा गोजमुमोको कमिटी गठन

कालेबुङ, 30 जुलाई कालेबुङ जिल्लाको 35 नम्बर समष्टि अन्तर्गत वार्ड नम्बर 14 मा गोर्खा जन्मुक्ति मोर्चाको एउटा साङ्गठनिक सभाबीच वार्ड कमिटी गठन गरियो। वार्ड पार्षद एडवर्ड लेप्चा एवं जिल्ला समिति सह-सचिव पङ्कज छेत्रीको सक्रियतामा आयोजित […]

देश

निशा रसाइली र तारा ढकाल बने हाइ फिवर डान्स बिजेता

सिक्किमकी छोरी निशा रसाइली र दिल्लीका तारा ढकालले हाइ फिवर डान्स क्या नयाँ तेवरमा जित दर्ता गरेका छन्। एन टीभीमा चल्ने यो कार्यक्रमले लाखौं फ्यानहरूको मन जित्नका साथै 10 लाख रूपियाँको नगद पुरस्कार सम्मान प्राप्त […]

Breaking News

पिएस गोले चुनाउमा उठ्ने सम्भावना आधा –आधा

गान्तोक, 29 जुलाई। सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) का अध्यक्ष प्रेमसिंह तामाङको कारावासपछि चुनाउमा उठ्न पाउने नपाउने मुद्दाले नयाँ मोड लिएको छ। वरिष्ठ अधिवक्ता नरबाहदुर खतिवडाले कानुनी प्रावधान केलाउँदै अहिलेको अवस्थामा अध्यक्ष तामाङले चुनाउमा उठ्न पाउने […]

Breaking News

प्रबन्धकपक्ष र श्रमिक सङ्गठनमाझ के सम्झौता भयो? अन्योलमा श्रमिक : डा. गोस्वामीले छोडेर गए अस्पताल

सजन शर्मा, पोख्रेबुङ, २९ जुलाई नागरी फार्म चियाबारीमा डाक्टरको राजिनामालाई केन्द्र गरेर चुलिएको विवादले अन्ततः अर्कै मोड़ लियो। बल्ल बल्ल चियाबारीमा उपलब्ध गराइएका डाक्टर जयन्त गोस्वामीको राजिनामा रोकिनुपर्ने अनि व्यवस्थापनले यसमा उचित पहर गरेर श्रमिकलाई […]